Home / Nepali / Nepali Bible / Web / भजनसंग्रह

 

भजनसंग्रह, Chapter 137

  
1. बेबिलोनका नदीहरूका किनारमा हामी बस्यौं; सियोनलाई सम्झना गर्यौं र रोयौं।
  
2. त्यसको बीचमा हामीले बैँसका रूखहरूमा आफ्ना वीणाहरू झुन्डयायौं।
  
3. किनभने हामीलाई कैद गरेर लैजानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई सास्ती दिनेहरूले यसो भन्दै हामीबाट मनोरञ्जन खोजे: ‘हाम्रो लागि सियोनका गीतहरूमध्ये कुनै एउटा गीत गाओ।’
  
4. पराई देशमा हामी कसरी परमप्रभुको गीत गाऔं?
  
5. हे यरूशलेम, मैले तँलाई बिर्सें भने मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् !
  
6. मैले तँलाई सम्झना गरिनँ भने, यरूशलेमलाई मेरो सर्वोत्तम आनन्दभन्दा श्रेष्ठ ठानिनँ भने, मेरो जिब्रो मेरो मुखको तालुमा टाँसियोस्।
  
7. हे परमप्रभु, यरूशलेमको पतनको दिनमा एदोमीहरूलाई सम्झनुहोस्, जसले भनेका थिए: ‘यसलाई भत्काओ। यसको जगसम्मै यसलाई ढालिदेओ।’
  
8. हे बेबिलोनकी छोरी, तँ उजाड पारिनेछेस्; तैँले हामीलाई जस्तो व्यवहार गरेकी छस्, त्यही प्रकारले जसले तँलाई बदला लिनेछ, त्यो धन्यको हुनेछ।
  
9. जसले तेरा बालबच्चालाई पक्रेर ढुङ्गामा पछार्ला, त्यो धन्यको हुनेछ।