Bible Study: FrontPage




 

युहन्ना, Chapter 18

Bible Study - युहन्ना 18 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यी कुरा गरिसकेपछि येशू आफ्‍‌ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो, त्यहाँ एउटा बगैँचा थियो र उहाँ आफ्‍‌ना चेलाहरूको साथमा त्यहाँ पस्‍‌नुभयो।
  
2. उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनकि येशू आफ्‍‌ना चेलाहरूसँग त्यहाँ प्राय: भेट्‍‌ने गर्नुहुन्थ्यो।
  
3. तब यहूदा मुख्य पूजाहारीहरू र फरिसीहरूबाट सिपाहीहरूको एक दल र मन्दिरका पहरेदारहरू लिएर बत्ती, राँको र हातहतियारसहित त्यहाँ आयो।
  
4. यसकारण येशूले आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर अघि बढ्‍‌नुभयो र तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू कसलाई खोज्दै छौ?’’
  
5. तिनीहरूले उहाँलाई जवाफ दिए, ‘‘नासरतका येशूलाई।’’ येशूले तिनीहरूलाई भन्‍‌नुभयो,‘‘म उही हुँ।’’ अनि उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
  
6. उहाँले ‘‘म उही हुँ’’ भन्‍‌नासाथ तिनीहरू पछि हटे र भुइँमा लोटे।
  
7. उहाँले फेरि तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू कसलाई खोज्दै छौ?’’ तिनीहरूले भने, ‘‘नासरतका येशूलाई।’’
  
8. येशूले जवाफ दिनुभयो, ‘‘मैले तिमीहरूलाई भनी हालेँ, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दै छौ भने यिनीहरूलाई जानदेऊ।’’
  
9. उहाँले भन्‍‌नुभएको यो वचन पूरा होस् भनेर यी कुरा भए: ‘‘तपाईंले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि मैले गुमाइनँ।’’
  
10. तब सिमोन पत्रुसले आफूसँग भएको तरवार थुतेर प्रधान पूजाहारीको दासको दाहिने कान च्वाट्टै काटिदिए। त्यो दासको नाउँ माल्कस थियो।
  
11. तर येशूले पत्रुसलाई भन्‍‌नुभयो, ‘‘तरवार म्यानमा हाल। पिताले दिनुभएको कचौराबाट के म नपिऊँ?’’
  
12. त्यसरी सिपाहीहरूका दल, तिनका कप्तान र मन्दिरका पहरेदारहरूले येशूलाई पक्रे र बाँधे।
  
13. तिनीहरूले येशूलाई पहिले हन्‍‌नासकहाँ लगे, जो त्यस वर्षका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
  
14. जसले ‘जनताको निम्ति एक जना मानिस मर्नुमा नै हित छ’ भनी यहूदीहरूलाई सल्लाह दिए। पत्रुसको पहिलो इन्कार
  
15. सिमोन र अर्को एक जना चेलाले येशूलाई पछ‍याउँदै थिए। त्यो अर्को चेला प्रधान पूजाहारीका चिनाजानी भएकोले तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
  
16. तर पत्रुस ढोकाबाहिरै उभिरहेका थिए । प्रधान पूजाहारीलाई चिन्‍‌ने त्यो अर्को चेला फर्केर गई ढोकामा पाले बस्‍‌ने स्त्रीलाई भनसुन गरेर पत्रुसलाई भित्र ल्याए।
  
17. तब ढोकामा पाले बस्‍‌ने स्त्रीले पत्रुसलाई सोधी, ‘‘तिमी पनि यस मानिसका चेलाहरूमध्ये एक होइनौ र?’’ तिनले भने, ‘‘अहँ, म होइन।’’
  
18. जाडोले गर्दा ती घरका नोकरहरू र पहरेदारहरू आफूलाई न्यानो पार्न आगो बालेर तापिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्‍‌न लागे।
  
19. तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाको विषयमा सोधे।
  
20. येशूले जवाफ दिनुभयो, ‘‘मैले संसारलाई खुल्लमखुल्ला बताएको छु; मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैनँ।
  
21. तपाईं मलाई किन सोध्‍‌नुहुन्छ? मैले यिनीहरूलाई के भने सो सुन्‍‌नेहरूलाई नै सोध्‍‌नुहोस्। हेर्नुहोस्, मैले भनेका कुरा यिनीहरूलाई नै थाहा छ।’’
  
22. येशूले यी कुरा भनिसकेपछि उहाँको छेउमा उभिरहेको एक जना पहरेदारले उहाँलाई थप्पड हान्दै भनेँ, ‘‘के प्रधान पूजाहारीलाई जवाफ दिने तरीका यस्तै हो?’’
  
23. येशूले तिनलाई जवाफ दिनुभयो, ‘‘यदि मैले खराब बोलेको छु भने, गवाही देऊ तर असल बोलेको छु भने किन हिर्काउँछौ?’’
  
24. तब हन्‍‌नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाइदिए।
  
25. पत्रुस उभिएर आगो ताप्दै थिए, तिनीहरूले तिनलाई सोधे, ‘‘के तिमी पनि उनका चेलाहरूमध्येका एक होइनौ?’’ तिनले इन्कार गर्दै भने, ‘‘म होइनँ।’’
  
26. प्रधान पूजाहारीका नोकरहरूमध्ये एक जना, जो पत्रुसद्वारा कान काटिएको व्यक्तिको आफन्त थियो, उसले सोध्यो, ‘‘के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?’’
  
27. तब फेरि पत्रुसले इन्कार गरे र तुरुन्तै भाले बास्यो।
  
28. त्यसपछि तिनीहरूले येशूलाई कैयाफाकहाँबाट प्रेटोरियनमा लगे। यसबेला बिहान भइसकेको हुनाले यहूदीहरू आफू बिटुलिएर निस्तार-भोज खान नपाइएला कि भन्‍‌ने डरले त्यसभित्र पसेनन्।
  
29. यसकारण पिलातस बाहिर तिनीहरूकहाँ गए र भने, ‘‘यस मानिसको विरुद्धमा तिमीहरू के आरोप लगाउँछौ?’’
  
30. तिनीहरूले जवाफ दिएर उनलाई भने, ‘‘यदि यो मानिस कुकर्मी नहुँदो हो त, हामी यसलाई तपाईंकहाँ सुम्पिने थिएनौं।’’
  
31. पिलातसले भने, ‘‘त्यसो भए यसलाई लैजाओ र आफ्‍‌नै व्यवस्थाअनुसार न्याय गर।’’ यहूदीहरूले उनलाई भने, ‘‘कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।’’
  
32. उहाँको मृत्यु कस्तो प्रकारले हुनेछ, त्यसको सङ्केत दिएर आफैले भन्‍‌नुभएको वचन पूरा होस् भनी यसो भएको थियो।
  
33. तब पिलातस फेरि प्रेटोरियनभित्र पसे र येशूलाई बोलाएर सोधे, ‘‘के तिमी यहूदीहरूका राजा हौ?’’
  
34. येशूले भन्‍‌नुभयो, ‘‘के तपाईं आफैले सोध्‍‌नुभएको हो कि, अरु कसैले तपाईंलाई मेरो विषयमा भनेको हो?’’
  
35. पिलातसले जवाफ दिए, ‘‘के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पिदिए। तिमीले के गरेका छौ?’’
  
36. तब येशूले जवाफ दिनुभयो, ‘‘मेरो राज्य यस संसारको होइन । यदि मेरो राज्य यस संसारको भएदेखि मेरा सेवकहरूले म यहूदीहरूको हातमा नसुम्पिऊँ भनेर लडाइँ गर्नेथिए। तर मेरो राज्य यस संसारको होइन।’’
  
37. पिलातसले फेरि सोधे, ‘‘त्यसो भए तिमी राजा नै हौ त?’’ येशूले जवाफ दिनुभयो, ‘‘म राजा हुँ भनी तपाईं ठीकै भन्‍‌नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र सत्यताको गवाही दिन म यस संसारमा आएको छु। हरेक, जो सत्यको हो, त्यसले मेरो स्वर सुन्छ।’’
  
38. पिलातसले उहाँलाई भने, ‘‘सत्य के हो त?’’ तब पिलातस बाहिर गए र यहूदीहरूलाई भने, ‘‘म यिनमा एउटै पनि दोष भेट्टाउँदिनँ।
  
39. तर प्रत्येक वर्ष निस्तार-चाडको अवसरमा मैले एक जनालाई तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको चलन छ, यसकारण के मैले यहूदीहरूका राजालाई छोडिदिएको तिमीहरू चाहन्छौ?’’
  
40. तर तिनीहरू फेरि यसो भन्दै कराए, ‘‘यसलाई होइन ! तर बारब्बा (जो एक डाँका थियो) लाई छोडिदिनुहोस्।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES