1. परमप्रभुको स्तुति गर। हे परमप्रभुका दासहरू हो, स्तुति गर ! परमप्रभुको नामको स्तुति गर !
2. अहिलेदेखि सदासर्वदा परमप्रभुको नाम धन्यको होस्।
3. सूर्योदयदेखि सूर्यास्तसम्म परमप्रभुको नामको स्तुति गरिनुपर्छ।
4. सबै जातिमाथि परमप्रभु सर्वोच्च हुनुहुन्छ; उहाँको महिमा आकाशभन्दा उच्च छ।
5. हाम्रा परमप्रभु परमेश्वरजस्तो को छ र ? उहाँ उच्च स्थानमा विराजमान् हुनुहुन्छ।
6. जो आकाश र पृथ्वीका कुरा निहार्नका निम्ति झुक्नुहुन्छ।
7. उहाँले दुर्बललाई धुलोबाट उठाउनुहुन्छ, र दरिद्रलाई घुर्यानबाट उचाल्नुहुन्छ,
8. उहाँले तिनीहरूलाई राजकुमारहरूसँग र आफ्नै प्रजाका राजकुमारहरूका साथमा बसाल्नुहुन्छ।
9. उहाँले बाँझी स्त्रीलाई घर गर्ने र छोराछोरीकी हर्षित आमा तुल्याउनुहुन्छ। परमप्रभुको स्तुति गर।
|