1. पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु; मेरो गुहार कहाँबाट आउँछ?
2. मेरो गुहार परमप्रभुबाट नै आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो।
3. उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन।
4. हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न त निदाउनुहुनेछ।
5. परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ।
6. दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैन, न त रातको समयमा चन्द्रमाले हानी गर्नेछ।
7. परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ।
8. तिमी बाहिर जाँदा र भित्र आउँदा अबदेखि उसो परमप्रभुले सदासर्वदा तिम्रो रक्षा गर्नुहुनेछ।
|