|
|
भजनसंग्रह, Chapter 124
1. हाम्रो पक्षमा हुनुहुने परमप्रभु यदि नहुनुभएको भए, इस्राएलले अब भनोस्,
2. मानिसहरू हाम्रा विरुद्धमा उठ्दा हाम्रो पक्षमा हुनुहुने परमप्रभु यदि नहुनुभएको भए;
3. तब, तिनीहरूको क्रोध हाम्रो विरुद्धमा दन्केको बेलामा, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए।
4. हामीमाथि बाढ उर्लनेथियो; भेलले हाम्रो प्राणलाई छोप्नेथियो।
5. तब उर्लिरहेको बाढले हाम्रो प्राणलाई छोप्नेथियो।
6. परमप्रभु धन्यको हुनुहुन्छ, जसले हामीलाई तिनीहरूका दाँतको शिकार हुन दिनुभएन।
7. शिकारीको पासोबाट चरा उम्केझैँ हाम्रो प्राण उम्केको छ; पासो छिन्यो र हामी उम्क्यौं।
8. आकाश र पृथ्वी बनाउनुहुने परमप्रभुको नाउँमा हाम्रो सहायता छ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|