1. मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई धेरैचोटि कष्ट दिएका छन्, इस्राएलले अब यसो भनोस्
2. मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई धेरैचोटि कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्।
3. हलीहरूले मेरो पिठयुँमा जोते; तिनीहरूले आ-आफ्ना सिया लामो पारे।
4. परमप्रभु धर्मी हुनुहुन्छ; उहाँले दुष्टहरूका बन्धन काटेर टुक्राटुक्रा पार्नुभएको छ।
5. सियोनलाई घृणा गर्नेहरू सबै सर्ममा परून् र पछि हटेर जाऊन्।
6. तिनीहरू घरका छानाको घाँसजस्ता होऊन्, जो बढ्नुभन्दा पहिल्यै ओइलिहाल्छ;
7. जसबाट घाँसीले आफ्नो मुट्ठी भर्दैन, न त बिटा बाँध्नेले आफ्नो अँगालो भर्दछ।
8. त्यहाँबाट भएर जानेहरूले यसो पनि भन्दैनन्, ‘‘परमप्रभुको आशिष् तिमीहरूमाथि रहोस्। हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशिष् दिन्छौं।’’
|