Bible Study: FrontPage




 

रोमी, Chapter 16

Bible Study - रोमी 16 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. किंक्रियामा स्थित मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबी तिमीहरूलाई भेट्‍‌न आइरहेकी छिन्।
  
2. म तिमीहरूलाई आग्रह गर्दछु कि प्रभुमा सन्तहरूलाई सुहाउँदो सम्मान दिएर तिनलाई ग्रहण गर र सकभर तिनलाई चाहिएको कुनै पनि सहायता गर किनकि तिनी आफैले धेरैको र मेरो पनि खाँचोमा सहायता गरेकी छिन्।
  
3. प्रिस्किला र अक्विला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन ।
  
4. ज-जसले मेरोनिम्ति आफ्‍‌नो जीवन जोखिममा हाले, उनीहरूप्रति म मात्र होइन तर अयहूदीका सबै मण्डलीहरू धन्यवादी छन् ।
  
5. तिनीहरूको घरमा जम्मा हुने मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टको निम्ति एसियाको पहिलो विश्वासी हुन्।
  
6. तिमीहरूको निम्ति कडा परिश्रम गर्ने मरियमलाई अभिवादन देओ।
  
7. एन्ड्रोनिकस र युनियस, मेरो आफन्तहरू मात्र होइनन्, मेरा सङ्गी-कैदीहरू हुन्, जसलाई अभिवादन देओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात हुन् र मभन्दा अगाडि ख्रीष्टमा आएका थिए।
  
8. एम्प्लीआतस, प्रभुमा मेरा प्रियलाई, अभिवादन भनिदेओ।
  
9. उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।
  
10. ख्रीष्टले योग्य ठहराउनुभएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ ।
  
11. मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।
  
12. प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ, प्रभुमा बढी परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।
  
13. प्रभुद्वारा विशेषरूपले चुनिएका रूफस र तिनकी आमा जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।
  
14. असिंक्रितस, फ्लगेन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसँग भएका भाइ-बहिनीहरूलाई अभिवादन भनिदेओ।
  
15. फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी अनि ओलिम्पास र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ।
  
16. एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
  
17. भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरूलाई सिकाइएको विश्वासको सिद्धान्तमा फूट र बाधाको पर्खाल खडा गर्नेहरूमाथि नजर राख र तिनीहरूबाट अलग्गै बस।
  
18. किनभने यस्ता मानिसहरू ख्रीष्ट हाम्रा प्रभुको दासहरू होइनन् तर आफ्‍‌नै पेट भर्नेहरू हुन् र तिनीहरूको चिप्लो बोली र मीठो कुराले सीधासादाहरूका हृदयलाई धोका दिन्छन्।
  
19. तर प्रभुप्रतिको तिमीहरूको आज्ञाकारिता सबैलाई जाहेर भएकै छ र यसले मलाई आनन्द दिदँछ। तर म चाहन्छु कि तिमीहरू असल कुरामा बुद्धिमान् बन र खराब कुरामा निर्दोष बन।
  
20. शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
  
21. तिमोथी मेरा सहकर्मी र मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्।
  
22. यो पत्र लेख्‍‌ने म तर्तियसले पनि तिमीहरूलाई अभिवादन पठाउँदै छु।
  
23. मलाई र सम्पूर्ण मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। शहरका कोषाध्यक्ष इरास्तस र भाइ कवार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्। [
  
24. हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्, आमेन्।]
  
25. अब उहाँलाई ,जो मेरा सुसमाचार र येशू ख्रीष्टको प्रचारअनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थी हुनुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो,
  
26. तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञाअनुसार अगमवक्ताहरूका धर्मशास्त्रद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ -
  
27. अद्वितीय सर्वज्ञानी परमेश्वरलाई नै येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्। आमेन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES