Bible Study: FrontPage




 

१ कोरिन्थी, Chapter 2

Bible Study - १ कोरिन्थी 2 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. भाइहरू हो, म तिमीहरूकहाँ आउँदा ठूला- ठूला कुरा र बुद्धिमा परमेश्वरको गवाहीको घोषणा गर्दै आइनँ।
  
2. किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरु केही नजान्‍‌ने नै मैले निश्चय गरेको थिएँ।
  
3. म तिमीहरूकहाँ दुर्बलतामा अनि ज्यादै डर र कम्पसाथ आएँ।
  
4. मेरो उपदेश र प्रचार घत्लाग्दो र चतुर्‍याइँपूर्ण वाक्यहरूमा थिएन तर पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थियो ।
  
5. यसैले कि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्।
  
6. तापनि परिपक्वहरूका बीचमा हामी बुद्धिका कुरा बोल्छौं तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्चय बितिजानेछ।
  
7. तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्छौं, जो युगौँयुगअघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो।
  
8. जुन कुरा यस जगतका कुनै पनि शासकहरूले बुझेका छैनन्। किनकि तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍‌ने नै थिएनन्।
  
9. तर जसरी यो लेखिएको छ, ‘‘आँखाले नदेखेका र कानले नसुनेका अनि मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।’’
  
10. किनभने परमेश्वरले आत्माद्वारा हाम्रा निम्ति यी कुरा प्रकाशमा ल्याउनुभएको छ, किनकि आत्माले सबै कुरा, यद्यपि परमेश्वरका गहिरा कुरा पनि खोजिनिकाल्‍‌नुहुन्छ।
  
11. मानिसको हृदयको कुरा ऊभित्र भएको आत्माबाहेक अरु कसले बुझ्‍‌नसक्छ र? त्यसरी नै परमेश्वरका विचारहरू पनि उहाँको आत्माबाहेक अरु कसैले जान्‍‌न सक्तैन।
  
12. परमेश्वरले हामीलाई सित्तँैमा दिनुभएका कुराका बारेमा जान्‍‌न सकौं भनेर हामीले संसारको होइन तर परमेश्वरबाटको आत्मा पाएका छौं।
  
13. जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूका बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर आत्माले सिकाउनुभएअनुसार हामी आत्मिक विचारहरू र आत्मिक शब्दहरूमा बोल्दछौं।
  
14. तर स्वाभाविक मानिसले परमेश्वरका आत्माका कुरा ग्रहण गर्दैन, ती उसको निम्ति मूर्खता हुन्छन् र उसले ती कुरा बुझ्‍‌न सक्दैन, किनकि ती आत्मिक रीतिले जाँचिएका हुन्छन्।
  
15. तर आत्मिक मानिसले सबै कुरा जाँच्दछ तर ऊ, आफै कोही मानिसद्वारा जाँचिदैन।
  
16. किनकि कसले प्रभुको मनलाई जानेको छ र? अनि कसले उहाँलाई सिकाउन सक्छ? तर हामीसँग त ख्रीष्टको मन छ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES