Bible Study: FrontPage




 

१ तिमोथी, Chapter 6

Bible Study - १ तिमोथी 6 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. दासत्वका जुवामुनि हुने सबैले आ-आफ्‍‌ना मालिकलाई पूरा सम्मानको योग्य ठानून्, यसैले कि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्।
  
2. विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाज्यू-भाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्य पालन गर्न सिकाऊ र आग्रह गर।
  
3. यदि कसैले अरु सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वर-भक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने
  
4. त्यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थका वादविवाद गर्छ र एक-एक शब्द लिएर झगडा गर्न खोजिहिँड्छ। यी कुराले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्‍‌न गराउँछन्
  
5. अनि बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्ति फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
  
6. सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
  
7. किनकि हामीले न त यस संसारमा केही ल्यायौं, न यहाँबाट केही लैजान नै सक्छौं।
  
8. तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट होऔं।
  
9. तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् अनि धेरै अर्थहीन र दु:खदायी इच्छामा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन् ।
  
10. किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जरा हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
  
11. तर परमेश्वरका जन तिमीले यी सबै त्याग र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्षय राख।
  
12. विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
  
13. सबै थोकलाई जीवन दिनुहुने परमेश्वरको उपस्थितिमा र पन्तियस पिलातसको सामुन्‍‌ने असल गवाही दिनुहुने ख्रीष्ट येशूको उपस्थितिमा
  
14. म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरून्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख।
  
15. अनि धन्य र सर्वोच्च राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ,
  
16. उहाँमा नै अमरत्व छ र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्‍‌न नै सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन्।
  
17. यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।
  
18. तिनीहरूले असल कार्य गरून्, र असल काममा धनी, उदार-चित्त भएका र दानी होऊन्।
  
19. यसरी आफ्‍‌नैलागि भविष्यको असल जग बसाल्‍‌न सकून् र तिनीहरूले त्यो जीवन पक्रिराखून्, जो साँच्ची नै जीवन हो।
  
20. तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्तिहीन गन्थन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर।
  
21. यी कुराका पछि लागेर कति जना आफ्‍‌नो विश्वासको लक्षयबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES