Bible Study: FrontPage




 

२ कोरिन्थी, Chapter 8

Bible Study - २ कोरिन्थी 8 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अब भाइहरू हो, म्यासिडोनियाका मण्डलीहरूलाई दिइएको परमेश्वरको अनुग्रहको बारेमा हामी तिमीहरूलाई बताउन चाहन्छौं,
  
2. तिनीहरू कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्तै आनन्दित भए र घोर दरिद्रतामा पनि तिनीहरूले उदारचित्तले दान दिए।
  
3. किनकि म गवाही दिनसक्छु कि तिनीहरूले आफ्‍‌नो औकातअनुसार र आफ्‍‌नो औकातभन्दा बढी आफ्‍‌नै राजीखुसीले दिए।
  
4. सन्तहरूलाई सहायता पुर्‍याउने काममा सहभागी हुन पाऔं भनेर तिनीहरूले हामीलाई घरीघरी आग्रहपूर्वक विन्ती गरे।
  
5. अनि यो हामीले आशा गरेअनुसार होइन तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए।
  
6. यसैकारण तीतसले अघिबाटै शुरु गरिसकेका उदारताका काम तिमीहरूमा पूरा गरून् भनी हामीले तिनलाई विन्ती गर्‍यौं।
  
7. तर जसरी तिमीहरू सबै कुरामा बढेर गएका छौ अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीले तिमीहरूमा जगाएको प्रेममा, त्यसरी नै तिमीहरू यस उदारचित्तले दिने काममा पनि प्रशस्त होओ।
  
8. मैले यो आज्ञाको रूपमा भनेको होइनँ तर अरुहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्‍‌ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।
  
9. हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, यद्यपि उहाँ धनी हुनुहुन्थ्यो तापनि तिमीहरूका खातिर उहाँ गरीब बन्‍‌नुभयो, यसैले कि उहाँको गरीबीबाट तिमीहरू धनी हुनसक।
  
10. अब यस विषयमा मेरो सल्लाह यही छ, एक वर्षअघि तिमीहरूले जुन दिने काम शुरु गरेका मात्र होइन तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ।
  
11. इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो, त्यही मुताबिक आफ्‍‌नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।
  
12. किनभने दिने तत्परता छ भने मानिससित भएअनुसारको दान नै ग्रहणीय हुन्छ, जे ऊसँग छैन, त्यो अनुसारको दान होइन।
  
13. किनकि अरुहरूलाई सुविधा र तिमीहरूलाई दु:ख होस् भनेर म यो भन्दिनँ। तर समानता होस् भनेर हो।
  
14. तर वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस् र तिनीहरूका प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्।
  
15. जस्तो लेखिएको छ, ‘‘धेरै बटुल्‍‌नेसित केही पनि उब्रेन र थोरै बटुल्‍‌नेहरूलाई अभाव पनि भएन।’’
  
16. तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति गहिरो चासो हालिदिनुभएको छ।
  
17. किनकि तिनले हाम्रो अनुरोधलाई मानेका मात्र होइनन् तर आफै पनि साह्रै उत्साहित भएर आफ्‍‌नै इच्छाले तिमीहरूलाई भेट्‍‌न आउँदै छन्।
  
18. हामी तिनीसँग अर्को एक भाइलाई पनि पठाउँदै छौं, जो सुसमाचार प्रचारमा सबै मण्डलीमा प्रख्यात् छन्।
  
19. अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीहरूद्वारा तिनी नियुक्त भएका छन्।
  
20. उदारचित्तले दिएको यो दान प्रयोग गर्दा त्यस विषयमा कसैले हामीमा दोष नभेटोस् भनी हामी जोगिन्छौं।
  
21. किनकि प्रभुको दृष्टिमा मात्र होइन तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ, त्यो गर्ने कष्ट हामीले उठाइरहेका छौं।
  
22. तिनीहरूसँग हामी अर्को एक भाइलाई पनि पठाउँदै छौं, जसलाई हामीले धेरैपल्ट जाँचेर धेरै कुरामा जोशिलो भेट्टाएका छौं। तिमीहरूमा भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझै उत्साहित भएका छन्।
  
23. कसैले तीतसबारे सोधे भने, तिनी मेरा सहभागी हुन् , तिमीहरूका बीचमा मेरो सहकर्मी हुन् र हाम्रा भाइहरूका विषयमा, तिनीहरू मण्डलीहरूका दूतहरू र ख्रीष्टका महिमा हुन्।
  
24. यसकारण तिमीहरूले आफ्‍‌नो प्रेमको र तिमीहरूको पक्षमा हामीले गरेको गर्वको प्रमाण उनीहरूलाई अनि मण्डलीहरूका सामु देखाइदेओ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES