Bible Study: FrontPage




 

२ कोरिन्थी, Chapter 9

Bible Study - २ कोरिन्थी 9 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. सन्तहरूको निम्ति दिइएको भेटीबारे तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन।
  
2. किनभने म तिमीहरूको तत्परता जान्दछु, यसको सम्बन्धमा म्यासिडोनियाका मानिसहरूका अघि तिमीहरूमाथि गर्व गर्दै मैले भनेथेँ कि पोहोर सालदेखि अखैयाका मानिसहरू भेटी दिन तयार भइरहेका छन्। तिमीहरूको जोशले तिनीहरूमध्ये धेरैलाई उत्साहित तुल्याएको छ।
  
3. तर यस विषयमा तिमीहरूमाथि हामीले गर्व गरेको व्यर्थ नहोस् र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेको छु।
  
4. यदि कोही म्यासिडोनियाका मानिसहरू मसँग आउँदा तिमीहरूलाई तयार भेट्टाएनन् भने हामीले तिमीहरूमाथि राखेको भरोसाको कारण हामी ठूलो शर्ममा पर्नेछौं।
  
5. यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको बन्दोबस्त अघिबाटै मिलाउनलाई मभन्दा अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउन मलाई आवश्यक लाग्यो, तर यो भेटी करकापमा होइन, राजीखुसीले दिइएको होस्।
  
6. तर म यो भन्दछु कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
  
7. हरेक मानिसले आफ्‍‌नो मनमा सङ्कल्प गरेअनुसार देओस्, चित्त दुखाउँदै वा करमा परेर होइन, किनभने खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
  
8. परमेश्वरले तिमीहरूलाई सबै अनुग्रह प्रशस्तसँग दिनसक्‍‌नुहुन्छ, यसैले कि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त भइरहोस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिनसक।
  
9. यसरी लेखिएको छ, ‘‘उसले छर्छ र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।’’
  
10. अब छर्नेलाई बीउ र खानलाई रोटी दिनुहुनेले तिमीहरूलाई भोजनको भण्डार दिएर त्यसको वृद्धि गरिदिनुहुन्छ र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।
  
11. तिमीहरू सबै उदारताको कारण धनी हुनेछौ र तिमीहरूको उदारता परमेश्वरमा कृतज्ञता हुनेछ।
  
12. किनकि यस सेवाको कामले पवित्रजनका खाँचोहरू मात्र पूरा गर्दैन, तर परमेश्वरलाई धन्यवाद दिने कार्यमा अझ यो प्रशस्त हुँदै जाने कुरा हो।
  
13. तिमीहरूले आफ्‍‌ना सेवाको कामद्वारा आफैलाई प्रमाणित गरेको कारण ख्रीष्टको सुसमाचारको साथमा तिमीहरूको आज्ञाकारिताको निम्ति साथै तिनीहरू र सबैलाई उदारतासित सबै कुरामा सहभागी भएकाले तिनीहरूले परमेश्वरको महिमा गर्दछन्।
  
14. तिमीहरूद्वारा परमेश्वरको असीम अनुग्रह देखाइएको कारण तिनीहरूले तिमीहरूको तिर्सना राख्दै प्रार्थना गर्दछन् ।
  
15. परमेश्वरलाई उहाँको वर्णन गर्न नसकिने दानको निम्ति धन्यवाद होस् !


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES