Bible Study: FrontPage




 

२ पुत्रस, Chapter 3

Bible Study - २ पुत्रस 3 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. प्रिय हो, यो मेरो दोस्रो पत्र तिमीहरूलाई लेखिरहेको छु र यी दुवै पत्रमा मैले यिनै कुराको सम्झना गराएर तिमीहरूका मनमा चोखो विचार जागृत गराउन खोजेको हुँ।
  
2. म तिमीहरूलाई सम्झाउन चाहन्छु कि धेरै समयअघि पवित्र अगमवक्ताहरूबाट बोलिएका र प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा दिइएको कुरा सम्झ।
  
3. तर तिमीहरूले मुख्य कुरा बुझ्‍‌नुपर्छ कि अन्तिम दिनमा गिल्ला गर्नेहरू र आफ्‍‌नै अभिलाषाको पछि हिँड्‍‌नेहरू यसो भन्दै आउनेछन्,
  
4. ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू सुतेका दिनदेखि नै सबै कुरा सृष्टिको शुरुदेखि चलिआएजस्तै आज पनि छँदै छ।’
  
5. तिनीहरू जानीबुझीकन पनि यस कुराको वास्ता गर्दैनन्, कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए र पृथ्वीचाहिँ पानीमाझमा र पानीद्वारा नै बनाइयो,
  
6. यसै पानीबाट त्यस समयको संसार जलप्रलयमा नष्ट भयो।
  
7. तर अहिलेका आकाश र पृथ्वी त्यही वचनद्वारा भक्तिहीन मानिसहरूको विनाश र न्यायको दिनको विरुद्धमा छुट्ट‍याएर आगोको निम्ति साँचिराखिएको छ।
  
8. तर मित्रहरू हो, एउटा कुरा नबिर्स कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ, र हजार वर्ष एक दिनझैँ हुन्छ।
  
9. कसै-कसैले सम्झेझैँ आफ्‍‌नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍‌न तर कोही पनि नाश नहोस् तर सबै जनाले पश्चात्ताप गरून् भन्‍‌ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धैर्य देखाउनुभएको छ।
  
10. तर प्रभुको दिन त चोरजस्तै गरी आउनेछ, जसमा आकाश ठूलो आवाजसाथ बितिजानेछ अनि पृथ्वी र त्यसमा भएका सम्पूर्ण थोक आगोले नष्ट हुनेछन् र त्यहाँ भएका सबै काम पनि जलाइनेछन्।
  
11. यी सबै कुरा यसरी पग्लेर जानेछ भनी जानेर तिमीहरू कस्तो किसिमका मानिसहरू हुनुपर्छ? तिमीहरू सबै पवित्र चालचलन र भक्तिमा
  
12. परमेश्वरको दिनको प्रतीक्षा गर्दछौ र त्यस दिन नजिक आएको चाहन्छौ। जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्वहरू आगोको रापले पग्लनेछन्।
  
13. तर पनि हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दछौं, जहाँ धार्मिकताले वास गर्दछ।
  
14. यसकारण हे प्रिय हो, यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू प्रभुको दृष्टिमा निस्खोट र निर्दोष भेट्टाइने प्रयत्‍‌न गर।
  
15. अनि हाम्रा प्रभुको धैर्य मुक्ति हो भनी सम्झ, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यी कुरा लेखेका छन्।
  
16. उनका सबै पत्रहरूमा उनले यी कुराको उल्लेख गरेका छन्। उनका कुनै-कुनै कुरा बुझ्‍‌न गाह्रो छन्, जो अशिक्षित र चञ्चल मानिसहरूले अरु धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन् र आफैमाथि विनाश ल्याउँछन्।
  
17. यसकारण, प्रिय हो, तिमीहरू यी कुरा अघिबाटै थाहा पाएको हुनाले होशियार रहो, नत्र त दुष्टहरूका भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्‍‌ना दृढताबाट पतित हुनेछौ।
  
18. बरु हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई महिमा र आदर, अहिले र सदासर्वदा भइरहोस्। आमेन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES