Bible Study: FrontPage




 

प्रेरित, Chapter 14

Bible Study - प्रेरित 14 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. आइकोनियनमा यहूदीहरूको सभाघरमा पावल र बर्णाबास गएर सामर्थ्यसाथ प्रचार गरे र यहूदीहरू अनि ग्रीकहरूको ठूलो जमातले विश्वास गरे।
  
2. तर विश्वास गर्न नचाहने यहूदीहरूले पावल र बर्णाबासको विरुद्धमा नाना थरीका खराब कुरा गर्दै, अयहूदीहरूको मनलाई खल्बलाइदिए।
  
3. त्यहाँ प्रेरितहरू प्रभुको अनुग्रहबारे साहससित प्रचार गर्दै लामो अवधिसम्म बसे। तिनीहरूले प्रचार गरेको सन्देश सही हो भन्‍‌ने प्रमाणको निम्ति प्रभुले आश्चर्यमय चिन्हहरू र चमत्कार गर्ने शक्ति दिनुभयो।
  
4. तर तिनीहरूबारे शहरका मानिसहरू आ-आफ्‍‌ना मतअनुसार दुई भागमा विभाजित भए। कोही यहूदीतर्फ र कोही प्रेरितहरूतर्फ लागे।
  
5. अयहूदीहरू र यहूदीहरूको भीडले आफ्‍‌ना नेताहरूको नेतृत्वमा प्रेरितहरूलाई ढुङ्गाले लोहोर्‍याउँदै आक्रमण गर्ने योजना बनाए।
  
6. जब प्रेरितहरूलाई यो कुरा थाहा भयो, तिनीहरू आफ्‍‌नो ज्यान जोगाउन भागे। तिनीहरू लुकोनिया क्षेत्रभित्र पर्ने लुस्त्रा र डर्बी शहरहरूमा गए।
  
7. अनि तिनीहरूले त्यहाँ सुसमाचार सुनाए।
  
8. तिनीहरू लुस्त्रामा हुँदा एक जना जन्मैदेखिको लङ्गडोलाई भेटे, जो कहिल्यै हिँडेको थिएन।
  
9. पावलले प्रचार गरेको उसले सुनिरह्यो। उनले त्यसलाई एकटक लाएर हेरे र त्यसमा निको हुने विश्वास रहेछ भन्‍‌ने कुरा थाहा पाएर
  
10. चर्को स्वरमा त्यसलाई भने, ‘‘उठ !’’ अनि त्यो मानिस बुर्लुक्क उफ्रेर उभियो र हिँड्‍‌न लाग्यो।
  
11. पावलले गरेका काम देखेर भीड यसो भन्दै लुकोनियाको भाषामा कराए, ‘‘देवहरू मानिसका रूपमा हामीकहाँ ओर्लेर आएका छन्।’’
  
12. तिनीहरूले बर्णाबासलाई ‘जिउस’ र पावललाई मुख्य वक्ता ठानी ‘हर्मेस’ देवताको नाउँले पुकार्न लागे।
  
13. जिउसको मन्दिर शहरबाहिर बनाइएको थियो। मन्दिरका पूजाहारीहरू र भीडले गोरुहरू र फूलका मालाहरू ल्याए अनि त्यो शहरको ढोकामा प्रेरितहरूको पूजा गर्दै बलिदान चढाउने इच्छा गरे।
  
14. तर जब बर्णाबास र पावलले त्यहाँ भइरहेको घटनाबारे चाल पाए, तब तिनीहरूले आ-आफ्‍‌नो वस्त्र च्यातेर दु:खित हुँदै मानिसहरूको भीडलाई चिच्च्याउँदै भने,
  
15. ‘‘हे हजूर हो, तपाईंहरूले यो के गर्न लाग्‍‌नुभएको हो? हामी त तपाईंहरूजस्तै मानिसहरू मात्र हौं।तपाईंहरू व्यर्थका कुरालाई छोडेर स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक सृजनुहुने जीवित परमेश्वरतर्फ फर्कनुहोस् भनी हामी प्रचार गर्छौं।
  
16. जसले बितेका दिनहरूमा सबै जातिहरूलाई आ-आफ्‍‌नो मार्गमा चल्‍‌ने छुट दिनुभयो।
  
17. तर पनि उहाँले आफूलाई बिनासाक्षी छोड्‍‌नुभएन। उहाँले परोपकार गर्दै आकाशबाट वर्षा र फल लाग्‍‌ने ऋतुहरू दिएर, भोजन र आनन्दले हाम्रा हृदयलाई भर्नुभयो।’’
  
18. अनि यी कुरा भनेर उनीहरूले आफ्‍‌ना सामु बलिदान चढाउनदेखि ती मानिसहरूलाई रोक्‍‌न निकै कठिन परिरहेको थियो।
  
19. त्यही बेला एन्टिओक र आइकोनियनबाट केही यहूदीहरू त्यहाँ आइपुगे, अनि भीडलाई उक्साएर पावललाई ढुङ्गाले हाने, र उनी मरेछन् भनि ठानेर उनलाई शहरदेखि बाहिर घिस्स्याएर लगे।
  
20. जब चेलाहरूले उनलाई घेरे, उनी जुरुक्क उठेर शहरभित्र पसे। भोलिपल्ट बर्णाबाससित उनी डर्बीतर्फ लागे।
  
21. डर्बीमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाएपछि पावल र बर्णाबास लुस्त्रा र आइकोनियन हुँदै एन्टिओकमा फर्किए ।
  
22. अनि चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्वासमा रहिरहेर ‘‘अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्‍‌नुपर्छ’’ भन्‍‌ने उत्साह दिए ।
  
23. पावल र बर्णाबासले प्रत्येक मण्डलीमा भरोसायोग्य मानिसलाई धर्मगुरुको रूपमा नियुक्त गरेर उपवाससहित प्रार्थना गर्दै प्रभुको हातमा सुम्पे।
  
24. तब तिनीहरू पिसिदिया हुँदै पामफिलियातर्फ यात्रा गरे।
  
25. तिनीहरू ले पर्गामा फेरि प्रचार गरे, त्यसपछि अटालियामा गए।
  
26. अन्तमा, तिनीहरू जहाजमा चढेर सिरियाको एन्टिओक फर्किए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू सुम्पिएका थिए ।
  
27. एन्टिओक आइपुग्‍‌नासाथ त्यहाँका मण्डलीलाई एकसाथ बोलाएर परमेश्वरले गर्नुभएका कामहरू र उहाँले अयहूदीहरूको निम्ति विश्वासको ढोका खोलिदिनुभएका कुराको विवरण दिए ।
  
28. अनि तिनीहरू त्यहाँ चेलाहरूको साथमा धेरै दिनसम्म बसे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES