Bible Study: FrontPage




 

प्रेरित, Chapter 13

Bible Study - प्रेरित 13 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. सिरियाको एन्टिओकमा भएको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू थिए, तीमध्ये बर्णाबास, शिमियोन (काला), लुकियस (कुरेनी), मनेन(राजा हेरोद एन्टिपाससँगै हुर्केका व्यक्ति) र शाऊल थिए।
  
2. एक दिन तिनीहरू उपवासको साथमा प्रभुको सेवा गरिरहेका बेला पवित्र आत्माले भन्‍‌नुभयो, ‘‘मेरोनिम्ति बर्णाबास र शाऊललाई त्यस कामको लागि अलग गर, जसको निम्ति मैले उनीहरूलाई बोलाएको छु।’’
  
3. तब तिनीहरूले उपवास र प्रार्थना गरेपछि उनीहरूमाथि हात राखेर पठाइदिए।
  
4. पवित्र आत्माद्वारा पठाइएको हुनाले शाऊल र बर्णाबास सिलुकियातर्फ प्रस्थान गरे र त्यहाँबाट साइप्रसतिर समुद्रयात्रा गरे।
  
5. उनीहरू सलामिस शहरमा आइपुगेपछि यहूदीहरूको सभाघरहरूमा परमेश्वरको वचन प्रचार गरे र यूहन्‍‌ना मर्कूस पनि उनीहरूको साथमा थिए।
  
6. उनीहरू त्यो टापु छिचोलेर पाफोसमा आइपुग्दा ‘बार येशू’ नाम भएको टुनामुना गर्ने यहूदी झूटा अगमवक्तालाई भेटे,
  
7. जो प्रान्तीय शासक सर्गियस पौलस(एक बुद्धिमान् मानिस थिए)सँग बस्तथ्यो। तिनले शाऊल र बर्णाबासलाई बोलाएर परमेश्वरको वचन सुन्‍‌ने इच्छा गरे।
  
8. तर एलुमास जादुगरले प्रान्तीय शासकलाई विश्वासबाट तर्काउन खोज्दै उनीहरूको विरोध गर्‍यो।
  
9. तब शाऊल, जसलाई पावल पनि भनिन्छ, जो पवित्र आत्माले भरिएर त्यसलाई एकटक लाएर हेरे र
  
10. भने, ‘‘हे सारा छल र सम्पूर्ण धूर्तताले भरिएको शैतानको बच्चा, सारा धार्मिकताको शत्रु, के तँ प्रभुका सीधा बाटोहरू बङ्ग‍याउन छोड्दैनस्?
  
11. अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ केही समयका निम्ति घाम नदेख्‍‌ने अन्धो हुनेछस्।’’ अनि तुरुन्तै कुइरो र अन्धकारले त्यसलाई ढाक्यो र हातमा समाती डोर्‍याओस् भनेर त्यो कसैलार्ई यताउति खोज्‍‌न लाग्यो।
  
12. तब प्रान्तीय शासकले यो घटना देखेर प्रभुको शिक्षामा अचम्म मान्दै विश्वास गरे।
  
13. अब पावल र उनलाई साथ दिनेहरूले पाफोसबाट समुद्रयात्रा गर्दै पामफिलियाको पर्गामा आए । त्यहीँबाट यूहन्‍‌ना मर्कूस उनीहरूलाई छोडेर यरूशलेममा फर्किए।
  
14. तर उनीहरू पर्गाबाट निस्केर पिसिदियाको एन्टिओकमा आइपुगे र विश्राम-दिनमा सभाघरमा गएर बसे।
  
15. अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट पाठ गरेपछि सभाघरका शासकहरूले उनीहरूकहाँ यसो भन्दै पठाए, ‘‘ए भाइ हो, मानिसहरूको निम्ति तपाईंहरूसित कुनै उत्साहका वचन छन् भने, भन्‍‌नुहोस्।’’
  
16. अनि पावल उठे र हातले इसारा गर्दै भने, ‘‘परमेश्वरको डर मान्‍‌ने मानिसहरू हो, सुन्‍‌नुहोस्,
  
17. यस इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्‍‌नुभयो अनि मिश्रदेशमा रहँदा तिनीहरूलाई उच्च पार्नुभयो र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई निकाल्‍‌नुभयो।
  
18. उहाँले चालीस वर्षसम्म उजाड-स्थानमा तिनीहरूको चाललाई सहनुभयो।
  
19. अनि कनान देशमा सातवटा जातिहरूलाई नष्ट पारेर उहाँले उनीहरूको देश तिनीहरूको अधिकारमा दिनुभयो।
  
20. त्यो ठाउँ अधिकार गर्नु प्राय: चार सय पचास वर्ष लाग्यो। त्यसपश्चात्, उहाँले अगमवक्ता शमूएलको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।
  
21. तब तिनीहरूले एक राजाको माग गरे अनि परमेश्वरले तिनीहरूलाई बेन्यामीन कुलबाट किशका छोरा शाऊललाई राजाको रूपमा दिनुभयो, जसले चालीसवर्षसम्म राज्य गरे।
  
22. तर परमेश्वरले उनलाई राजकीय सिंहासनबाट हटाएपछि दाऊदलाई राजा बनाएर राख्‍‌नुभयो, जसबारे परमेश्वर भन्‍‌नुहुन्छ, ‘यिशैको छोरा दाऊदलाई मैले आफ्‍‌नो हृदयअनुसारको मानिस पाएँ, किनभने जसले मेरा सबै इच्छा पूरा गर्नेछ।’
  
23. यही मानिसको वंशबाट परमेश्वरले आफ्‍‌नो प्रतिज्ञाअनुसार इस्राएलको निम्ति एक जना मुक्तिदाता अर्थात् येशूलाई खडा गर्नुभयो।
  
24. उहाँ आउनुभन्दा पहिले यूहन्‍‌नाले सारा इस्राएल जातिलाई पश्चात्तापको बप्तिस्माको प्रचार गरे।
  
25. यूहन्‍‌नाले आफ्‍‌नो कार्य समाप्त गर्नलाग्दा भनेका थिए, ‘तिमीहरू म को हुँ भनी ठान्छौ? म उहाँ होइन। तर हेर, मपछि एक जना आउनुहुन्छ, जसका खुट्टाको जुत्ता फुकाल्‍‌ने योग्यको म छैनँ।’
  
26. हे अब्राहामका वंशको सन्तान र तिमीहरूमध्ये परमेश्वरको डर मान्‍‌ने भाइहरू हो, हामीकहाँ नै यो मुक्तिको वचन पठाइएको छ,
  
27. किनकि यरूशलेमका बासिन्दा र तिनीहरूका शासकहरूले न त उहाँलाई चिने, न हरेक विश्रामको दिनमा पढिने अगमवक्ताका वाणी नै बुझे, यसकारण उहाँलाई दण्डको आज्ञा दिएर तिनीहरूले ती वाणीलाई पूरा गरेका छन्।
  
28. यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन् तर पनि उहाँलाई ज्यानसजायँ दिनुपर्छ भनी पिलातससँग तिनीहरूले मागगरे।
  
29. जब तिनीहरूले उहाँको मृत्युसम्बन्धी भविष्यवाणीहरू पूरा गरिसके, उहाँलाई क्रूसबाट झारेर चिहानमा राखे।
  
30. तर परमेश्वरले उहाँलाई मृतकबाट पुनर्जीवित पार्नुभयो।
  
31. अनि गालीलदेखि यरूशलेमसम्म उहाँसितै जानेहरूकहाँ उहाँ धेरै दिनसम्म देखा पर्नुभयो। अहिले तिनीहरू नै मानिसहरूका सामु उहाँका साक्षीहरू छन्।
  
32. हामी, हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञाको सुसमाचार तपाईंहरूलाई प्रचार गर्छौं।
  
33. परमेश्वरले येशूलाई पुनर्जीवित पार्नुभएर त्यो कुरा हाम्रा सन्तानको निम्ति पूरा गरिदिनुभयो, जसरी भजनसंग्रह दुईमा लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।’
  
34. किनभने परमेश्वरले उहाँलाई कुहुन दिनुभएन तर मृतकबाट पुनर्जीवित पार्नुभएको तथ्य यी वचनमा भनिएको छ : ‘म तिमीलाई दाऊदका अटल कृपा दिनेछु।’
  
35. भजनसंग्रहको अर्को भागले अझ स्पष्ट पारेको छ : ‘तपाईंले आफ्‍‌नो पवित्रजनलाई चिहानभित्र कुहुन दिनुहुनेछैन।’
  
36. किनभने, दाऊद त परमेश्वरको इच्छाबमोजिम आफ्‍‌नो पुस्ताको सेवा गरेर मरे, आफ्‍‌ना पिता-पुर्खाहरूसँग गाडिए र उनको शरीर कुह्यो।
  
37. तर परमेश्वरले पुनर्जीवित पार्नुभएको उहाँको शरीर कुहेन।
  
38. यसकारण हे भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्, यिनै मानिसद्वारा तपाईंहरूलाई पापको क्षमाको घोषणा गरिएको छ
  
39. तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन।
  
40. यसकारण, होशियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका वचन तपाईंहरूमा लागू नहोस्। किनभने, तिनीहरूले यसो भने,
  
41. ‘हे ठट्टा गर्नेहरू, हेर, छक्क पर र नष्ट भइजाओ, किनभने म तिमीहरू बाँचेकै समयमा यस्तो काम गरिरहेछु, यदि कसैले तिमीहरूलाई यसबारे बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ’।’’
  
42. त्यस दिन पावल र बर्णाबास सभाघरबाट निस्कनलाग्दा मानिसहरूले उनीहरूलाई अर्को विश्राम-दिनमा पनि आएर यही विषयमा बोलिदिनुहोस् भनी आग्रह गरे।
  
43. सभा समाप्त भएपछि धेरै यहूदीहरू र यहूदी मतमा लाग्‍‌ने भक्तहरूले पावल र बर्णाबासलाई पछ‍याए अनि उनीहरूले तिनीहरूसँग बोल्दै भने, ‘परमेश्वरको अनुग्रहमा लागिरहनुहोस्।’
  
44. अर्को विश्राम-दिनमा प्राय: सम्पूर्ण शहर नै परमेश्वरको वचन सुन्‍‌न ओइरिए।
  
45. तर जब यहूदीहरूले भीडलाई देखे, ईर्ष्याले हुरहुरती जले। यसैले तिनीहरूले पावलद्वारा बोलेको वचनको खण्डन गर्दै ईश्वर-निन्दा गरे।
  
46. तब पावल र बर्णाबासले साहससित बोल्दै भने, ‘‘परमेश्वरबाट आएको सुसमाचार प्रथमत: तपाईं यहूदीहरूलाई दिइनु नै पर्थ्यो। तर जब कि तपाईंहरूले यसलाई इन्कार गर्नुभयो र आफै -आफैलाई अनन्त जीवनको अयोग्य ठहर्‍याउनुभएको हुनाले हेर्नुहोस् हामी अयहूदीहरूकहाँ जानेछौं,
  
47. किनभने प्रभुले आज्ञा गर्नुहुँदा यसो भन्‍‌नुभएको छ, ‘मैले तिमीहरूलाई अयहूदीहरूमा ज्योति तुल्याएको छु, पृथ्वीको अन्तिम कुनासम्म मुक्ति पुर्‍याउन नियुक्त गरेको छु’।’’
  
48. जब अयहूदीहरूले यो कुरा सुने, तिनीहरू अत्यन्तै रमाए अनि परमेश्वरको वचनको महिमा गर्नलागे र अनन्त जीवनको निम्ति नियुक्त भएकाहरूजतिले विश्वास गरे।
  
49. यसरी प्रभुको वचन त्यो क्षेत्रभरि फैलियो।
  
50. तब यहूदीहरूले सम्मानित धार्मिक स्त्रीहरू अनि शहरका नेताहरूलाई पावल र बर्णाबासलाई सताउन उक्साए अनि तिनीहरूलाई आफ्‍‌नो क्षेत्रबाट बाहिर निकाले।
  
51. तर पावल र बर्णाबासले आ-आफ्‍‌नो खुट्टाको धूलो तिनीहरूको विरुद्धमा टकटक्याए अनि आइकोनियन शहरमा गए।
  
52. अनि चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES