Bible Study: FrontPage




 

प्रेरित, Chapter 2

Bible Study - प्रेरित 2 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशू पुनर्जीवित हुनुभएको सात हप्तापछि, जब पेन्तिकोसको दिन आइपुग्यो, विश्वासीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
  
2. अनि अचानक स्वर्गबाट ठूलो बतासको झोक्काजस्तै गर्जनको आवाज आयो र तिनीहरू बसेको पूरा घरै भरियो।
  
3. आगोका ज्वालाहरू जिब्रो आकारमा तिनीहरूकहाँ देखा परे र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
  
4. अनि हरेक उपस्थित व्यक्ति पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण गर्ने शक्तिबमोजिम तिनीहरू अन्यभाषामा बोल्‍‌नथाले।
  
5. अब स्वर्गमुनि भएका हरेक राष्ट्रबाट भक्त यहूदीहरू यरूशलेममा आएका थिए।
  
6. यो आवाज सुनेर भीड जम्मा भयो, उनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍‌नो भाषामा तिनीहरू बोलिरहेका सुने।
  
7. उनीहरू सबै छक्क परे र यसो भन्दै अचम्म माने, ‘‘हेर, के यी बोल्‍‌नेहरू सबै गालीली होइनन् र?
  
8. अनि कसरी हामी जन्मेका देशहरूमा बोलिने हाम्रा मातृभाषामा यिनीहरूले बोलिरहेका हामी सुन्दछौं?
  
9. हामी यहाँ पार्थीहरू, मादीहरू, एलामीहरू, मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एसियाका बासिन्दाहरू छौं।
  
10. अनि फिग्रिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका परदेशीहरू, यहूदी र यहूदी मत मान्‍‌नेहरू दुवै छौं।
  
11. क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्‍‌ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दछौं।’’
  
12. अचम्म र अन्योलमा परेर उनीहरू एउटाले अर्कोलाई सोधासोध गर्न लागे, ‘‘यसको अर्थ के हो?’’
  
13. तर भीडमा भएका अरुहरूले खिल्ली उडाउँदै भने, ‘‘तिनीहरू नयाँ मद्यले मातेका छन्।’’
  
14. तब पत्रुसले एघार जनासँग उभिएर चर्को स्वरमा उनीहरूलाई भने, ‘‘हे यहूदियाका मानिसहरू र यरूशलेमका जम्मै बासिन्दाहरू हो। यो कुरा तपाईंहरूलाई थाहा होस् र मेरो कुरामा ध्यान दिनुहोस्।
  
15. तपाईंहरूमध्ये कतिले यिनीहरू मातेका छन् भन्‍‌ने ठान्‍‌नुहुँदैछ तर यिनीहरू मातेका छैनन्, किनभने अहिले बिहानको नौ मात्र बजेको छ। यति बिहानै कोही पनि मात्दैनन्।
  
16. तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो :
  
17. ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्‍‌नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूकाछोराछोरीहरूले अगमवाणी बोल्‍‌नेछन् अनि तिमीहरूका युवकहरूले दर्शन देख्‍‌नेछन् र तिमीहरूका बूढापाकाहरूले सपना देख्‍‌नेछन्।
  
18. ती दिनहरूमा मेरा दासदासीहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमवाणी बोल्‍‌नेछन्।
  
19. माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु-रगत, आगो र धूवाँको मुस्लाहरू।
  
20. परमप्रभुको महान् र गौरवमय दिन आउनअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिवर्तन हुनेछन्।
  
21. अनि ज-जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’
  
22. हे इस्राएलका मानिसहरू हो, यी वचन सुन्‍‌नुहोस्, नासरतका येशूलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्‍‌ने प्रमाणित गर्नुभयो। ती घटनाहरू तपाईंहरूलाई थाहै छ।
  
23. परमेश्वरको पूर्वज्ञान र उहाँले ठहराउनुभएको निश्चित योजनाअनुसार तपाईंहरूले अधर्मीहरूका हातद्वारा येशूलाई क्रूसमा टाँगेर मार्नुभयो।
  
24. अनि परमेश्वरले उहाँलाई मृत्युको पीडाबाट छुटाएर जीवित पार्नुभयो। किनकि मृत्युले उहाँलाई आफ्‍‌नो शक्तिको अधीनमा राखिरहन असम्भव थियो।
  
25. किनकि दाऊदले उहाँको विषयमा भन्दछन् : ‘परमप्रभु सधैँ मसित हुनुहुन्छ भन्‍‌ने मलाई थाहा छ। उहाँ मेरो दाहिने बाहुलीपट्टि हुनुभएकोले, म कहिल्यै डगमगाउनेछैन।
  
26. यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो अति आनन्दित भयो; यसबाहेक मेरो शरीर पनि आशामा रहनेछ।
  
27. किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‍‌नुहुनेछैन। न त तपाईंले आफ्‍‌नो पवित्रजनको शरीर कुहुन नै दिनुहुनेछ।
  
28. तपाईंले मलाई जीवनका मार्गहरू थाहा गराउनुभएको छ, तपाईंको आफ्‍‌नो उपस्थितिमा तपाईंले मलाई आनन्दले गद्गद पार्नुहुनेछ।’
  
29. प्रिय भाइहरू हो, म तपाईंहरूलाई हाम्रा पुर्खा दाऊदको बारेमा निश्चयतासाथ भन्‍‌न सक्छु कि उनी मरे, गाडिए अनि यो दिनसम्म उनको चिहान छँदैछ,
  
30. किनभने उनी एक अगमवक्ता थिए र उनलाई थाहा थियो कि दाऊदको निज सन्तानमध्ये एक जनालाई ख्रीष्ट तुल्याएर दाऊदकै सिंहासनमा राख्‍‌नेछु भनी परमेश्वरले शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो।
  
31. पछि हुने घटना पहिले नै थाहा पाएकाले दाऊदले ख्रीष्टको पुनरुत्थानको विषयमा यसरी बोले कि उहाँ न चिहानमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
  
32. यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो, जुन कुराका हामी सबै साक्षी छौं।
  
33. यसकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च पारिएर अनि पिताबाट पवित्र आत्माको प्रतिज्ञालाई प्राप्त गरेर उहाँले त्यो खन्याउनुभयो, जुन कुरा तपाईंहरूले अहिले देख्दै र सुन्दै हुनुहुन्छ।
  
34. किनकि दाऊद स्वयम् स्वर्गमा उचालिएनन् तर उनी आफैले भन्दछन् : ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍‌नुभयो, तिमी मेरो दाहिने बाहुलीपट्टि बस,
  
35. जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’
  
36. त्यसैकारण इस्राएलका सारा घरानाले पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍‌नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।’’
  
37. पत्रुसद्वारा बोलिएको वचनले सुन्‍‌नेहरूको हृदय छियाछिया भयो अनि पत्रुस र अरु प्रेरितहरूलाई तिनीहरूले भने, ‘‘ए भाइ हो, हामीले के गर्ने?’’
  
38. पत्रुसले जवाफ दिए, ‘‘पश्चात्ताप गर र तिमीहरू हरेकले पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ अनि तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ,
  
39. किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढा-टाढामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले आफूकहाँ बोलाउनुहुनेछ।’’
  
40. अरु धेरै वचनद्वारा पत्रुसले तिनीहरूलाई गवाही र अर्ती दिँदै भने, ‘‘यस बाटो बिराएका पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।’’
  
41. तिनको सन्देशलाई ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।
  
42. तिनीहरू अरु विश्वासीहरूसित एक भए अनि प्रेरितहरूका शिक्षा, सङ्गति, संयुक्त भोज र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।
  
43. सबैमा भक्ति उत्पन्‍‌न गर्ने गहिरो भयको आभास उत्पन्‍‌न भयो अनि प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए।
  
44. ती सबै विश्वासीहरू एकसाथ रहन्थे र हरेकसित भएका थोक साझा थिए।
  
45. तिनीहरूले आफ्‍‌ना सम्पत्ति र मालमत्ता बेच्‍‌नथाले अनि ज-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड्‍‌नेगर्थे।
  
46. हरेक दिन मन्दिरमा एकै मनको भएर भेला हुन्थे अनि घरघरमा संयुक्त भोज गर्दै तिनीहरू आ-आफ्‍‌ना भोजन आनन्दित र शुद्ध हृदयले खान्थे
  
47. अनि परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट शुभेच्छा पाउँथे। उद्धार पाएकाहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES