Bible Study: FrontPage




 

प्रेरित, Chapter 25

Bible Study - प्रेरित 25 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. फे स्तस आफ्‍‌नो प्रान्तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए।
  
2. मुख्य पूजाहारीहरू र यहूदी धर्मगुरुहरूले उनलाई भेटे अनि पावलको विरुद्धमा अभियोग लाए,
  
3. अनि तिनलाई बाटैमा मार्ने षड‍यन्त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्‍‌ने विन्ती गरे।
  
4. तर फेस्तसले पावल कैसरियाको झ्यालखानमा राखिएको र आफू पनि चाँडै जाने इच्छा भएको कुरा व्यक्त गरे,
  
5. उनले भने, ‘‘यसकारण तिमीहरूमध्येका सक्षम मानिसहरू त्यहाँ मेरोसाथ जाऊन् र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।’’
  
6. तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्दा बढी नबसी कैसरिया फर्के र त्यसकै भोलिपल्ट न्याय-आसनमा बसेर उनले पावललाई ल्याउने हुकुम गरे।
  
7. तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए र पावलको विरुद्धमा अनेक गम्भीर अभियोग लगाए तर जसको तिनीहरूले प्रमाण भने दिनसकेनन्।
  
8. पावलले आफ्‍‌नो पक्षमा बोल्दै भने, ‘‘मैले यहूदी व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा र सिजरको विरुद्धमा केही अपराध गरेको छैनँ।’’
  
9. तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउने विचारले तिनलाई सोधे, ‘‘के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्‍‌ने यी कुराका विषयमा न्याय गरियोस् भन्‍‌ने इच्छा गर्छौ?’’
  
10. तर पावलले जवाफ दिए, ‘‘म सिजरको न्यायालयमा उभिरहेको छु। मेरो इन्साफ यहीँ हुनुपर्छ। यहूदीहरूको विरुद्धमा मैले केही खराबी गरेको छैनँ, म निर्दोष छु, सो कुरा हजूरलाई विदितै छ।
  
11. यदि मैले ज्यानसजायँ पाउने योग्यको अपराध गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यिनीहरूले मलाई लगाएको दोष कुनैै पनि सत्य होइनन् भने कसैले पनि मलाई यिनीहरूको हातमा सुम्पन सक्‍‌नेछैन। म सिजरकहाँ अपिल गर्छु।’’
  
12. तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श लिएर भने, ‘‘तिमीले सिजरकहाँ अपिल गरेका छौ, यसर्थ तिमी सिजरकहाँ नै जानेछौ।’’
  
13. केही दिन बितेपछि राजकीय भ्रमणमा राजा अग्रिपास आफ्‍‌नी बहिनी बरनिकीलाई लिएर हाकिम फेस्तसलाई भेट्‍‌न कैसरियामा आइपुगे।
  
14. तिनीहरू त्यहाँ धेरै दिनसम्म बस्दा फेस्तसले राजाको अघि पावलको मुद्दाको कुरा गर्दै भने, ‘‘फेलिक्सले झ्यालखानमा छोडिराखेको एक जना मानिस यहाँ छ
  
15. अनि म यरूशलेममा छँदा त्यहाँका मुख्य पूजाहारीहरू र यहूदी धर्मगुरुहरूले उसलाई दोष लगाउँदै ज्यानसजायँको माग गरे।
  
16. तिनीहरूलाई मैले भनेँ कि दोष लगाइएको व्यक्तिले दोष लाउनेहरूलाई मुखामुख भेटेर आफ्‍‌नो विरोधमा लगाइएको आरोपको विषयमा आफ्‍‌नोनिम्ति जवाफ दिने मौका पाउनुभन्दाअघि कुनै पनि मानिसलाई मार्नका निम्ति सुम्पिदिने रोमीहरूकोप्रथा छैन।
  
17. अनि जब तिनीहरू यहाँ भेला भए, म ढिलो नगरी न्याय-आसनमा बसेर उसलाई हाजिर गराउने हुकुम दिएँ।
  
18. तब तिनीहरूले उसको विरुद्धमा मैले सोचेजस्तो दोष लगाएनन् ।
  
19. तर तिनीहरूको मतभेद तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले अझै जीवित छ भनी दाबी गर्दथ्यो ।
  
20. यस विषयमा म अन्योलमा परेको हुनाले कहीँ ऊ यरूशलेममा गएर न्याय गरिएको चाहन्छ कि भनी मैले उसलाई सोधेँ।
  
21. तर पावलले अगस्टसकहाँ अपिल गरेको हुँदा उसलाई सिजरकहाँ नपठाउञ्जेल पहरामा राख्‍‌ने हुकुम गरँे।’’
  
22. तब अग्रिपासले इच्छा प्रकट गरे, ‘‘यस मानिसको बारेमा म आफैले सुन्‍‌नपाए हुन्थ्यो।’’ अनि फेस्तसले सहमति जनाए, ‘‘हुन्छ भोलि सुन्‍‌नुहोस्।’’
  
23. यसर्थ, भोलिपल्ट अग्रिपास र बरनिकी बढो रवाफसँग सेनापतिहरू र शहरका प्रसिद्ध मानिसहरूको साथमा सभाभवनभित्र सवार भए। फेस्तसको हुकुमअनुसार पावललाई भित्र ल्याइयो।
  
24. तब फेस्तसले भने, ‘‘राजा अग्रिपास र उपस्थित समस्त सज्जनवृन्द, यो मानिसलाई हेर्नुहोस्, ‘जसको मृत्युदण्ड हुनैपर्छ’ भनी स्थानीय यहूदीहरू र यरूशलेमवासी यहूदीहरूले माग गरेका थिए।
  
25. तर यो मानिसले ज्यानसजायँ पाउने अपराध नगरेको मैले पाएँ अनि उसले सम्राटलाई अपिल गरेको कारण, मैले उसलाई उहाँकहाँ पठाउने निर्णय गरेँ
  
26. र पनि मैले उसको बारेमा सम्राटलाई लेखेर पठाउने कुनै निश्चित कुरा छैन। यसैले मैले उसलाई सबैका सामुन्‍‌ने विशेषगरी राजा अग्रिपासको सम्मुख ल्याएको छु । यसको जाँचबुझ भइसकेपछि मैले पनि केही लेख्‍‌ने कुरा पाऊँ।
  
27. यसको विरुद्धमा कुनै ठोस अभियोग नपाईकन यसलाई सम्राटकहाँ पठाउन मलाई युक्तिसङ्गत लागेको छैन।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES