Bible Study: FrontPage




 

प्रेरित, Chapter 27

Bible Study - प्रेरित 27 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. हामीले इटालिया जाने निर्णय गरेपछि तिनीहरूले पावल र अन्य कैदीहरूलाई सम्राट अगस्टसका फौजको युलियस नाउँका कप्तानको जिम्मामा सुम्पिदिए।
  
2. अनि हामी एसियाका विभिन्‍‌न ठाउँमा जानलागेको एड्रामिटेनोसको एउटा जहाजमा चढेर यात्रा गर्‍यौं। त्यहाँ अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना म्यासिडोनियन हाम्रासाथमा थिए।
  
3. हामीले भोलिपल्ट सीदोनमा लङ्गर हाल्यौं। युलियसले पावलमाथि दया देखाउँदै त्यहाँ बसोबास गर्ने साथीहरूबाट चाहिँदो सहायता लिने अनुमति दिए।
  
4. त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो र उल्टो बतास चलेको हुनाले हामी साइप्रसको आड लिएर गयौं।
  
5. हामी किलिकिया र पामफिलिया पार गर्दै लुकियाको एउटा शहर, माइरामा आइपुग्यौं।
  
6. त्यहाँ कप्तानले इटालिया जाने अलेक्जेन्ड्रियाको जहाज भेटे र हामीलाई त्यसैमा चढाए।
  
7. हामीले धेरै दिनसम्म असजिलो यात्रा झेलिरह्यौं अनि कठिनतासाथ क्‍‌नीडसमा आइपुग्यौं। तर बतासले अघि बढ्‍‌न नदिएको हुनाले सालमोनेको सामुन्‍‌ने क्रेटको आड लागेर गयौं।
  
8. हामी कठिनसँग यात्रा गर्दै एउटा सुन्दर बन्दरगाह भनिने ठाउँमा आइपुग्यौं, जहाँबाट लासिया शहर नजिक पर्थ्यो।
  
9. हाम्रो समय बितिसकेको थियो। अबको यात्रा पनि जोखिमपूर्ण थियो, साथै प्रायश्चित्त-दिनको उपवासको समय पनि बितिसकेको हुनाले पावलले तिनीहरूलाई सम्झाए
  
10. र भने, ‘‘ए हजूर हो, यो समुद्रयात्राले केवल जहाज र मालसामानको मात्र होइन तर हाम्रो ज्यानको समेत खतरा र नोक्सानी होला भन्‍‌ने म देख्तछु।’’
  
11. तर कप्तानले पावलको कुराभन्दा जहाज चालक र जहाजका मालिकको कुरा पत्यार गरे।
  
12. अनि यो सुन्दर बन्दरगाहमा हिउँद काट्‍‌नलाई निकै गाह्रो पर्ने हुनाले कुनै उपायले पनि फोनिक्समा नै पुगी जाडो बिताउने इच्छाले धेरै जनाले त्यहाँबाट जहाज अगाडि बढाउने सल्लाह दिए। फोनिक्स क्रेटको दक्षिण-पश्चिम र उत्तर- पश्चिमपट्टि फर्केको एउटा बन्दरगाह हो।
  
13. जब दक्षिणी बतास मन्दगतिले बहन थाल्यो, अब अघि बढ्‍‌न सक्छौं भन्‍‌ने सोचेर नाविकहरूले लङ्गर निकालेर क्रेटको किनारै-किनार अघि बढे।
  
14. तर थोरै समयपछि प्रचण्ड गतिमा उत्तर-पूर्वी आँधी चल्‍‌न थाल्यो।
  
15. अनि जब जहाज त्यसमा फँस्यो तब त्यसले आँधीको सामना गर्न नसक्दा हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोडिदियौं।
  
16. अनि क्लौडा नाम भएको कुनै एउटा टापुको आडमा बहँदै जाँदा हामीले कठिनसाथ जहाजको डुङ्गालाई वशमा ल्याउन सक्यौं।
  
17. त्यसपछि हामीले जहाजलाई बलियो पार्नलाई लट्ठाले बाँध्दै ल्यायौं र अफ्रिकी तटमा पर्ने सिरटिस भन्‍‌ने बलौटे धापमा जहाज फँस्छ कि भन्‍‌ने डरले नाविकहरूले पाल झारिदिए र जहाज आफै बहन थाल्यो।
  
18. भोलिपल्ट पनि आँधीले जहाजलाई हुत्त्याइरहेको देखेर तिनीहरूले जहाजका मालसामान फ्याँक्‍‌न थाले।
  
19. अनि तेस्रो दिन तिनीहरूले आ-आफ्‍‌ना हातले जहाजको सरसामानहरू फालिदिए ।
  
20. अनि जब धेरै दिनसम्म न त घाम न ताराहरू देखा परे अनि ठूलो आँधीबेहरीले हामीलाई छोप्यो तब बाँचौला भन्‍‌ने सबै आशा नै हरायो।
  
21. धेरै दिनसम्म कसैको मुखमा केही परेको थिएन। आखिरी समयमा पावलले तिनीहरूकहाँ आएर भने, ‘‘साथीहरू हो, तपाईंहरूले मेरो सल्लाह मानेर सुन्दर बन्दरगाह नछोड्‍‌नुपर्थ्यो। मेरो सल्लाह मानेको भए तपाईंहरूलेयस्तो सङ्कष्ट र नोक्सानी खप्‍‌नुपर्ने थिएन।
  
22. तर साहस गर्नुहोस्, जहाज नष्ट भए तापनि तपाईंहरूमध्ये कसैको पनि ज्यान जानेछैन,
  
23. किनभने जुन परमेश्वरको अधीनमा म छु, उहाँकै सेवा पनि गर्दछु, आज राती उहाँको एक दूतले मेरो छेउमा खडा हुँदै भने,
  
24. ‘पावल नडराऊ, तिमी सिजरको सामु खडा हुनुपर्छ र हेर, तिमीसँग जहाजमा हुनेहरू सबैलाई परमेश्वरले तिम्रो हातमा सुम्पिनुभएको छ।’
  
25. यसैले साथी हो, साहस गर्नुहोस्, किनभने मलाई बताइएअनुसार हुनेछ भनी म परमेश्वरमा विश्वास गर्छु।
  
26. तर हामी कुनै एउटा टापुमा बजारिनुपर्छ।’’
  
27. तर चौधौं दिनको मध्यरातमा एड्रियास नामक समुद्रमा आँधीद्वारा हुत्तिरहेका बेलामा नाविकहरूले जहाज जमीनको नजिकै पुग्दै गरेको अन्दाज लगाए।
  
28. तिनीहरूले पानीको गहिराइ नापे। त्यसको गहिराइ 120 फिट थियो। अलिक पर पुगेर नाप्दा गहिराइ घटेर 90 फिट मात्र पुग्यो ।
  
29. यस्तै हो भने कुनै चट्टानमाथि बजारिनपुग्‍‌ने रहेछौं भन्‍‌ने डरले तिनीहरूले जहाजको पछिल्तिरबाट चारवटा लङ्गरहरू खसाले र चाँडै बिहान होस् भनी प्रार्थना गर्नथाले।
  
30. जब नाविकहरू जहाजबाट भाग्‍‌न खोजिरहेका थिए र अघिल्तिर लङ्गर खसाल्‍‌ने निहुँमा ज्यान बचाउने डुङ्गा समुद्रमा झारिसकेका थिए,
  
31. तब पावलले कप्तान र सिपाहीहरूलाई भने, ‘‘नाविकहरू जहाजभित्रै बसेनन् भने तपाईंहरू सबैको ज्यान जानेछ।’’
  
32. तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए र डुङ्गालाई जानदिए।
  
33. मिरमिरे उज्यालो छिर्दै थियो, पावलले तिनीहरू सबैलाई भोजन लिने आग्रह गर्दै भने, ‘‘तपाईंहरू केही नखाई पर्खेर बस्‍‌नुभएको आज चौधौं दिन भइसक्यो।
  
34. आफ्‍‌नो शरीरको पनि ख्याल गर्दै केही कुरा खानुहोस् भन्‍‌ने आग्रह गर्दछु। तपाईंहरूको शिरको एउटा केश पनि नष्ट हुनेछैन।’’
  
35. यति भनेपछि तिनले रोटी हातमा लिएर परमेश्वरलाई धन्यवाद चढाए अनि भाँचेर खानथाले।
  
36. तब तिनीहरूले पनि उत्साह पाएर केही खानेकुरा खाए ।
  
37. जहाजभित्र हामी जम्मा 276 जना थियौं ।
  
38. सबैले मनग्गे खाइसकेपछि, तिनीहरूले जहाजबाट गहुँको भारीहरू समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए।
  
39. बिहानको उज्यालोमा पनि तिनीहरूले त्यो ठाउँ चिन्‍‌न सकेनन् तर तिनीहरूले एउटा किनार भएको खाडी देखे। अनि जहाजलाई किनारातर्फ लान सकिन्छ कि भन्दै तिनीहरूले योजना गरे।
  
40. यसकारण तिनीहरूले लङ्गरहरू खसाले र समुद्रमै रहन दिए। तब पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अघिल्तिरको पाल उठाएर बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारतर्फ बढाए।
  
41. तर जहाजले पानीमुनिको गिलो बालुवा भेटेर त्यहीँ भासियो। जहाजको अघिल्लो भाग भासिएर चल्‍‌नै सकेन र पछिल्लो भाग छालहरूको झोक्काले भत्किन थाल्यो।
  
42. कैदीहरू पौडेर भाग्लान् कि भनी ठानेर सिपाहीहरूले तिनीहरूलाई किनारामा निस्कनभन्दा अघि नै मार्ने मतो गरे।
  
43. तर कप्तानले पावललाई बचाउन चाहेकोले तिनीहरूको विचारलाई रद्द गरिदिए। तब उनले पौडन सक्‍‌नेजतिलाई जहाजबाट हामफालेर जमीनमा उत्रनू भन्‍‌ने हुकुम दिए।
  
44. प्रत्येक व्यक्ति किनारमा सकुशल पुगून् भनेर बाँकी रहेकाहरूलाई फल्याकहरूमा र जहाजका टुक्राहरूमा टेकेर पारि निस्कनू भने।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES