Bible Study: FrontPage




 

कलस्सी, Chapter 4

Bible Study - कलस्सी 4 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. मालिक हो, तिमीहरू आफ्‍‌ना दासहरूप्रति न्यायी र निष्पक्ष होओ। यो याद गर कि तिमीहरूका पनि स्वर्गमा एक मालिक हुनुहुन्छ।
  
2. सतर्क भएर धन्यवादसहित स्थिर भएर प्रार्थनामा लागिरहो।
  
3. हाम्रो निम्ति पनि प्रार्थना गर्न नबिर्स, यसैले कि परमेश्वरले हामीलाई ख्रीष्टको रहस्यको प्रचार गर्ने प्रशस्त मौका देऊन्, जसको निम्ति म अहिले यहाँ कैदमा छु ।
  
4. जसरी मैले बोल्‍‌नुपर्ने हो, त्यसरी नै यसलाई प्रकट गर्नसकूँ।
  
5. समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानीसाथ चल।
  
6. तिमीहरूको वचन सधैँ नूनले स्वादिलो पारिएको जस्तो अनुग्रहपूर्ण होस्, र हरेकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरूलाई थाहा होस्।
  
7. मेरो विषयमा सबै कुरा तुखिकसले तिमीहरूलाई बताउनेछन्, उनी प्रभुमा प्रिय भाइ, विश्वसनीय सेवक र सङ्गी -दास हुन्।
  
8. उनले तिमीहरूको अवस्था जानून् र तिमीहरूको हृदयलाई उत्साहित पारून् भनेर नै मैले उनलाई तिमीहरूकहाँ पठाएको छु।
  
9. उनको साथमा ओनेसिमसलाई पठाइरहेको छु, उनी अति प्रिय र विश्वसनीय भाइ, साथै तिमीहरूमध्येकै एक व्यक्ति हुन्। उनीहरूले हालका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्।
  
10. मसँगै कैदमा हुने अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, त्यसैगरी बर्णाबासका भानिज पर्ने, मर्कूसले पनि (उनीबारे तिमीहरूले निर्देशन पाइसकेका छौ: यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर),
  
11. अनि युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। यिनीहरू मात्र खतना गरिएका विश्वासीहरू हुन्, जो परमेश्वरका राज्यका निम्ति मेरा सहकर्मीहरू हुन्, यिनीहरू मेरानिम्ति सान्त्वना प्रमाणित भएका छन्।
  
12. तिमीहरूमध्येकै एक व्यक्ति, येशू ख्रीष्टका दास इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरू परिपक्व र परमेश्वरको सबै इच्छामा पूर्ण निश्चित होओ भनेर आफ्‍‌ना प्रार्थनामा तिनलेपरिश्रम गर्छन्।
  
13. म तिमीहरूलाई विश्वास दिलाउन सक्छु कि तिनले तिमीहरूका निम्ति र लाउडिकिया अनि हिरापोलिसमा भएकाहरूको निम्ति गहिरो वास्ता गर्छन्।
  
14. प्रिय वैद्य लूका र डेमासले पनि आफ्‍‌नो अभिवादन पठाएका छन्।
  
15. कृपा गरी लाउडिकियाका विश्वासी दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई अनि नुम्फास र तिनको घरमा सङ्गति गर्नेहरूलाई मेरो अभिवादन देओ।
  
16. अनि यो पत्र तिमीहरूको बीचमा पढिएपछि, यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्‍‌न लगाओ र यसरी नै लाउडिकियाको मेरो पत्र पनि तिमीहरूले पढ।
  
17. अर्खिप्पसलाई यसो भनिदेऊ, ‘‘प्रभुले तिमीलाई सुम्पिनुभएको सेवाको काम अवश्य पूरा गर।’’
  
18. म पावल, यो अभिवादन आफ्‍‌नै हातले लेख्दैछु। मेरो कैदलाई याद गर। तिमीहरूसँग अनुग्रह रहोस्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES