Bible Study: FrontPage




 

युहन्ना, Chapter 11

Bible Study - युहन्ना 11 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अब मरियम र तिनकी दिदी मार्थाको गाउँ, बेथानीमा लाजरस नाउँ भएका व्यक्ति बिमारी थिए।
  
2. यी तिनै मरियम थिइन्, जसले येशूको पाउमा बहुमूल्य अत्तर दलेर आफ्‍‌नो केशले पुछेकी थिइन्। लाजरस उनकै भाइ थिए।
  
3. त्यसकारण ती दिदीबहिनीले उहाँकहाँ यसो भनी पठाए, ‘‘हे प्रभु हेर्नुहोस्, तपाईंले माया गर्नुहुने हाम्रो भाइ साह्रै सिकिस्त छ।’’
  
4. तर येशूले त्यो सुनेर भन्‍‌नुभयो, ‘‘यो बिमार मृत्युको निम्ति होइन तर परमेश्वरको महिमाको निम्ति हो, यसैले कि परमेश्वरका पुत्र यसद्वारा महिमित होऊन्।’’
  
5. येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो,
  
6. लाजरस बिरामी छन् भनी सुनेपछि पनि उहाँ आफू भएकै ठाउँमा अझै दुई दिन बस्‍‌नुभयो।
  
7. दुई दिन बितेपछि आखिरमा उहाँले चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘लौ, हामी फेरि यहूदियामा जाऔं।’’
  
8. उहाँका चेलाहरूले प्रतिवाद गर्दै भने, ‘‘गुरुज्यू, यहूदियाका यहूदीहरूले तपाईंलाई मार्न खोजेका थिए । के तपाईं फेरि त्यहीँ जानुहुन्छ?’’
  
9. येशूले जवाफ दिनुभयो, ‘‘के दिनमा बाह्र घण्टा हुँदैन र? यदि कोही दिनमा हिँडडुल गर्छ भने त्यसलाई ठेस लाग्दैन, किनभने त्यसले संसारको ज्योति देख्छ।
  
10. तर यदि कोही राती हिँडडुल गर्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा ज्योति हुँदैन।’’
  
11. यी कुरापछि उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘हाम्रा मित्र लाजरस निदाएका छन् तर म तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु।’’
  
12. तब चेलाहरूले उहाँलाई भने, ‘‘हे प्रभु, यदि तिनी निद्रामा छन् भने तिनी निको हुनेछन्।’’
  
13. येशूले लाजरसको मृत्युको विषयमा यसो भन्‍‌नुभएको थियो। तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भन्‍‌ने ठानेका थिए।
  
14. तब उहाँले तिनीहरूलाई प्रस्टै भन्‍‌नुभयो, ‘‘लाजरस मरेका छन्।
  
15. अनि तिमीहरूले विश्वास गर्नसक भनेर तिमीहरूकै निम्ति म त्यहाँ नभएकोमा खुशी छु, जे भए तापनि हामी उनीकहाँ जाऔं।’’
  
16. तब दिदुमस भन्‍‌ने थोमाले आफ्‍‌ना सङ्गी-चेलाहरूलाई भने, ‘‘लौ, हामी पनि जाऔं र उहाँसँगै मरौं।’’
  
17. येशू जब बेथानीमा आइपुग्‍‌नुभयो, उहाँले लाजरस मरेर चिहानमा राखिएको चार दिन भइसकेको थाहा पाउनुभयो।
  
18. यरूशलेमबाट बेथानी लगभग तीन किलोमिटर जति टाढा पर्थ्यो
  
19. अनि धेरै जना यहूदीहरू मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए।
  
20. येशू आउँदै हुनुहुन्छ भन्‍‌ने सुन्‍‌नेबित्तिकै मार्था उहाँलाई भेट्‍‌न गइन् तर मरियम घरमै बसिरहिन्।
  
21. तब मार्थाले येशूलाई भनिन्, ‘‘प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन,
  
22. तर अझै पनि म जान्दछु, तपाईंले जेसुकै माग्‍‌नुभए पनि परमेश्वरले तपाईंलाई दिनुहुनेछ।’’
  
23. येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘तिम्रो भाइ फेरि जीवित हुनेछ।’’
  
24. मार्थाले उहाँलाई भनिन्, ‘‘म जान्दछु कि अन्तिम दिनको पुनरुत्थानमा ऊ पुनर्जीवित हुनेछ।’’
  
25. येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘पुनरुत्थान र जीवन म नै हुँ; ममाथि विश्वास गर्ने मर्‍यो भने पनि बाँच्‍‌नेछ।
  
26. बाँच्‍‌ने र ममा विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन। के तिमी यो विश्वास गछ‍र्यौ?’’
  
27. तिनले उहाँलाई भनिन्, ‘‘हो प्रभु, तपाईं संसारमा आउने परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी मैले विश्वास गरेकी छु।’’
  
28. अनि यी कुरा भनेपछि तिनी गइन्, र आफ्‍‌नो बहिनी मरियमलाई यसो भन्दै सुटुक्क बोलाइन्, ‘‘गुरुज्यू आउनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।’’
  
29. यो सुन्‍‌नेबित्तिकै तिनी झट्टै उठिन् र उहाँकहाँ आइन्।
  
30. त्यतिबेलासम्म येशू गाउँमा आइपुग्‍‌नुभएको थिएन तर उहाँ मार्थाले भेटेकै ठाउँमा हुनुहुन्थ्यो।
  
31. मरियमलाई घरबाट हतारिएर निस्किएको देखेर तिनलाई सान्त्वना दिन आउने यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू तिनको पछि लागे।
  
32. जब मरियम येशू भएको ठाउँमा आइपुगिन् र उहाँलाई देखिन्, तिनले उहाँको पाउमा घोप्टो परेर रुँदै भनिन्, ‘‘हे प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन।’’
  
33. येशूले जब मरियमलाई रोइरहेकी र तिनीसँग आउने अरु यहूदीहरूलाई पनि तिनीसँगै विलाप गरिरहेका देख्‍‌नुभयो, तब उहाँ आत्मामा विचलित र दु:खित हुनुभयो।
  
34. अनि उहाँले सोध्‍‌नुभयो, ‘‘तिमीहरूले तिनलाई कहाँ राखेका छौ?’’ तिनीहरूले उहाँलाई भने, ‘‘हे प्रभु, आएर हेर्नुहोस्।’’
  
35. येशू रुनुभयो।
  
36. तब यहूदीहरूले भने, ‘‘हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो।’’
  
37. तर तिनीहरूमध्ये कतिले भने, ‘‘अन्धाका आँखा खोलिदिनेले के यस मानिसलाई मर्नदेखि बचाउने थिएनन् र?’’
  
38. येशू फेरि पनि विचलित भएर चिहानमा जानुभयो। त्यो चिहान एउटा ओडार थियो र त्यसको मुखमा ठूलो ढुङ्गोले थुनिएको थियो।
  
39. येशूले मानिसहरूलाई अह्राउनुभयो, ‘‘ढुङ्गो हटाओ।’’ मृतककी दिदी मार्थाले भनिन्, ‘‘हे प्रभु, त्यो मरेको चार दिन भइसक्यो, अब त त्यो गन्हाउन थालिसक्यो होला।’’
  
40. येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘यदि तिमीले विश्वास गर्‍यौ भने परमेश्वरको महिमा देख्‍‌नेछ‍यौ भनेर के मैले तिमीलाई भनिनँ?’’
  
41. त्यसैले तिनीहरूले ढुङ्गो हटाए र येशूले मास्तिर हेरेर भन्‍‌नुभयो, ‘‘हे पिता, तपाईंले मेरो विन्ती सुन्‍‌नुभएको लागि धन्यवाद छ।
  
42. म जान्दछु, तपाईंले सधैँ मेरो विन्ती सुन्‍‌नुभएको छ । तर यहाँ उभिएका यी मानिसहरूले मलाई तपाईंले नै पठाउनुभएको हो भनेर विश्वास गरून् भनी मैले यसो भनेको हुँ।’’
  
43. त्यसपछि यी कुरा भनेर उहाँ ठूलो सोरले कराउनुभयो, ‘‘लाजरस, बाहिर निस्किआऊ।’’
  
44. त्यो मरेको मानिस हातखुट्टा बाँधिएको कात्रोसहित निस्किआयो। तिनको अनुहार रुमालले बेह्रेको थियो। येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘यिनलाई फुकाइदेओ र जानदेओ।’’
  
45. मरियमकहाँ आउने यहूदीहरूले यो घटना देखेर उहाँमाथि विश्वास गरे।
  
46. तर तिनीहरूमध्ये कोही कोही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका कुरा बताइदिए।
  
47. तब मुख्य पूजाहारीहरू र फरिसीहरूले सभा बोलाए र भने, ‘‘अब हामी के गरौं? किनभने यस मानिसले धेरै चिन्हहरू गर्दैछ।
  
48. यदि हामीले यसलाई यसै छोडिदियौं भने त सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरू आउनेछन् अनि हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछन्।’’
  
49. त्यस वर्षका प्रधान पूजाहारी कैयाफाले भने, ‘‘तिमीहरू केही पनि जान्दैनौ,
  
50. समस्त जाति नष्ट हुनुभन्दा बरु जनताको निम्ति एक जना मानिस मर्नुमा नै तिमीहरूको हित छ भनी तिमीहरू बुझ्दैनौ।’’
  
51. कैयाफाले आफै सोचेर यसो भनेका थिएनन् तर उनी त्यस वर्षका प्रधान पूजाहारी भएको हुनाले येशू सम्पूर्ण जातिका निम्ति मर्नुपर्छ भन्‍‌ने अगमवाणी तिनको मुखबाट निस्केको थियो।
  
52. त्यस जातिको निम्ति मात्र होइन तर छरपस्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा पार्न येशू मर्नुहुनेछ भनेर तिनले यो भनेका थिए।
  
53. त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे।
  
54. त्यसकारण येशू यहूदीहरूको बीचमा खुल्लमखुल्ला हिँडडुल गर्नुभएन। तर उहाँ उजाड-स्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्‍‌ना चेलाहरूसँग बस्‍‌नुभयो।
  
55. अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो। यसकारण चाड शुरु हुनुभन्दा पहिल्यै आफूलाई विधिपूर्वक शुद्ध पार्नलाई गाउँ-गाउँबाट मानिसहरू यरूशलेम आए।
  
56. तिनीहरूले येशूलाई खोजिरहेका थिए र मन्दिरमा खडाहुँदा आपसमा भने, ‘‘तिमीहरू के सोच्छौ, के उनी चाडमा आउँदै नआउलान् र?’’
  
57. अब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन सकौं भनेर उहाँ कहाँ हुनुहुन्छ, सो कसैले थाहा पाएमा त्यसले देखाइदेओस् भनी आदेश दिएका थिए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES