Bible Study: FrontPage




 

युहन्ना, Chapter 12

Bible Study - युहन्ना 12 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. निस्तार-चाडको छ दिनअघि येशू बेथानीमा आउनुभयो, जहाँ लाजरसलाई उहाँले मृतकबाट जीवित पार्नुभएको थियो।
  
2. त्यहाँ तिनीहरूले उहाँको निम्ति बेलुकीको भोजन तयार पारे अनि मार्थाले सेवा गरिन्, लाजरस उहाँसँग टेबुलमा बस्‍‌नेहरूमध्ये एक थिए।
  
3. तब मरियमले एक माना अति महँगो जटामसीको सुगन्धित अत्तर लिएर आइन् । तिनले त्यो अत्तर येशूको पाउमा दलिन् र आफ्‍‌नै केश फुकाएर पुछिन्, त्यस अत्तरको बास्‍‌ना घरभरि फैलियो।
  
4. तब उहाँका चेलाहरूमध्ये एक जना, उहाँलाई पछि धोका दिने सिमोनको छोरा यहूदा इस्करियोतले भन्यो,
  
5. ‘‘यो अत्तर तीन सय दीनारमा बेचेर त्यसको पैसा गरीबहरूलाई किन दिइएन?’’
  
6. गरीबहरूको वास्ता गरेर उसले त्यसो भनेको थिएन तर ऊ चोर थियो र पैसाको थैली उसैले राख्थ्यो अनि त्यसबाट पैसा चोर्ने गर्थ्यो।
  
7. येशूले जवाफ दिनुभयो, ‘‘यिनलाई आफ्‍‌नो खुशी गर्नदेऊ। यिनले मेरो दफनको दिनको तयारीका लागि नै यो गरेकी हुन्।
  
8. किनकि गरीबहरू त सधैँ तिमीहरूसँग छँदैछन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।’’
  
9. यहूदीहरूले जब येशू त्यहाँ आउनुभएको छ भनी थाहा पाए, तब तिनीहरू येशूलाई मात्र होइन तर उहाँले मृत्युबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न आए।
  
10. तब मुख्य पूजाहारीहरूले लाजरसलाई समेत मार्ने मतो गरे,
  
11. किनभने तिनकै कारणले गर्दा यहूदीहरूमध्ये धेरै जना तिनीहरूलाई छोडी येशूमा विश्वास गर्नलागेका थिए। यरूशलेममा येशूको विजयी प्रवेश
  
12. अर्को दिन चाडमा आएको ठूलो भीडले येशू यरूशलेमतिर आउँदै हुनुहुन्छ भन्‍‌ने जब सुने,
  
13. तब खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्‍‌न आए र यसरी उच्च स्वरले स्वागत गर्नलागे, ‘‘होसन्‍‌ना ! परमप्रभुको नाउँमा आउने इस्राएलका राजा धन्यका होऊन् !’’
  
14. येशूले एउटा गधाको बछेडो भेट्टाउनुभयो अनि त्यसमाथि चढ्‍‌नुभयो र लेखिएको यो वचन पूरा भयो :
  
15. ‘हे सियोनकी छोरी, नडराओ। हेर, तिम्रा राजा गधाको बछेडामा चढेर आउनुहुन्छ।’
  
16. यी कुरा उहाँका चेलाहरूले पहिले बुझेनन् तर येशू महिमामा प्रवेश गर्नुभएपछि मात्रै यी कुरा उहाँको बारेमा लेखिएका थिए र तिनीहरूले उहाँको निम्ति यी कामहरू गरेका थिए भनी तिनीहरूले सम्झे।
  
17. यसकारण उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट पुनर्जीवित पार्नुहुँदा उहाँसँग हुने त्यस भीडले उहाँको गवाही दियो।
  
18. यही कारणले गर्दा मानिसहरूले उहाँसित भेट गरे, किनकि उहाँले यो चिन्ह देखाउनुभएको थियो भनी तिनीहरूले सुने।
  
19. तब फरिसीहरूले आपसमा भने, ‘‘तिमीहरूबाट केही हुनसक्दैन । हेर, संसारै उसको पछि लागिसक्यो ।’’
  
20. अनि चाड मनाउन आउनेहरूका बीचमा केही ग्रीकहरू पनि थिए।
  
21. तिनीहरू गालीलको बेथसेदावासी फिलिपकहाँ आए र यसो भन्दै विन्ती गरे, ‘‘हजूर, हामी येशूलाई हेर्न चाहन्छौं।’’
  
22. फिलिपले गएर अन्द्रियाससित कुरा गरे अनि अन्द्रियास र फिलिप गएर येशूलाई भने।
  
23. अनि येशूले तिनीहरूलाई यसो भन्दै जवाफ दिनुभयो, ‘‘मानिसको पुत्रको महिमा हुने समय आइपुगेको छ।
  
24. साँचो साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा परेर मरेन भने त्यो एकलै रहन्छ। तर यदि मर्‍यो भने त्यसले धेरै फल फलाउँछ।
  
25. जसले आफ्‍‌नो जीवनलाई माया गर्छ, त्यसले त्यो गुमाउँछ तर आफ्‍‌नो जीवनलाई यस संसारमा तुच्छ ठान्‍‌नेले यसलाई अनन्त जीवनसम्म जोगाइराख्‍‌नेछ।
  
26. यदि कसैले मेरो सेवा गर्छ भने मेरोपछि लागोस् र म जहाँ हुन्छु, त्यहाँ मेरो सेवक पनि हुनेछ। यदि कसैले मेरो सेवा गर्छ भने पिताले उसलाई आदर गर्नुहुनेछ।
  
27. अब मेरो प्राण अत्यन्तै व्याकुल भएको छ र म के भनूँ? ‘हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्।’ तर यसैको निम्ति त म यस घडीसम्म आएँ।
  
28. हे पिता, आफ्‍‌नो नाउँको महिमा गर्नुहोस्।’’ तब स्वर्गबाट यसो भन्‍‌ने एउटा आवाज आयो, ‘‘मैले महिमा गरेको छु र फेरि पनि महिमा गर्नेछु।’’
  
29. भीडका मानिसहरूले त्यो आवाज सुनेर भने, ‘‘यो मेघ गर्जेको हो।’’ अरुहरूले भने, ‘‘स्वर्गदूत उनीसित बोलेका हुन्।’’
  
30. तब येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘त्यो आवाज मेरो लागि होइन, तर तिमीहरूकै लागि हो।
  
31. अब यस संसारको न्याय हुन्छ, अब यस संसारको शासक निकालिनेछ।
  
32. यदि म पृथ्वीबाट उचालिएँ भने सबै मानिसहरूलाई मतिर खिँच्‍‌नेछु।’’
  
33. उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्‍‌नुभएको थियो।
  
34. भीडले उहाँलाई भन्यो, ‘‘हामीले ख्रीष्ट सधैँभरि रहिरहनुहुन्छ भन्‍‌ने कुरा व्यवस्थाबाट सुनेका छौं। तपाईं ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनी कसरी भन्‍‌न सक्‍‌नुहुन्छ? यो मानिसको पुत्र को हो?’’
  
35. येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘अझ केही बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति रहुन्जेल हिँडडुल गर। नत्र त अन्धकारले तिमीहरूलाई छोप्ला, किनकि अन्धकारमा हिँड्‍‌नेले ऊ कहाँ जान्छ सो थाहा पाउँदैन।
  
36. तिमीहरूसँग ज्योति हुँदा नै ज्योतिमा विश्वास गर, तब तिमीहरू ज्योतिका सन्तान हुनेछौ।’’ यी कुरा भनिसकेपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूबाट लुकेर बस्‍‌नुभयो। मानिसहरूको अविश्वास
  
37. तर येशूले त्यति धेरै चिन्हहरू गर्नुभए तापनि अझै तिनीहरूले उहाँमाथि विश्वास गरेनन्,
  
38. यसैले कि यशैयाले बोलेको अगमवाणी पूरा होस्, ‘‘हे प्रभु, हाम्रो बयानलाई क सले विश्वास गरेको छ? परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?’’
  
39. त्यसैकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यशैयाले फेरि भनेका छन् :
  
40. ‘‘उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्र त, तिनीहरूले देख्‍‌नेछन् र हृदयले बुझ्‍‌नेछन् अनि फर्कनेछन् र म तिनीहरूलाई निको पार्नेछु।’’
  
41. यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे र उहाँका विषयमा भने।
  
42. शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे तापनि फरिसीहरूले सभाघरबाट बहिष्कार गरिदेलान् भन्‍‌ने डरले तिनीहरूले येशूलाई खुल्लमखुल्ला स्वीकार गरेनन्,
  
43. किनभने तिनीहरू परमेश्वरको भन्दा मानिसहरूको प्रशंसा पाउन चाहन्थे।
  
44. येशूले कराएर भन्‍‌नुभयो, ‘‘जसले ममाथि विश्वास गर्छ, उसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई विश्वास गर्छ।
  
45. अनि मलाई देख्‍‌नेले मलाई पठाउनुहुनेलाई देख्दछ।
  
46. ममाथि विश्वास गर्ने हरेकले अन्धकारमा रहन नपरोस् भनेर म यस संसारमा ज्योति भएर आएको हुँ।
  
47. यदि कसैले मेरा वचन सुनेर विश्वास गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनभने म संसारको न्याय गर्न होइन, तर संसारलाई बचाउन आएको हुँ।
  
48. मलाई इन्कार गर्ने र मेरा वचन ग्रहण नगर्नेलाई न्याय गर्ने एउटा छ, मैले बोलेका वचनले नै अन्तिम दिनमा त्यसको न्याय गर्नेछ,
  
49. किनकि म आफ्‍‌नैतर्फ बाट बोलेको छैनँ तर मलाई पठाउनुहुने पिताले मैले के भन्‍‌नुपर्छ र के बोल्‍‌नुपर्छ, सो मलाई आज्ञा दिनुभयो।
  
50. अनि म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो। यसकारण म जे बोल्दछु, पिताले मलाई भन्‍‌नुभएझैँ बोल्दछु।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES