Bible Study: FrontPage




 

फिलिप्पी, Chapter 2

Bible Study - फिलिप्पी 2 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यदि ख्रीष्टमा केही प्रोत्साहन, प्रेमको सान्त्वना, आत्माको केही सङ्गति, केही स्‍‌नेह र सहानुभूति छ भने
  
2. तिमीहरू एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै उद्देश्यमा आत्मामा एक भएर मेरो आनन्द पूरा गर।
  
3. स्वार्थ वा खोक्रो घमण्डले केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
  
4. आफ्‍‌नै हित मात्र नहेर तर अरुहरूको हितमा ध्यान देऊ।
  
5. तिमीहरूमा यस्तो मन होस् जो येशू ख्रीष्टमा पनि थियो।
  
6. परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरसँग बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍‌ने वस्तुजस्तो ठान्‍‌नुभएन।
  
7. तर आफैलाई रित्त्याएर कमाराको रूप धारण गरी मानिसको स्वरूपमा बनाइनुभयो।
  
8. स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो।
  
9. त्यसैकारण पनि परमेश्वरले उहाँलाई उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ।
  
10. कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएकाहरूले येशूको नाउँमा घुँडा टेक्‍‌नुपर्छ
  
11. र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
  
12. यसकारण, ए मेरा प्रिय हो, म तिमीहरूसँग हुँदा मैले दिएका अर्ती जसरी सधैँ पालन गरेका थियौ, अब झन् बढी मेरो अनुपस्थितिमा पनि डर र कम्पसाथ आफ्‍‌नो मुक्तिको काम तिमीहरू पूरा गर्दै जाओ,
  
13. किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने, दुवै तुल्याउनलाई परमेश्वरले तिमीहरूमा काम गर्नुहुन्छ।
  
14. गनगन अथवा वादविवाद नगरी सबै काम गर्दै जाओ,
  
15. तिमीहरू निर्दोष र सुधा भएर टेढा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निस्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।
  
16. जीवनको वचनलाई बलियोसँग पक्रिराख। यसैले कि म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्नसकूँ।
  
17. यदि तिमीहरूको विश्वसनीय सेवाको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित हुनेछु र तिमीहरू सबैसँग म रमाउनेछु।
  
18. त्यसैगरी तिमीहरू पनि आनन्दित होओ र मसँग रमाओ।
  
19. तिमीहरूको अवस्था थाहा पाएर म आनन्दित हुनसकूँ भनी म तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउने प्रभुमा आशा गर्दछु।
  
20. साँचो रूपले तिमीहरूको भलाइ चाहने तिमोथीजस्तो दयालु मन भएको व्यक्ति अरु कोही छैन।
  
21. किनकि अरुहरूले येशू ख्रीष्टको होइन तर आफ्‍‌नै स्वार्थ खोज्छन्।
  
22. यो प्रमाणित भएको तिमीहरूलाई थाहै छ कि जसरी छोराले बुबाको सेवा गर्दछ, त्यसरी नै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।
  
23. यसकारण मेरो बारेमा के कसो हुन्छ सो बुझ्‍‌नेबित्तिकै तिनलाई पठाउने आशा गर्दछु
  
24. र म आफै पनि चाँडै आउँला भनी प्रभुमा म भरोसा गर्दछु।
  
25. इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने सेवक हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु।
  
26. किनकि तिनले तिमीहरू सबैका अति नै तिर्सना गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकोले तिनी साह्रै व्याकुल भएका छन्।
  
27. तिनी साँच्चै बिरामी थिए, मरणान्त बिरामी तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन तर मलाई शोकमाथि शोक नथपियोस् भनेर ममाथि पनि दया देखाउनुभयो।
  
28. यसकारण तिनलाई पठाउन म झन् बढी उत्सुक छु, यसैले कि तिनलाई फेरि देखेर तिमीहरू आनन्दित हुनेछौ र मेरो चिन्ता पनि कम हुनेछ।
  
29. त्यसैले ज्यादै आनन्द र प्रेमसाथ प्रभुमा तिनलाई स्वीकार गर।
  
30. किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई आफ्‍‌नो जीवन जोखिममा हाल्दै तिनी ख्रीष्टका कामको निम्ति मृत्युको मुखसम्मै पुगे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES