Bible Study: FrontPage




 

फिलिप्पी, Chapter 4

Bible Study - फिलिप्पी 4 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यसकारण मेरा प्रिय भाइहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरो आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।
  
2. म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनका होओ भनी आग्रहपूर्वक विन्ती गर्दछु।
  
3. ए साँचो सहकर्मी, म तिमीलाई पनि आग्रहपूर्वक विन्ती गर्दछु कि यी स्त्रीहरूलाई सहायता गर, किनकि यिनीहरूले मसँग सुसमाचारको काममा क्लेमेससँग र मेरा अन्य सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्।
  
4. प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।
  
5. तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
  
6. केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तर्विन्तीमा तिमीहरूको माग परमेश्वरमा जाहेर होस्।
  
7. अनि समझले भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र मनलाई ख्रीष्ट येशूमा रक्षा गर्नेछ।
  
8. अन्त्यमा भाइ हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठीक छ, जे कुरा पवित्र छ, जे कुरा मनपर्दो छ, तिनमा केही सद्गुण र प्रशंसा छ भने तिनै कुराको विचार गर।
  
9. तिमीहरूले जुन कुरा मबाट सिक्यौ, ग्रहण गर्‍यौ, सुन्यौ र ममा देख्यौ, त्यही गर अनि शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
  
10. तर प्रभुमा म साह्रै आनन्दित छु कि अब मप्रति तिमीहरूको वास्ता पलाएको छ। तिमीहरू साँच्चै मेरोनिम्ति चिन्तित थियौ तर तिमीहरूले मौका पाएका थिएनौ।
  
11. खाँचो परेर त मैले भनेको होइनँ, किनभने मैले जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन सिकेको छु।
  
12. म घट्‍‌न पनि जान्दछु, बढ्‍‌न पनि जान्दछु। परिपूर्णतामा होस् वा भोकमा, प्रशस्ततामा होस् वा अभावमा, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु।
  
13. मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म सबै कुरा गर्नसक्छु।
  
14. तापनि तिमीहरूले मेरो कष्टमा सहभागी भएर असलै गर्‍यौ।
  
15. अब तिमी फिलिप्पीहरू आफै पनि जान्दछौ कि सुसमाचारको शुरुमा र म म्यासिडोनियाबाट बिदा भएपछि तिमीहरूबाहेक अरु कुनै मण्डली लिने र दिने विषयमा सहभागी भएनन्।
  
16. म थेसलोनिकेमा हुँदा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई धेरैपटक सहायता पठाइरह्यौ।
  
17. मैले भेटी खोजेको होइनँ, तर तिमीहरूको हिसाबमा बढ्दै आउने फल खोजेको हुँ।
  
18. मैले पूरा मोल र त्योभन्दा पनि बढी नै प्राप्त गरेको छु। मलाई प्रशस्त मात्रामा दिइएको छ। इपाफ्रोडिटससँग पठाइदिएको तिमीहरूको मीठो बास्‍‌ना भएको परमेश्वरलाई मनपर्दो र ग्रहणीय बलिदान पाएर म तृप्त भएको छु।
  
19. अनि मेरा परमेश्वरले आफ्‍‌नो महिमित सम्पत्तिअनुसार तिमीहरूका सबै खाँचोहरू ख्रीष्ट येशूमा पूरा गरिदिनुहुन्छ।
  
20. अब परमेश्वर हाम्रा पितालाई सदासर्वदा महिमा होस्। आमेन्।
  
21. त्यहाँ भएका ख्रीष्टका हरेक पवित्रजनलाई अभिवादन भनिदेओ । यहाँ मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
  
22. अनि सबै पवित्रजनले विशेषगरी सिजरका घरानाले तिमीहरूलाई अभिवादन पठाएका छन्।
  
23. प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES