|
|
भजनसंग्रह, Chapter 12
1. परमप्रभु सहायता गर्नुहोस्, किनकि भक्तजन अब बाँकी छैनन्। मानिसका सन्तानको बीचबाट विश्वासयोग्य मानिसहरू लोप भइसकेका छन्।
2. तिनीहरू हरेकले आफ्ना छिमेकीसँग व्यर्थका कुरा बोल्दछन्, तिनीहरू चापलुसी ओठले दोमनका कुरा गर्छन्।
3. परमप्रभुले चापलुसी गर्ने ओठ र घमन्डका कुरा गर्ने जिब्रोलाई काटिदिनुहुनेछ,
4. तिनीहरू जसले भनेका छन्, ‘‘हाम्रो जिब्रोले हामी विजयी हुनेछौं, हाम्रा ओठ हाम्रै हुन्, हामीमाथि राज्य गर्ने को छ र?’’
5. परमप्रभु भन्नुहुन्छ, ‘‘कमजोरहरूमाथिको थिचोमिचो र दरिद्रहरूको सुस्केराको कारणले म अब उठ्नेछु र जसले उसलाई उपहास गर्छ, त्योदेखि म उसलाई सुरक्षित राख्नेछु।’’
6. परमप्रभुका वचन खोटरहित छन्, ती माटोको भट्टीमा सातपल्टसम्म खारेर शुद्ध पारिएका चाँदीजस्ता छन्।
7. हे परमप्रभु, तपाईंले नै हामीहरूको रक्षा गर्नुहुनेछ, हामीलाई सधैँभरि यस पुस्तादेखि बचाइराख्नुहुनेछ।
8. जब सबैभन्दा नीच मानिसहरूलाई उच्च पारिन्छ, तब दुष्टहरू खुला रूपमा डुलिहिँड्छन्।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|