|
|
भजनसंग्रह, Chapter 13
1. हे परमप्रभु, तपाईंले मलाई कहिलेसम्म बिर्सनुहुन्छ? के सधैँभरि? कहिलेसम्म तपाईंले आफ्नो मुहार मदेखि लुकाउनुहुन्छ?
2. कहिलेसम्म म मेरो मनमा शोक बोकेर चिन्ता गरिरहूँ? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?
3. ममाथि निगाह गर्नुहोस् र मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, मेरा परमेश्वर, मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निद्रामा पर्नेछु,
4. नत्र त मेरो शत्रुले भन्नेछ, ‘‘मैले त्यसलाई जितेको छु’’ अनि म डगमगाउँदा मेरा शत्रुहरू रमाउनेछन्।
5. तर मैले तपाईंको दयामाथि भरोसा राखेको छु, मेरो हृदय तपाईंको उद्धारमा रमाउनेछ।
6. म परमप्रभुको स्तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|