|
|
भजनसंग्रह, Chapter 14
1. मूर्खले आफ्नो मनमा भनेको छ, ‘‘परमेश्वर छैन।’’ तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा काम गरेका छन्, असल गर्ने कोही छैन।
2. बुझ्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि, भनेर हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानमाथि नजर लगाउनुभयो।
3. तिनीहरू सबै एकातिर लागेका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्, असल गर्ने कोही छैन, अहँ, एउटै पनि छैन।
4. के सबै कुकर्म गर्नेहरू कहिल्यै सिक्दैनन्? तिनीहरूले मेरो जनलाई रोटी खाएझैँ खान्छन् र परमप्रभुलाई पुकार्दैनन्।
5. तिनीहरू त्रासले व्याकुल भएका छन्, किनभने परमेश्वर धर्मीहरूको समुदायमा हुनुहुन्छ।
6. तिमीहरूले गरिबको योजनालाई विफल पारेका छौ, तर उसको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ।
7. अहो ! इस्राएलको उद्धार सियोनबाट आए त ! जब परमप्रभुले आफ्ना जनलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब रमाउनेछ र इस्राएल आनन्दित हुनेछ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|