1. परमप्रभुको स्तुति गर ! उहाँको पवित्रस्थानमा परमेश्वरको स्तुति गर; उहाँको पराक्रमको आकाशमण्डलमा उहाँको स्तुति गर।
2. उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको स्तुति गर; उहाँको सर्वश्रेष्ठ महानताअनुसार उहाँको स्तुति गर।
3. तुरहीको आवाजमा उहाँको स्तुति गर; सितार र वीणा बजाएर उहाँको स्तुति गर।
4. खैँजडी बजाउँदै नाचेर उहाँको स्तुति गर; तार-वाद्य र बाँसुरी बजाएर उहाँको स्तुति गर।
5. चर्को बज्ने झ्यालीका झङ्कारसाथ उहाँको स्तुति गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको स्तुति गर।
6. सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। परमप्रभुको स्तुति गर।
|