1. परमप्रभुको स्तुति गर ! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ र पवित्रजनको सभामा उहाँको स्तुति गाओ।
2. आफ्ना सृष्टिकर्तामा इस्राएलले रमाहट गरोस्; आफ्नो राजामा सियोनका सन्तान आनन्दित होऊन्।
3. नृत्यसाथ तिनीहरूले उहाँको नाउँको स्तुति गरून्; खैँजडी र वीणा बजाएर तिनीहरूले उहाँको स्तुति गाऊन्।
4. किनभने परमप्रभु आफ्नो निज प्रजासँग प्रसन्न हुनुहुन्छ; उहाँले नम्रहरूलाई उद्धारले सुशोभित तुल्याउनुहुनेछ।
5. पवित्रजन महिमामा आनन्दित होऊन्; उनीहरू आफ्ना ओछयानमा हर्षले गाऊन्।
6. उनीहरूको मुखमा परमेश्वरको उच्च प्रशंसा होस् र उनीहरूको हातमा दुईधारे तरवार होस्,
7. जसले गर्दा तिनीहरूले जाति-जातिलाई बदला लिन सकून् र जाति-जातिका मानिसहरूलाई सजाय दिन सकून्;
8. तिनीहरूका राजालाई साङ्लाले र तिनीहरूका भारादारहरूलाई फलामका नेलले बाँध्न सकून्;
9. अनि तिनीहरूको निम्ति ठहराइएको न्याय-दण्ड दिन सकून्। उहाँका सबै पवित्रजनले यही आदर पाउँछन्। परमप्रभुको स्तुति गर !
|