Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 17

Bible Study - भजनसंग्रह 17 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. हे परमप्रभु, मेरो न्यायसङ्गत कुरा सुन्नुहोस्, मेरो पुकारप्रति ध्यान दिनुहोस्, मेरो निष्कपट मुखबाट निस्केको प्रार्थनामा कान थाप्नुहोस्।
  
2. मेरो निर्दोषताको फैसला तपाईंबाटै आओस्, जुन कुरा न्यायसङ्गत छन्, ती कुरामाथि तपाईंले दृष्टि दिनुहोस्।
  
3. तपाईंले मेरो हृदय जाँच्नुभएको छ, तपाईंले मलाई रातको समयमा भेट्नुभएको छ, तपाईंले मलाई जाँच्नुभयो र केही भेट्टाउनुभएन। मेरो मुखले कुनै अपराध गर्नेछैन भनी मैले निश्चय गरेको छु।
  
4. मानिसहरूका कामको विषयमा हो भने, तपाईंका मुखको वचनद्वारा मैले आफूलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।
  
5. मेरा पाइलालाई तपाईंका मार्गमा स्थिर गराउनुहोस् र मेरा खुट्टा नचिप्लून्।
  
6. मैले तपाईंलाई पुकारेको छु, किनकि हे परमेश्वर, तपाईंले मेरो पुकार सुन्नुहुनेछ। आफ्नो कान मतिर लगाउनुहोस् र मेरो कुरा सुन्नुहोस्।
  
7. तपाईंले आफ्नो दाहिने हातले तपाईंमाथि भरोसा राख्नेहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनुहुन्छ, तपाईंको अद्भुत करुणा देखाउनुहोस्।
  
8. आफ्नो आँखाको नानीझैँ मलाई रक्षा गर्नुहोस्, तपाईंको पखेटाका छायाँमुनि मलाई लुकाउनुहोस्
  
9. ममाथि थिचोमिचो गर्ने दुष्टहरूबाट र मलाई घेर्ने मेरा घातक शत्रुहरूबाट ।
  
10. तिनीहरू आफ्नो बोसोले पुरिएका छन्, तिनीहरू आफ्नो मुखले घमण्डसाथ बोल्छन्।
  
11. तिनीहरूले हामीलाई कदम-कदममा घेरेका छन्, तिनीहरूले भुइँमा घोप्टिएर आफ्ना आँखा गाडेका छन्,
  
12. आफ्नो शिकारको खोजी गर्ने सिंह र गुप्तस्थानमा ढुकिबस्ने जवान सिंहझैँ।
  
13. हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पछारिदिनुहोस् र आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्।
  
14. हे परमप्रभु, तपाईंको हातले मलाई यस संसारका मानिसहरूबाट बचाउनुहोस्, जसको ईनाम यसै जीवनमा छ, जसको पेट तपाईंले आफ्नो गुप्त धनले भर्नुहुन्छ। तिनीहरूका प्रशस्त सन्तान छन्, अनि आफ्नो बाँकी सम्पत्ति आफ्ना सन्तानका निम्ति छोडिराख्छन्।
  
15. तर म त धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। जब म बिउँझन्छु,तब तपाईंको स्वरूपमा म सन्तुष्ट हुनेछु।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES