Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 18

Bible Study - भजनसंग्रह 18 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्छु।
  
2. परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ, मेरा परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ, जसमाथि म भरोसा राख्नेछु, उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ र मेरो अग्लो धरहरा हुनुहुन्छ।
  
3. म परमप्रभुलाई पुकार्नेछु, जो प्रशंसा गरिने योग्यका हुनुहुन्छ र म मेरा शत्रुहरूबाट बचाइनेछु।
  
4. मृत्युका पीडाले मलाई घेरे र भक्तिहीन मानिसहरूका बाढले मलाई भयभीत पारे।
  
5. पातालका पीडाले मलाई चारैतिर घेरे, मृत्युका पासोले मलाई जकडयो।
  
6. मेरा सङ्कष्टमा मैले परमप्रभुलाई पुकारेँ र रा परमेश्वरलाई गुहार गरेँ, आफ्नो न्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो र रो पुकार उहाँको सामु, अँ, उहाँका कानमा पुग्यो।
  
7. तब पृथ्वी बेसरी हल्लियो र काम्यो, पहाडहरूका जगहरू डगमगाए, किनकि उहाँ रिसाउनुभएको थियो।
  
8. उहाँका नाकबाट धुवाँ निस्क्यो र उहाँको मुखबाट भस्म पार्ने आगो निस्क्यो, यसबाट बल्दै गरेको कोइला निस्क्यो।
  
9. उहाँ आकाश फारेर तल आउनुभयो, अनि उहाँका पाउमुनि अन्धकार थियो।
  
10. उहाँ करूबमाथि सवार भएर उड्नुभयो, अँ, हावाका पखेटामाथि सवार भएर उहाँ उड्नुभयो।
  
11. उहाँले अन्धकारलाई आफ्नो ओढ्ने तुल्याउनुभयो, जलपूर्ण अन्धकारमय आकाशको बादललाई उहाँको वरिपरि आफ्नो मण्डप तुल्याउनुभयो।
  
12. उहाँको उपस्थितिको चमकमा असिना, आगोका फिलिङ्गा र प्रशस्त बाक्ला बादल पार भए।
  
13. परमप्रभु आकाशबाट गर्जनुभयो र सर्वोच्चमा हुनुहुनेको सोर गुञ्जायमान भयो।
  
14. अँ, उहाँले आफ्ना काँडहरू हान्नुभयो र तिनीहरूलाई तितरबितर पार्नुभयो अनि उहाँले चटयाङद्वारा तिनीहरूलाई परास्त गर्नुभयो।
  
15. हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे र पृथ्वीका जगहरू प्रकट भए।
  
16. उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो, उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।
  
17. उहाँले मलाई मेरो बलवान् शत्रु र मलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुभयो, जो मभन्दा अत्यन्तै शक्तिशाली थिए।
  
18. मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरो सहारा हुनुभयो।
  
19. उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई छुटकारा दिनुभयो किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।
  
20. मेरो धार्मिकताअनुसार परमप्रभुले मलाई इनाम दिनुभयो, मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभयो।
  
21. किनकि मैले परमप्रभुको मार्गलाई ध्यान दिएको छु, अनि मेरा परमेश्वरबाट तर्केर मैले दुष्ट काम गरेको छैनँ।
  
22. उहाँका सबै न्याय मेरो सामुन्ने छन् र उहाँका विधिहरू मैले त्यागेको छैनँ।
  
23. म उहाँको दृष्टिमा निर्दोष थिएँ र मैले आफूलाई अधर्मबाट अलग्ग राखेँ।
  
24. यसकारण, परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
  
25. कृपालुसँग तपाईं कृपालु नै देखा पर्नुहुन्छ, निर्दोषसँग तपाईं निर्दोष नै देखा पर्नुहुन्छ।
  
26. शुद्धसँग तपाईं शुद्ध नै देखा पर्नुहुन्छ, धूर्तसँग तपाईं चतुर देखा पर्नुहुन्छ।
  
27. किनकि तपाईंले नम्र मानिसलाई बचाउनुहुन्छ तर घमण्डीलाई तल झार्नुहुन्छ।
  
28. हे परमप्रभु, तपाईंले मेरो बत्ती बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
  
29. किनकि तपाईंको सहायताद्वारा म फौजमाथि आक्रमण गर्नसक्छु र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु।
  
30. परमेश्वरको विषयमा कुरा गर्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन खारिएको छ, उहाँमाथि भरोसा गर्ने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।
  
31. किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ? अथवा हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?
  
32. उनै परमेश्वर, जसले आफ्नो सामर्थ्यले मेरो कम्मर कस्नुहुन्छ र मेरो बाटो सिद्ध पार्नुहुन्छ।
  
33. उहाँले मेरा पाउ हरिणीका जस्ता तुल्याउनुहुन्छ र उच्चस्थानमा खडा हुनलाई मलाई सक्षम बनाउनुहुन्छ।
  
34. उहाँले मेरा हातलाई युद्धको निम्ति तालिम दिनुहुन्छ, यसैकारण, मेरा हातद्वारा काँसाको धनु नुहिन्छ।
  
35. तपाईंले मलाई तपाईंको उद्धारको ढाल दिनुभएको छ र तपाईंको दाहिने हातले मलाई सहारा दिएको छ, अनि तपाईंको नम्रताले मलाई महान् बनाएको छ।
  
36. तपाईंले मेरो बाटो फराकिलो पार्नुभएको छ र मेरा पाउ चिप्लनेछैनन्।
  
37. मैले मेरा शत्रुहरूलाई खेदेर भेट्टाएको छु, तिनीहरू संहार नभएसम्म म फर्कदिनँ।
  
38. मैले तिनीहरूलाई उठ्नै नसक्नेगरी घायल पारेको छु, तिनीहरू मेरा पाउमुनि ढलेका छन्।
  
39. तपाईंले लडाइँको निम्ति आफ्नो सामर्थ्यले मेरो कम्मर कस्नुभएको छ, तपाईंले मेरा शत्रुहरूलाई मेरो वशमा पार्नुभएको छ।
  
40. मलाई घृणा गर्नेहरूलाई नाश पारूँ भनेर तपाईंले मलाई मेरा शत्रुहरूको गर्दनहरू पनि दिनुभएको छ।
  
41. तिनीहरूले गुहारे, तर तिनीहरूलाई बचाउने कोही भएन, परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफै दिनुभएन।
  
42. बतासमा उडने धुलोजस्तो मैले तिनीहरूलाई धुलोपीठो पारेँ, गल्लीहरूको हिलोझैँ मैले तिनीहरूलाई फालिदिएँ।
  
43. तपाईंले मलाई मानिसहरूका झगडाबाट छुटकारा दिनुभएको छ, अनि तपाईंले मलाई जाति-जातिको शिर तुल्याउनुभएको छ, मैले नचिनेको जातिले मेरो सेवा गर्नेछ।
  
44. मेरो आदेश सुन्नेबित्तिकै तिनीहरूले मेरो आज्ञापालन गर्छन्, विदेशीहरूले आफूलाई मेरो अधीनतामा सुम्पनेछन्।
  
45. परदेशीहरू हरेश खानेछन्, अनि आ-आफ्ना किल्लाबाट डराएर काम्दै निस्कनेछन्।
  
46. परमप्रभु जीवित हुनुहुन्छ र मेरा चट्टान धन्यका होऊन्, अनि मेरा उद्धारका परमेश्वर उच्च पारिएका होऊन्।
  
47. मेरो बदला लिनुहुने र मानिसहरूलाई मेरो वशमा पार्नुहुने परमेश्वर नै हुनुहुन्छ।
  
48. उहाँले मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहुन्छ, अँ, तपाईंले मलाई मेरो विरुद्धमा उठ्नेहरूभन्दा माथि उठाउनुहुन्छ। तपाईंले मलाई अत्याचारी मानिसबाट छुटकारा दिनुभएको छ।
  
49. यसैकारण हे परमप्रभु, जाति-जातिका बीचमा म तपाईंलाई धन्यवाद चढाउनेछु र तपाईंको नाउँको स्तुति गाउनेछु।
  
50. उहाँले आफ्ना राजालाई महान् छुटकारा दिनुहुन्छ, अनि आफ्ना अभिषिक्तजन दाऊद र उनका सन्तानमाथि सदासर्वदा कृपा देखाउनुहुन्छ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES