|
|
भजनसंग्रह, Chapter 24
1. पृथ्वी र यसमा भएका सबै परमप्रभुकै हुन्, संसार र यसमा वास गर्नेहरू सबै परमप्रभुका हुन्।
2. किनकि उहाँले समुद्रमाथि जग बसाल्नुभएको छ र पानीमाथि यसलाई स्थापित गर्नुभएको छ।
3. परमप्रभुको पर्वतमाथि को उक्लन सक्छ? वा उहाँको पवित्रस्थानमा को उभिन सक्छ?
4. त्यही नै, जसका हात सफा छन् र जसको हृदय शुद्ध छ, जसले आफ्नो मन व्यर्थतातर्फ लगाएको छैन, न त छलसित कसम खाएको छ।
5. त्यसले परमप्रभुबाट आशिष् र त्यसको उद्धारको परमेश्वरबाट धार्मिकता पाउनेछ।
6. यो उहाँको खोजी गर्नेहरूको पुस्ता हो, जसले तपाईंको मुहार खोज्दछन्, हे याकूबका परमेश्वर ! सेला
7. हे मूलढोका हो, आफ्ना शिर उठाओ, हे सनातनका ढोका हो, उच्च होओ र महिमाका राजा भित्र पस्नुहुनेछ।
8. यी महिमाका राजा को हुनुहुन्छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।
9. हे मूलढोका हो, आफ्ना शिर उठाओ,हे सनातनका ढोका हो, उच्च होओ,र महिमाका राजा भित्र पस्नुहुनेछ।
10. यी महिमाका राजा को हुनुहुन्छ? सेनाहरूका परमप्रभु, उहाँ नै महिमाका राजा हुनुहुन्छ। सेला
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|