1. हे परमप्रभु, मेरा शब्दहरूमा ध्यान दिनुहोस् ! मेरो सुस्केरामा ध्यान दिनुहोस् !
2. हे मेरा राजा र मेरा परमेश्वर, मेरो सहायताको पुकार सुन्नुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।
3. हे परमप्रभु, तपाईंले बिहानै मेरो सोर सुन्नुहुन्छ, म सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु।
4. किनकि तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, न त तपाईंमा खराबी नै वास गर्दछ।
5. तपाईंको सामु घमन्डी मानिस टिक्न सक्दैन। तपाईंले कुकर्म गर्ने सबैलाई घृणा गर्नुहुन्छ।
6. तपाईंले झुट बोल्नेहरूलाई नाश गर्नुहुन्छ। खुनी र धोकेबाज मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ।
7. तर म तपाईंको महान् कृपाद्वारा तपाईंको भवनभित्र प्रवेश गर्नेछु, अनि म भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु।
8. हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामाडोर्याउनुहोस्,तपाईंको मार्ग मेरो सामुन्ने सोझोबनाउनुहोस्।
10. 2?्धमाविद्रोह गरेका छन्।
11. तर तपाईंमा भरोसा राख्ने सबै रमाऊन्, र तिनीहरू सधैँ हर्षले गाऊन्। किनकि तपाईंले तिनीहरूको रक्षा गर्नुहुन्छ, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
12. किनकि हे परमप्रभु, तपाईंले नै धर्मीजनलाई आशिष् दिनुहुनेछ, ढालले रक्षा गरेझैँ तपाईंले तिनीहरूलाई दयाले घेर्नुहुन्छ।
|