|
|
भजनसंग्रह, Chapter 4
1. हे मेरा धार्मिकताको परमेश्वर, मैले पुकारा गर्दा मलाई जवाफ दिनुहोस्, सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि दया गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्।
2. हे मानिसहरू हो, कहिलेसम्म तिमीहरू मेरो महिमालाई लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई रुचाउनेछौ र भ्रमात्मक कुराको पछि लाग्नेछौ? सेला
3. तर तिमीहरूले यो जान कि परमप्रभुले भक्तजनलाई आफ्ना निम्ति अलग पार्नुभएको छ, मैले उहाँलाई पुकार्दा परमप्रभुले सुन्नुहुनेछ।
4. भयमा रहो र पाप नगर, ओछयानमा ढल्कँदा आफ्नो हृदयको जाँच गर र शान्त रहो। सेला
5. धार्मिकताको बलिदान चढाओ, र परमप्रभुमा भरोसा राख।
6. धेरैले भन्छन्, ‘‘कसले हामीलाई असल कुरा देखाउला?’’ हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्।
7. तपाईंले तिनीहरूका अन्न र नयाँ अङ्गुरमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा अझै धेरै आनन्दले मेरो हृदय भर्नुभएको छ।
8. म ढल्कनेछु र शान्तिपूर्वक निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|