|
|
भजनसंग्रह, Chapter 57
1. मप्रति कृपालु हुनुहोस्, हे परमेश्वर, मप्रति कृपालु हुनुहोस्, किनकि मेरो प्राणले तपाईंमाथि भरोसा राख्छ, अँ, यी विपत्ति नबितुन्जेल म तपाईंकै पखेटाका छायाँमा शरण लिनेछु।
2. सर्वोच्च परमेश्वर, मेरा निम्ति सबै थोक गर्नुहुने परमेश्वरलाई म पुकार्नेछु।
3. उहाँले स्वर्गबाट पठाउनुहुनेछ, र मलाई निल्न खोज्नेको बदनामीबाट मलाई बचाउनुहुनेछ। सेला परमेश्वरले आफ्नो कृपा र सत्यता पठाउनुहुनेछ।
4. मेरो प्राण सिंहहरूको बीचमा छ, मलाई नष्ट गर्नेहरूको बीचमा म ढल्कन्छु, म यस्ता मानिसहरूका बीचमा छु, जसका दाँत भाला र काँडहरू हुन्, र जसको जिब्रो लाग्ने तरवार हो।
5. हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्।
6. तिनीहरूले मेरा पाइलाका निम्ति जाल थापेका छन्, मेरो प्राण झुकेको छ, तिनीहरूले मेरो अगि खाडल खनेका छन्, जुन खाडलमा तिनीहरू आफै परेका छन्। सेला
7. मे मेरो हृदय स्थिर छ, हे परमेश्वर, रो हृदय स्थिर छ, म गाउनेछु र स्तुति-प्रशंसा गर्नेछु।
8. हे मेरो प्राण, जाग्ा्, हे सितार र वीणा जाग्ा्, म आफै पनि एकाबिहानै जाग्नेछु।
9. हे परमप्रभु, जाति-जातिका मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, राज्य-राज्यका बीचमा म तपाईंको स्तुति गाउनेछु।
10. किनकि तपाईंको महान् कृपा स्वर्गसम्मै पुग्छ, र तपाईंको सत्यताले आकाश नै छुन्छ।
11. हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|