Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 56

Bible Study - भजनसंग्रह 56 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. हे परमेश्वर, मप्रति कृपालु हुनुहोस्, किनकि मानिसले मलाई निल्न खोज्छ, दिनहुँ लडाइँ गरेर त्यसले मलाई सताउँछ।
  
2. मेरा शत्रुहरूले मलाई दिनहुँ निल्न खोज्छन्, किनकि हे सर्वोच्च, मेरो विरुद्धमा लडाइँ गर्नेहरू धेरै छन्।
  
3. जुन बेला मलाई डर लाग्छ, तब म तपाईंमाथि भरोसा राख्नेछु।
  
4. परमेश्वरमा म उहाँको वचनको प्रशंसा गर्नेछु, उहाँमाथि मैले भरोसा राखेको छु, म डराउनेछैन, मरणशील मानिसले मलाई के गर्नसक्छ र?
  
5. दिनहुँ तिनीहरूले मेरा वचनको उल्टो अर्थ लगाउँछन्, तिनीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्छन्।
  
6. तिनीहरू मेरो प्राण लिनलाई मेरो विरुद्ध षडयन्त्र रच्छन्, र मलाई मार्न भनी ढुकिबस्छन्।
  
7. के तिनीहरू अधर्म गरेर उम्कलान्? हे परमेश्वर, तपाईंको क्रोधमा ती मानिसहरूलाई ढाल्नुहोस्।
  
8. मेरो निर्वासनको लेखा राख्नुभएको छ, तपाईंले मेरो आँसु आफ्ना मशकमा जम्मा गर्नुभएको छ, के ती तपाईंको पुस्तकमा लेखिएका छैनन् र?
  
9. जब म तपाईंलाई पुकार्छु, तब मेरा शत्रुहरू पछि हट्नेछन्, यसैबाट म यो जान्दछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ।
  
10. परमेश्वरमा म उहाँको वचनको प्रशंसा गर्नेछु, परमप्रभुमा म उहाँको वचनको प्रशंसा गर्नेछु।
  
11. परमेश्वरमाथि मैले भरोसा राखेको छु, म डराउनेछैन, मरणशील मानिसले मलाई के गर्नसक्छ र?
  
12. हे परमेश्वर, मैले तपाईंसित भाकल गरेको छु, म तपाईंलाई स्तुति-प्रशंसा चढाउनेछु।
  
13. किनकि तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनुभएको छ, के तपाईंले मेरा खुट्टालाई ठेस लाग्नदेखि बचाउनुहुन्न र? यसैले कि म परमेश्वरको सामुन्ने जीवनको ज्योतिमा हिँड्न सकूँ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES