|
|
भजनसंग्रह, Chapter 61
1. हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्, मेरो प्रार्थनामा ध्यान दिनुहोस्।
2. मेरो हृदय व्याकुल हुँदा पृथ्वीको छेउदेखि म तपाईंलाई पुकार्नेछु, मलाई त्यस चट्टानमा डोर्याउनुहोस्, जो मभन्दा अग्लो छ।
3. किनकि तपाईं मेरो लागि आश्रय र शत्रुको सामुन्ने एउटा बलियो धरहरा हुनुभएको छ।
4. सदासर्वदा म तपाईंको निवास्थानमा वास गर्नेछु, म तपाईंका पखेटाको आडमा शरण लिनेछु। सेला
5. किनकि हे परमेश्वर, तपाईंले नै मेरा भाकलहरू सुन्नुभएको छ, तपाईंले मलाई तपाईंको नाउँको भय मान्नेहरूको पैतृक सम्पत्ति दिनुभएको छ।
6. तपाईंले राजाको आयु बढाउनुहुनेछ, उनको उमेर पुस्तौं-पुस्तासम्म रहनेछ।
7. सदासर्वदा उनी परमेश्वरको सामु रहनेछन्, करुणा र सत्यता तयार गर्नुहोस्, जसले उनको रक्षा गरून्।
8. यसकारण, म सदासर्वदा तपाईंको नाउँको प्रशंसा गाउनेछु, यसैले कि मैले दिनहुँ मेरा भाकलहरू पूरा गर्न सकूँ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|