|
|
भजनसंग्रह, Chapter 62
1. साँच्चै, मेरो प्राणले परमेश्वरको बाटो हेर्दछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।
2. उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ, उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ, म कहिल्यै डगमगाउनेछैनँ।
3. एउटा मानिसको विरुद्धमा तिमीहरू कहिलेसम्म दुष्ट युक्ति रच्नेछौ? ढल्नलागेको पर्खाल र कमजोर बारझैँ भएको त्यस मानिसलाई के तिमीहरू सबै मिलेर हत्या गर्छौ?
4. साँच्चै तिनीहरू त्यसको उच्चपदबाट तल खसाल्ने सल्लाह गर्छन्, तिनीहरू झूट बोल्न रमाउँछन्, तिनीहरू आफ्ना मुखले आशीर्वाद त दिन्छन्, तर मनमनै सराप्छन्। सेला
5. हे मेरो प्राण, तँ परमेश्वरको मात्र बाटो हेर, किनकि मेरो आशा उहाँबाट नै आउँछ।
6. उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ, उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ, म कहिल्यै डगमगाउनेछैनँ।
7. मेरो उद्धार र मेरो महिमा परमेश्वरमा नै छ, मेरो बलियो चट्टान र मेरो शरणस्थान परमेश्वरमा नै छ।
8. हे मानिसहरू हो, हरसमय उहाँमाथि नै भरोसा राख, उहाँको सामुन्ने आफ्ना हृदयको कुरा पोखाओ, परमेश्वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ। सेला
9. साँच्चै निम्नस्तरका मानिसहरू व्यर्थ हुन् र उच्चस्तरका मानिसहरू झूटा हुन्, तराजुमा जोख्दा तिनीहरू बाफभन्दा हलुका छन्।
10. अत्याचारमा भरोसा नगर, न त लुटका मालमा घमन्ड गर, तिम्रो धनसम्पत्ति बढयो भने पनि त्यसमा मन नलगाओ।
11. एकपल्ट परमेश्वर बोल्नुभएको छ, दुईपल्ट मैले यो सुनेको छु कि सामर्थ्य परमेश्वरकै हो।
12. अनि हे परमप्रभु, करुणा पनि तपाईंकै हो, किनकि तपाईंले नै हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|