|
|
भजनसंग्रह, Chapter 67
1. परमेश्वर हामीप्रति कृपालु हुनुहोस्, र हामीलाई आशिष् दिनुहोस्, अनि हामीमाथि आफ्नो मुहार चम्काउनुहोस्, सेला
2. यसैले कि पृथ्वीमाथि तपाईंको मार्ग र सबै जातिको बीचमा तपाईंको उद्धार प्रकट होस्।
3. जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्, हे परमेश्वर, जाति- जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्।
4. राज्य-राज्यका मानिसहरू आनन्दित होऊन् र हर्षले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्याय ठीकसित गर्नुहुनेछ, र पृथ्वीका राज्य-राज्यमाथि शासन गर्नुहुनेछ। सेला
5. जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्, हे परमेश्वर, जातिजातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्।
6. तब पृथ्वीले आफ्नो उब्जनी बढाउनेछ, र परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ।
7. परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ, अनि पृथ्वीका अन्तसम्मका सबै मानिसले उहाँकै भय मान्नेछन्।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|