Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 68

Bible Study - भजनसंग्रह 68 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. परमेश्वर उठून्, उहाँका शत्रुहरू तितरबितर होऊन्, उहाँलाई घृणा गर्नेहरू पनि उहाँको सामुबाट भागून्।
  
2. जसरी धुवाँ उडेर जान्छ, त्यसरी नै तिनीहरूलाई उडाउनुहोस्, जसरी आगोको सामुन्ने मैन पग्लिन्छ, त्यसरी नै दुष्टहरू परमेश्वरको उपस्थितिमा नष्ट होऊन्।
  
3. तर धर्मीजन रमाऊन्, परमेश्वरको सामुन्ने उनीहरू आनन्दित होऊन्, अँ, उनीहरू अति नै आनन्दित होऊन्।
  
4. परमेश्वरको निम्ति गीत गाओ, उहाँको नाउँको स्तुति गाओ, उहाँको नाउँ परमप्रभु हो, आकाशमाथि सवार हुनुहुनेको बढाइँ गर, र उहाँको सामुन्ने आनन्दित होओ।
  
5. परमेश्वर आफ्ना पवित्र वासस्थानमा टुहुराहरूका पिता र विधवाहरूका न्यायकर्ता हुनुहुन्छ।
  
6. परमेश्वरले एक्लो मानिसलाई परिवारमा बसाल्नुहुन्छ, साङ्लाले बाँधिएकाहरूलाई छुटाउनुहुन्छ, तर विद्रोहीहरू सुक्खा भूमिमा बसोबास गर्छन्।
  
7. हे परमेश्वर, जब तपाईं आफ्ना जनको अगिअगि जानुभयो, जब तपाईं उजाडस्थानबाट भएर अघि बढ्नुभयो, सेला
  
8. तब पृथ्वी काम्यो, परमेश्वरको उपस्थितिमा स्वर्गले पनि वृष्टि गर्यो, परमेश्वर, इस्राएलका परमेश्वरको उपस्थितिले सीनै पर्वत पनि डगमगायो।
  
9. हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो, जसद्वारा तपाईंले आफ्नो सुक्खा उत्तराधिकारलाई पुनर्स्थापन गर्नुभयो।
  
10. तपाईंका मानिसहरू त्यहाँ बसोबास गरेका छन्, हे परमेश्वर, तपाईंले गरिबहरूका निम्ति आफ्नो भलाइको प्रबन्ध गर्नुभएको छ।
  
11. परमप्रभुले वचन बोल्नुभयो, अनि वचनको घोषणा गर्नेहरूको समूह ठूलो थियो।
  
12. राजा र सेनाहरू आतुरीका साथ भागे, र छाउनीमा बस्ने स्त्रीहरूले लुटका माल बाँडे।
  
13. तिमीहरू भेडीगोठको बीचमा सुते तापनि चाँदीले ढाकिएका ढुकुरका पखेटा र चम्किलो सुनले मोहोरिएका त्यसका प्वाँखहरूजस्ता हुनेछौ।
  
14. जब सर्वशक्तिमान् परमेश्वरले राजाहरूलाई तितरबितर पार्नुभयो, तब त्यो सल्मोन पर्वतमा परेको हिउँजस्तै सेतो थियो।
  
15. परमेश्वरको पहाड बाशानको पहाडजस्तै छ, यो बाशानको पहाडजस्तै अग्लो पहाड हो।
  
16. हे चुचुरा भएका पहाडहरू हो, तिमीहरू किन ईर्ष्यालु आँखाले त्यस पहाडलाई हेर्दछौ, जसमा परमेश्वर बास गर्न चाहनुहुन्छ, अँ, यसमा परमप्रभुले सदासर्वदा वास गर्नुहुनेछ।
  
17. परमेश्वरका रथहरू
  
18. तपाईं उच्च स्थानमा उक्लनुभएको छ, र कैदीहरूलाई बन्दी बनाएर लैजानुभएको छ, परमप्रभु परमेश्वर उनीहरूको बीचमा वास गरून् भनेर तपाईंले मानिसहरूका निम्ति, अँ, विद्रोहीहरूका निम्ति पनि उपहारहरू ग्रहण गर्नुभएको छ।
  
19. परमप्रभु, हाम्रा उद्धारका परमेश्वर धन्यका होऊन्, जसले दिनहुँ हाम्रो बोझ बोक्नुहुन्छ। सेला
  
20. हाम्रा परमेश्वर, उद्धारका परमेश्वर हुनुहुन्छ, मृत्युबाट उम्किने बाटो पनि परमप्रभु परमेश्वरबाट आउँछ।
  
21. तर परमेश्वरले आफ्ना शत्रुहरूको शिर र बारम्बार आफ्ना पापमा लागिरहने ती मानिसहरूको केशले भरिएकोखोपडीलाई फुटाइदिनुहुनेछ।
  
22. परमप्रभुले भन्नुभयो, ‘‘म बाशानबाट फिर्ता ल्याउनेछु, म मेरा जनलाई फेरि समुद्रका गहिराइबाट फिर्ता ल्याउनेछु,
  
23. यसैले कि तिम्रो पाउ तिम्रा शत्रुहरूका रगतमा र तिम्रा कुकुरहरूका जिब्रो पनि त्यसैमा चोपिऊन्।’’
  
24. हे परमेश्वर, उनीहरूले तपाईंको हिँडाइ देखेका छन्, पवित्रस्थानमा मेरा परमेश्वर, मेरा राजाको हिँडाइ देखेका छन्।
  
25. गायकहरू अगिअगि हिँडे, बाजा बजाउनेहरू पछिपछि लागे, तिनीहरूमध्ये खैँजडी बजाउने कन्याहरू थिए।
  
26. ठूलो सभामा परमेश्वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर।
  
27. सानो बेन्यामीन, तिनका शासक, यहूदाका राजकुमारहरू र तिनीहरूको समुदाय, जबूलूनका राजकुमारहरू र नप्तालीका राजकुमारहरूसित छन्।
  
28. हे परमेश्वर, आफ्नो शक्ति बोलाउनुहोस्, अघि गर्नुभएजस्तै हे परमेश्वर, हामीलाई आफ्नो शक्ति देखाउनुहोस्।
  
29. यरूशलेममा भएको तपाईंको मन्दिरको कारण राजाहरूले तपाईंका निम्ति भेटी ल्याउनेछन्।
  
30. निगालोघारीका बीचमा रहने पशुलाई हप्काउनुहोस्, जाति-जातिका बाछाहरूका बीचमा साँढेको झुन्डलाई डाँट्नुहोस्। हरेकले चाँदीका टुक्राहरू ल्याएर आफैलाई समर्पण नगरेसम्म तिनीहरूलाई हप्काउनुहोस्। लडाइँमा खुशी हुने जातिलाई तितरबितर पार्नुहोस्।
  
31. मिश्रदेशबाट राजकुमारहरू निस्किआउनेछ्न्, कूश-देशले चाँडै आफ्नो हात परमेश्वरतर्फ फैलाउनेछ।
  
32. हे पृथ्वीका राज्यहरू हो, परमेश्वरका निम्ति गाओ, परमप्रभुका निम्ति स्तुति गाओ, सेला
  
33. उहाँका निम्ति, जो प्राचीनकालदेखि सवर्ेाच्च स्वर्गमाथि सवार हुनुहुनेलाई हेर, उहाँले आफ्नो आवाज, शक्तिशाली आवाजसित गर्जनुहुन्छ।
  
34. तिमीहरूको सामर्थ्यको श्रेय परमेश्वरलाई देओ, उहाँको प्रताप इस्राएलमाथि छ र उहाँको सामर्थ्य आकाशमण्डलमा छ।
  
35. हे परमेश्वर, तपाईं आफ्नो पवित्रस्थानमा भययोग्य हुनुहुन्छ। इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शक्ति र बल दिनुहुन्छ।परमेश्वर धन्यका होऊन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES