|
|
भजनसंग्रह, Chapter 84
1. हे सेनाहरूका परमप्रभु, तपाईंको पवित्र वासस्थान कति मनोहर छ !
2. मेरो प्राणले परमप्रभुको चोकहरूका तिर्सना गर्छ र खिन्न पनि हुन्छ, मेरो हृदय र मेरो शरीर, दुवैले जीवित परमेश्वरको पुकार गर्दछ।
3. हे सेनाहरूका परमप्रभु, मेरा राजा र मेरा परमेश्वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बास पाउँछे, अनि गौंथलीले गुँड बनाउँछे, जहाँ त्यसले आफ्ना बचेराहरूलाई हुर्काउँछे।
4. तपाईंको वासस्थानमा बस्नेहरू धन्यका हुन्, तिनीहरूले सदैव तपाईंको प्रशंसा गर्नेछन्। सेला
5. त्यो मानिस धन्यको हो, जसको सामर्थ्य तपाईंमा छ, जसको हृदय सियोनको बाटोमा लागेका छन्।
6. बाकाको बेँसीबाट भएर जाँदा तिनीहरूले यसलाई पानीको मुहान बनाउँछन्, शरद्ऋतुको वर्षाले त्यहाँ तलाउहरू भरिन्छन्।
7. तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्, तिनीहरूमध्ये सबै सियोनमा परमेश्वरको सामुन्ने उपस्थित हुन्छन्।
8. हे सेनाहरूका परमप्रभु परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, हे याकूबका परमेश्वर, ध्यान दिनुहोस्। सेला
9. हे परमेश्वर, हाम्रो ढाल हेर्नुहोस्, र आफ्नो अभिषिक्तजनको मुहारमाथि, दृष्टि लगाउनुहोस्।
10. किनकि तपाईंको मन्दिरभित्रको एकदिन अरू ठाउँका हजार दिनभन्दा उत्तम हुन्छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनु मलाई मन पर्छ।
11. किनकि परमप्रभु परमेश्वर, सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले अनुग्रह र महिमा दिनुहुनेछ, सीधा चालमा चल्नेहरूलाई परमप्रभुले कुनै असल कुराबाट वञ्चित गर्नुहुनेछैन।
12. हे सेनाहरूका परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमाथि भरोसा राख्छ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|