1. परमप्रभुका निम्ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्मका काम गर्नुभएको छ, उहाँको दाहिने हात र उहाँको पवित्र बाहुबलले उहाँका निम्ति विजय प्राप्त गरेका छन्।
2. परमप्रभुले आफ्नो उद्धार प्रकट गर्नुभएको छ, जाति-जातिका दृष्टिमा उहाँले आफ्नो धार्मिकता प्रकट गर्नुभएको छ।
3. उहाँले इस्राएलको घरानाप्रति आफ्नो कृपा र आफ्नो सत्यता सम्झना गर्नुभएको छ, पृथ्वीका छेउ-छेउसम्मका सबैले हाम्रा परमेश्वरको उद्धार देखेका छन्।
4. हे सारा पृथ्वी, आनन्दसँग परमप्रभुको जयजयकार गर, उच्च सोरले भजन गाएर आनन्द गर।
5. वीणा बजाएर र भजनको सोरमा परमप्रभुको निम्ति गाओ।
6. तुरही र भेडाको सीङ बजाएर परमप्रभु महाराजाको सामुन्ने आनन्दका साथ जयजयकार गर।
7. समुद्र र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा बसोबास गर्ने सबैले हर्षबढाइँ गरून्।
8. नदीका तरङ्गले ताली बजाऊन्, पहाड र पर्वतहरू परमप्रभुको सामुन्ने एकसाथ आनन्दित होऊन्,
9. किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले धार्मिकता र निष्पक्षतासाथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ।
|