Bible Study: FrontPage




 

प्रकाश, Chapter 13

Bible Study - प्रकाश 13 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अनि त्यो अजिङ्गर समुद्रको किनारमा खडा भयो। तब मैले समुद्रबाट एउटा पशु निस्किआएको देखेँ, त्यसका दशवटा सीङ र सातवटा शिर थिए। त्यसका सीङमा दशवटा मुकुट थिए र त्यसका शिरमा ईश्वर-निन्दाका नाउँहरू थिए।
  
2. मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका पाउहरू भालुका जस्ता थिए र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्‍‌नो शक्ति, आफ्‍‌नो सिंहासन र महान् अधिकार दियो।
  
3. त्यसको एउटा शिरमा घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो र सारा पृथ्वी चकित भएर त्यस पशुको पछि-पछि लाग्यो।
  
4. तिनीहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्‍‌नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, ‘‘यो पशुजस्तो अरु को छ र? यसको विरुद्धमा को लड्‍‌न सक्छ?’’
  
5. त्यसको मुखमा अहङ्कारी र ईश्वर-निन्दा गर्ने शब्दहरू उच्चारण गर्न दिइयो र त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउन दिइयो।
  
6. परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान अनि स्वर्गमा बस्‍‌नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्‍‌नो मुख खोल्यो।
  
7. अनि त्यसलाई सन्तहरूसँग लडाइँ गर्ने र तिनीहरूलाई जित्‍‌ने अनुमति दिइयो। सबै कुल, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।
  
8. अनि पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएको छैन।
  
9. सुन्‍‌न चाहनेले सुनोस् ;
  
10. कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनुपर्ने तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वसनीयता यसैमा छ।
  
11. अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखेँ। त्यसको पनि थुमाका जस्तै दुईवटा सीङ थिए र त्यो अजिङ्गरजस्तै बोल्दथ्यो।
  
12. त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अख्तियार चलाउँथ्यो अनि पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
  
13. मानिसहरूका आँखाको अघि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूल्ठूला चिन्हहरू पनि त्यसले गर्‍यो ।
  
14. पहिलो पशुको उपस्थितिमा जुन चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्त्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो ।
  
15. त्यस पहिलो पशुको मूर्त्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्त्ति बोल्‍‌नसकोस् र त्यस पशुको मूर्त्तिलाई नपुज्‍‌नेहरू मारिऊन्।
  
16. अनि त्यसले साना-ठूला, धनी-गरीब, स्वतन्त्र र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लाउन कर लगायो।
  
17. त्यो छापबिना कसैले पनि किनमेल गर्न नपाउने भयो, त्यो छाप, त्यस पशुको नाउँ वा नाउँको सङ्ख्या हो।
  
18. बुद्धि यहाँ छ, समझ हुनेले त्यस पशुको सङ्ख्या जोडोस्, किनकि त्यो कुनै मानिसको सङ्ख्या हो र यो सङ्ख्या छ सय छयसट्ठी हो ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES