Bible Study: FrontPage




 

प्रकाश, Chapter 16

Bible Study - प्रकाश 16 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनेँ, ‘‘तिमीहरू जाओ र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।’’
  
2. तब पहिलो स्वर्गदूत गएर आफ्‍‌नो कचौरा पृथ्वीमाथि खन्याए र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्त्तिलाई पुज्‍‌ने मानिसहरूलाई घिनलाग्दा र दुख्‍‌ने घाउखटिरा निस्के।
  
3. दोस्रो स्वर्गदूतले आफ्‍‌नो कचौरा समुद्रमा खन्याए र त्यो मरेको मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।
  
4. अनि तेस्रो स्वर्गदूतले आफ्‍‌नो कचौरा नदीहरू र पानीका मूलहरूमा खन्याए अनि ती रगतै भइहाले।
  
5. तब पानीको स्वर्गदूतले यसो भनिरहेको मैले सुनेँ; ‘‘हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, हे पवित्र परमेश्वर, किनभने यसरी नै तपाईंले न्याय गर्नुभएको छ।
  
6. किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन् र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ, तिनीहरू यसैको योग्य छन्।’’
  
7. तब वेदीले यसो भनिरहेको मैले सुनेँ, ‘‘हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र न्यायसङ्गत छन्।’’
  
8. त्यसपछि चौथो स्वर्गदूतले आफ्‍‌नो कचौरा सूर्यमाथि खन्याए र मानिसहरूलाई अग्‍‌निले डढाउने अनुमति सूर्यलाई दिइयो।
  
9. मानिसहरू प्रचण्ड तापले डढे र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरका नाउँको निन्दा गरे। तर तिनीहरूलेपश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
  
10. अनि पाँचौं स्वर्गदूतले आफ्‍‌नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए र त्यसको राज्यमा अन्धकार छायो अनि मानिसहरूले वेदनामा आ-आफ्‍‌नो जिब्रो चपाए।
  
11. तिनीहरूका वेदना र घाउखटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरको निन्दा गरे। तर तिनीहरू ले आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न इन्कार गरे।
  
12. तब छैटौँ स्वर्गदूतले आफ्‍‌नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार होस् भनेर नदीको पानी सुकिहाल्यो,
  
13. तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीनवटा अशुद्ध आत्मा निस्किरहेको देखेँ।
  
14. तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू सारा संसारका राजाहरूकहाँ जान्छन् र सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धको निम्ति तिनीहरूलाई भेला गर्छन्।
  
15. ‘‘हेर, म चोरजस्तै आउनेछु, त्यो धन्य हो, जो जागा रहन्छ र आफ्‍‌नो वस्त्रको रक्षा गर्छ। नत्र त त्यो नाङ्गै हिँड्‍‌नेछ र तिनीहरूले त्यसको लाज देख्‍‌नेछन्।’’
  
16. तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे, जसलाई हिब्रूभाषामा आर-मागेड्डोन भनिन्छ।
  
17. अनि सातौँ स्वर्गदूतले आफ्‍‌नो कचौरा हावामा खन्याए र मन्दिरको सिंहासनबाट यसो भन्‍‌ने एउटा चर्को आवाज निस्क्यो, ‘‘अब सिद्धियो।’’
  
18. तब बिजुली चम्के, आवाजहरू र गर्जनहरू भए र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यता कहिल्यै गएको थिएन।
  
19. त्यो महानगरी तीन भागमा टुक्राटुक्रा भयो र देश-देशका शहरहरू ध्वंस-विध्वंस भए। परमेश्वरलाई महान् बेबिलोनको याद आयो र उहाँले आफ्‍‌नो भयानक क्रोधले भरिएको मद्यको कचौरा त्यसलाई दिनुभयो।
  
20. अनि हेर, हरेक टापु लोप भएर गयो र पहाडहरू बेपत्ता भए।
  
21. एक-एक सय किलोग्रामका असिना मानिसहरूमाथि ओइरिनलागे र मानिसहरूले असिनाको विपत्तिको कारण परमेश्वरलाई सराप्‍‌न लागे, किनकि यो विपत्ति अतिभयानक थियो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES