Bible Study: FrontPage




 

प्रकाश, Chapter 19

Bible Study - प्रकाश 19 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीडले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनेँ, ‘‘हल्लेलूयाह ! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्।
  
2. किनकि उहाँको न्याय सत्य र धार्मिक छ। सारा पृथ्वीलाई आफ्‍‌नो व्यभिचारले भ्रष्ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ र त्यसका हातबाट उहाँले आफ्‍‌ना दासहरूका रगतको बदला लिइसक्‍‌नुभएको छ।’’
  
3. तिनीहरूले फेरि भने, ‘‘हल्लेलूयाह ! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ।’’
  
4. अनि ती चौबीसै जना एल्डर र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुहुने परमेश्वरलाई यसो भन्दै दण्डवत् गरे, ‘‘आमेन् ! हल्लेलूयाह !’’
  
5. तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, ‘‘हाम्रा परमेश्वरको प्रशंसा गर। उहाँका सबै दास हो, तिमीहरू साना-ठूला जसले उहाँको भय मान्दछौं।’’
  
6. त्यसपछि एउटा ठूलो भीडको सोर, उर्लंदो पानीको आवाज र धेरै शक्तिशाली गर्जनको आवाजजस्तो मैले सुनेँ, जसले यसो भनिरहेको थियो, ‘‘हल्लेलूयाह ! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।’’
  
7. ‘‘हामी रमाऔं र अत्यन्त खुशी होऔं र उहाँलाई महिमा दिऔं । किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।’’
  
8. चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो। चहकिलो मलमलको वस्त्र सन्तहरूका धर्मी कार्यहरू हुन्।
  
9. अनि ती स्वर्गदूतले मलाई भने, ‘‘यो लेख, थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।’’ तिनले फेरि मलाई भने, ‘‘परमेश्वरका सत्य वचन यी नै हुन्।’’
  
10. अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परेँ । तर तिनले मलाई भने, ‘‘तिमीले यसो नगर। म येशूको गवाही कायम राख्‍‌ने र परमेश्वरको आराधना गर्ने तिम्रा भाइहरू र तिम्रो सङ्गी-दास मात्र हुँ। किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।’’
  
11. मैले स्वर्ग उघ्रेको देखेँ र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने ‘विश्वसनीय’ र ‘सत्य’ कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले न्याय र युद्ध गर्नुहुन्छ।
  
12. उहाँका आँखा आगोका ज्वालाजस्ता थिए र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँबाहेक अरु कसैलाई थाहा थिएन।
  
13. उहाँले रगतमा चोबलिएको पोशाक पहिरिनुभएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो।
  
14. स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चढेर उहाँको पछि-पछि लागे।
  
15. जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको अङ्गुर-कोल उहाँले कुल्चनुहुन्छ।
  
16. उहाँका पोशाक र तिघ्रामा, ‘‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’’ लेखिएको छ।
  
17. अनि मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ। तिनले बीच आकाशमा उड्‍‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, ‘‘आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ।
  
18. तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू अनि तीमाथि सवार हुनेहरू, स्वतन्त्र र कमाराकमारीहरू, ठूला र साना सबैको मासु खोनेछौ।’’
  
19. अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु अनि पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखेँ।
  
20. तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्मका काम गर्ने झूटो अगमवक्ता, दुवै पक्राउ परे। यी अचम्मका कामद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्त्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्‍‌निकुण्डमा जिउँदै फालिए।
  
21. बाँकी रहेकाहरू घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए र सबै पक्षीहरूले तिनका मासु अघाउन्जेल खाए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES