Bible Study: FrontPage




 

प्रकाश, Chapter 21

Bible Study - प्रकाश 21 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदै थिएन ।
  
2. अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलहीजस्तै गरी सिँगारिएर तयार पारिराखेकी अर्थात् पवित्र शहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ।
  
3. सिंहासनबाट यसो भन्‍‌ने एउटा चर्को सोर मैले सुनेँ, ‘‘हेर, परमेश्वरको पवित्र वासस्थान मानिसहरूसँग छ । उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् अनि परमेश्वर आफै तिनीहरूका परमेश्वर हुनुभएर तिनीहरूसँग रहनुहुनेछ।
  
4. उहाँले तिनीहरूका आँखाबाट प्रत्येक आँसुका थोपा पुछिदिनुहुनेछ र त्यहाँ अब उप्रान्त मृत्यु नै हुनेछैन अनि शोक र रोदन पनि हुनेछैन । किनकि पहिलेका कुरा बितिसकेका छन्।’’
  
5. सिंहासनमा विराजमान हुनुहुनेले भन्‍‌नुभयो, ‘‘हेर, म सबै कुरा नयाँ तुल्याउँछु।’’ उहाँले यसो पनि भन्‍‌नुभयो, ‘‘यो लेख, यी कुरा विश्वसनीय र सत्य छन्।’’
  
6. उहाँले मलाई भन्‍‌नुभयो, ‘‘अब सिद्धियो। म अल्फा र ओमेगा, शुरु र अन्त्य हुँ। तिर्खाउनेहरूलाई जीवनको पानीको फुहाराहरूबाट म सित्तैँमा दिनेछु।
  
7. जसले विजय प्राप्त गर्छ, त्यसले यो उत्तराधिकार पाउनेछ र म त्यसको परमेश्वर हुनेछु र त्यो मेरो छोरो हुनेछ ।
  
8. तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्त्तिपूजकहरू र झूट बोल्‍‌नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।’’
  
9. तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, ‘‘यहाँ आऊ, म तिमीलाई थुमाकी पत्‍‌नी, उहाँकी दुलही देखाउनेछु।’’
  
10. तिनले मलाई आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे अनि परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र शहर यरूशलेम मलाई देखाए।
  
11. त्यसमा परमेश्वरको महिमा थियो र त्यसको चमक बहुमूल्य रत्‍‌नहरू तथा बिल्लौर, स्फटिकजस्तो चहकिलो थियो।
  
12. त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका सन्तानका बाह्रै कुलका नाउँ लेखिएका थिए।
  
13. पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।
  
14. शहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूको बाह्र नाउँ लेखिएका थिए।
  
15. शहर र त्यसका ढोकाहरू र पर्खाल नाप्‍‌नलाई मसँग बोल्‍‌नेसँग एउटा सुनको नाप्‍‌ने डण्डा थियो।
  
16. त्यो शहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस डन्डाले नाप्दा त्यो शहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
  
17. तिनले त्यसको पर्खाल पनि नापे र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर बाक्लो थियो। यो स्वर्गदूतले चलाउने नाप पनि हो।
  
18. त्यो पर्खाल बिल्लौरले बनेको थियो साथै शहर निक्खुर सुनले बनेको थियो र सफा काँचजस्तै त्यो चम्कन्थ्यो।
  
19. पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्‍‌नहरूले जडिएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍‌न, चौथो पन्‍‌ना
  
20. पाँचौं आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौं पुष्पराज, दशौं लसुने रत्‍‌न, एघारौं नीलमणि र बाह्रौँ कटेलाको थियो।
  
21. ती बाह्र ढोकाहरू बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यसको शहरको सडक काँचजस्तै छर्लङ्ग देखिने निक्खुर सुनको थियो।
  
22. मैले त्यस शहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ।
  
23. त्यो शहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्ती थुमा आफै हुनुहुन्छ।
  
24. त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँडडुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्‍‌ना वैभव त्यसमा ल्याउनेछन्।
  
25. दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन् किनभने त्यहाँ रात नै हुनेछैन।
  
26. तिनीहरूले जाति-जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्।
  
27. तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍‌ने कुनै किसिमले पनि त्यसभित्र पस्‍‌नेछैनन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES