Bible Study: FrontPage




 

रोमी, Chapter 2

Bible Study - रोमी 2 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन, किनभने जुन कुरामा तिमी अरुको न्याय गर्दछौ, त्यही कुरामा तिमीले आफैलाई दोषी ठहर्‍याउँदछौ, किनकि तिमी न्याय गर्ने आफैले ती कुरा गर्दछौ।
  
2. अनि हामी जान्दछौं कि यस्ता काम गर्नेहरूमाथि परमेश्वरको न्याय ठीकसँग पर्छ।
  
3. ए मानिस, यस्ता काम गर्नेहरूमाथि परमेश्वरको न्याय आइपर्छ भनी दोष लगाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको न्यायबाट उम्कन्छु भनी तिमी ठान्छौ?
  
4. अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्‍याउँछ भन्‍‌ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता, धैर्यको सम्पत्तिलाई तुच्छ ठान्छौ?
  
5. तर तिम्रो कठोरता र पश्चात्तापी नहुने हृदयले गर्दा तिमीले आफ्‍‌नो निम्ति क्रोध र परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनका लागि क्रोध थुपारिरहेका छौ।
  
6. परमेश्वरले हरेकलाई उसको कामअनुसार प्रतिफल दिनुहुनेछ।
  
7. धैर्यसँग असल काम गरेर महिमा, आदर र अमरत्वको खोजी गरिरहनेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।
  
8. तर जो स्वार्थी छन् र सत्यलाई त्यागेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि प्रकोप र क्रोध आइपर्नेछ।
  
9. दुष्ट कार्य गर्ने हरेकलाई, पहिले यहूदी र अयहूदीहरूमाथि पनि सङ्कष्ट र आपद् आइपर्नेछ।
  
10. तर असल काम गर्नेहरू सबैलाई, पहिले यहूदी अनि अयहूदीलाई गौरव, इज्जत र शान्ति हुनेछ।
  
11. किनभने परमेश्वरले कसैलाई काखी च्याप्‍‌नुहुन्‍‌न।
  
12. अयहूदीले पाप गर्दा परमेश्वरले तिनीहरूलाई व्यवस्थाबिना नै दण्ड दिनुहुनेछ र यहूदीहरूले आफ्‍‌नो पापको दण्ड व्यवस्थाअनुसार भोग्‍‌नेछन्।
  
13. किनभने व्यवस्था सुन्‍‌नेहरू मात्र परमेश्वरको सामुन्‍‌ने धर्मी ठहरिँदैनन् तर व्यवस्थाअनुसार चल्‍‌नेहरू धर्मी ठहरिनेछन्।
  
14. व्यवस्था नभएका अयहूदीहरूले विवेकको भरमा व्यवस्थाअनुसारका काम गर्दछन् भने तिनीहरू आफ्‍‌नो लागि आफै व्यवस्था हुन्।
  
15. यसले तिनीहरूको हृदयमा लेखिएको व्यवस्थाको कामलाई देखाउँछ, तिनीहरूका आफ्‍‌नै विवेकले पनि साक्षी दिन्छ, तिनीहरूका विचारले कहिले तिनीहरूलाई दोष्याउँछ त कहिले समर्थन गर्छ।
  
16. त्यो दिन परमेश्वरले येशू ख्रीष्टद्वारा मेरो सुसमाचारअनुसार मानिसहरूका गुप्त कुराको न्याय गर्नुहुनेछ।
  
17. तर यदि तिमी यहूदी हुँ भनी परमेश्वरको व्यवस्थामा भर पर्छौ तथा उहाँसितको सम्बन्ध ठीक छ भनेर घमण्ड गर्दछौ
  
18. अनि तिमीलाई व्यवस्थाका कुरा सिकाइएका हुनाले ठीक-बेठीक के हो र उहाँको इच्छा पनि जान्दछौ,
  
19. अन्धाको अगुवा र अन्धकारमा हुनेहरूको निम्ति ज्योति हुँ भन्‍‌ने कुरामा तिमीलाई निश्चयता छ,
  
20. मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण ज्ञान र सत्य प्राप्त गरेका छौ,
  
21. यसरी जब तिमी अरुहरूलाई सिकाउँछौ भने के आफैलाई सिकाउँदैनौं? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ? के तिमी आफै चोरी गर्छौ?
  
22. तिमी जसले व्यभिचार नगर भनी भन्दछौ के तिमी आफै व्यभिचार गर्छौ? तिमी जो मूर्त्तिहरूसँग घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लुट्छौ?
  
23. तिमी जो व्यवस्था जानेकोमा घमण्ड गर्छौ, के व्यवस्था भङ्ग गरेर परमेश्वरको अनादर गर्छौ?
  
24. किनभने यस्तो लेखिएको छ ‘‘अयहूदीहरूको बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।’’
  
25. यदि तिमीले परमेश्वरको व्यवस्था पालन गर्‍यौ भने मात्र यहूदीहरूले गर्ने खतनाको संस्कार केही मूल्यको गनिन्छ। तर व्यवस्थाको उल्लङ्घन गर्छौ भने तिमी बेखतने अयहूदीहरूभन्दा बढी मूल्यका हुँदैनौ।
  
26. यसैले यदि बेखतनेहरूले व्यवस्थाका धार्मिकता पालन गर्छन् भने के त्यसको बेखतना खतना नै गनिनेछैन र ?
  
27. अनि शारीरिकरूपले खतना नहुनेले व्यवस्था पालन गर्दछ भने तिमीसँग लेखिएको व्यवस्था र खतना भए तापनि के त्यसले तिमी व्यवस्था भङ्ग गर्नेलाई न्याय गर्नेछैन र?
  
28. किनभने बाहिरी रूपमा यहूदी जनाउने यहूदी होइन र बाहिरी शरीरमा खतना हुने खतनाकै होइन।
  
29. यसर्थ साँचो यहूदी उही हो, जो भित्री रूपले यहूदी हो। साँचो खतनाको शरीरसित सम्बन्ध छैन तर परमेश्वरको आत्माद्वारा नयाँ तुल्याइएको परिवर्तित हृदयसित छ। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन तर परमेश्वरबाट हुन्छ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES