Bible Study: FrontPage




 

१ कोरिन्थी, Chapter 7

Bible Study - १ कोरिन्थी 7 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अब तिमीहरूले पत्रमा लेखेका कुराका विषयमा: पुरुषले स्त्रीलाई नछोएकै राम्रो हो।
  
2. तर बढ्दो व्यभिचार भएकोले हरेक पुरुषको आफ्‍‌नै पत्‍‌नी होस् र हरेक स्त्रीको पनि आफ्‍‌नै पति होस्।
  
3. पतिले आफ्‍‌नी पत्‍‌नीतर्फको आफ्‍‌नो कर्तव्य पूरा गरोस् र यसरी नै पत्‍‌नीले पनि आफ्‍‌नो पतितर्फ त्यसै गरोस्।
  
4. पत्‍‌नीको आफ्‍‌नो शरीरमाथि आफ्‍‌नै अधिकार हुँदैन तर पतिको हुन्छ, यसरी नै पतिको पनि आफ्‍‌नै शरीरमाथि अधिकार हुँदैन तर उसको पत्‍‌नीको अधिकार हुन्छ।
  
5. पति-पत्‍‌नीले आफ्‍‌नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गर्‍यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, यसैले कि तिमीहरू प्रार्थनामा लागिरहनसक। त्यसपछि फेरि एकसाथ बस,यसैले कि आत्मसंयमको अभावमा शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
  
6. यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु।
  
7. सबै मानिसहरू मजस्तै होऊन् भन्‍‌ने म इच्छा गर्छु। तर हरेकसँग परमेश्वरबाट प्राप्त भएको आ-आफ्‍‌नो वरदान छ, एउटालाई एक किसिमको, अर्कोलाई अर्कै किसिमको।
  
8. अब अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै भएर रहे भने तिनीहरूलाई असल हुनेछ।
  
9. तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍‌न सक्दैनन् भने विवाह गरून् किनभने कामवासनामा जल्‍‌नुभन्दा विवाह गर्नु असल हो ।
  
10. अब विवाह गरेकाहरूलाई म कडा आज्ञा दिन्छु(म होइन, तर प्रभु दिनुहुन्छ), पत्‍‌नी पतिबाट छुट्टिएर नबसोस्।
  
11. तर छुट्टिएर बसिहाले तापनि त्यसले अर्कोसँग विवाह नगरोस्, बरु फर्केर आफ्‍‌नो पतिसँग मिलापमा बसोस् र पतिले आफ्‍‌नी पत्‍‌नीलाई नत्यागोस्।
  
12. अब बाँकी रहेका अरुलाई म भन्दछु (यो भनाइ मेरो हो, प्रभुको होइन), यदि कुनै विश्वासी पतिको अविश्वासी पत्‍‌नी छिन् र तिनी ऊसँग बस्‍‌न चाहन्छिन् भने उसले तिनलाई नत्यागून्।
  
13. त्यसरी नै यदि कुनै ख्रीष्टियन पत्‍‌नीको विश्वास नगर्ने पति छन् र उनी तिनीसित बस्‍‌न चाहन्छन् भने तिनले आफ्‍‌नो पतिलाई नत्यागून्।
  
14. किनकि विश्वास नगर्ने पति आफ्‍‌नो विश्वास गर्ने पत्‍‌नीमा पवित्र हुन्छन् र विश्वास नगर्ने पत्‍‌नी विश्वास गर्ने पतिमा पवित्र हुन्छिन्, नत्र त तिनीहरूका छोराछोरीहरू अशुद्ध हुन्छन् तर अब तिनीहरू शुद्ध पारिएका छन्।
  
15. तर यदि विश्वास नगर्ने छुट्टिन्छ भने छुट्टिओस्। यस्तो अवस्थामा त्यो विश्वास गर्ने पति अथवा पत्‍‌नी कुनै बन्धनमा रहनेछैन। किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको हो।
  
16. किनकि हे पत्‍‌नी हो, तिमी के जान्दछ‍यौ, कहीँ तिमीले आफ्‍‌ना पतिलाई बचाउन सक्छ‍यौ कि? अथवा हे पति हो, तिमी के जान्दछौ, कहीँ तिमीले आफ्‍‌नी पत्‍‌नीलाई बचाउन सक्छौ कि?
  
17. प्रभुले हरेकलाई जस्तो जीवन खटाउनुभएको छ र जस्तो स्थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्यो चलोस् । सबै मण्डलीहरूका निम्ति मेरो निर्देशन यही हो।
  
18. के कुनै मानिस खतना भएको अवस्थामा बोलाइएको छ? ऊ खतनाबिनाको नबनोस्। के कोही खतना नभएको अवस्थामा बोलाइएको छ? उसको खतना नगरियोस्।
  
19. खतना केही होइन र बेखतना पनि केही होइन तर परमेश्वरको आज्ञापालन गर्नु नै मुख्य कुरा हो।
  
20. प्रत्येक मानिसलाई जुन अवस्थामा बोलाइएको छ, त्यसैमा नै रहिरहोस्।
  
21. के तिमी दासको अवस्थामा बोलाइएका थियौ? तिमी त्यसको बारेमा फिक्री नगर तर तिमी स्वतन्त्र हुनसक्छौ भने बरु मौका नचुकाऊ।
  
22. किनकि परमेश्वरको बोलावट पाउँदा कोही मानिस दास थियो भने ऊ अब परमेश्वरद्वारा स्वतन्त्र पारिएको हो, त्यही किसिमले बोलावट हुँदा कोही मानिस स्वतन्त्र थियो भने ऊ अब ख्रीष्टको दास हो।
  
23. तिमीहरू दाम तिरेर किनिएका हौ, मानिसहरूका दास नबन।
  
24. यसकारण हे भाइ हो, जो जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्।
  
25. अब कन्याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन । तर विश्वसनीय हुनलाई प्रभुबाट कृपा पाएअनुसार म आफ्‍‌नो सल्लाह दिन्छु।
  
26. वर्तमानको सङ्कष्टलाई विचार्दा जुन व्यक्ति जस्तो अवस्थामा छ, ऊ त्यसैमा नै रहे असल होला भन्‍‌ने ठान्दछु।
  
27. के तिमी विवाहको बन्धनमा परेका छौ? त्यसो भए स्वतन्त्र हुन नखोज। के तिमी विवाहको बन्धनबाट मुक्त छौ? त्यसो भए विवाह गर्न नखोज।
  
28. तर यदि तिमीले विवाह गर्‍यौ भने पनि पाप गरेका हुँदैनौ, कन्‍‌नेकेटीले विवाह गरेमा त्यो पाप हुँदैन, तापनि यस्ताहरूले शरीरमा कष्ट पाउनेछन् तर म तिमीहरूलाई जोगाउन चाहन्छु।
  
29. हे भाइहरू हो, म यो भन्दछु कि समय थोरै छ र अब उप्रान्त पत्‍‌नी हुनेहरू पत्‍‌नी नभएकाहरूजस्ता होऊन्।
  
30. अनि रुनेहरू नरुनेहरूजस्ता, आनन्द मनाउनेहरू पनि आनन्द नमनाउनेहरूजस्ता र किन्‍‌नेहरू पनि केही थोक नभएकाहरूजस्ता होऊन्
  
31. अनि यस संसारका थोक उपभोग गर्नेहरू तिनमा रुचि नलिनेहरूजस्ता होऊन्, किनभने यस संसारको वर्तमान रूप बितेर जाँदै छ।
  
32. तर तिमीहरू सबै निष्फिक्री होऊ भन्‍‌ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ।
  
33. तर विवाहित मानिसले पत्‍‌नीलाई कसरी खुशी राखूँ भनेर सांसारिक कुरामा ध्यान लगाउँछ।
  
34. यस्तो मानिसको रुचि बाँडिएको हुन्छ। अनि अविवाहित स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुरा सोचिरहन्छे। तर विवाह भएकीले कसरी आफ्‍‌ना पतिलाई खुशी राखूँ भनी संसारका कुरामा मन लगाउँछे।
  
35. यो कुरा तिमीहरूमाथि प्रतिबन्ध लगाउनलाई होइन तर तिमीहरूका भलाइका खातिर नै भनिरहेको छु कि तिमीहरूले प्रभुलाई एकोहोरो भक्ति देखाएर ठीक किसिमले जीवन बिताउनसक।
  
36. यदि कसैले आफूले मगनी गरेको कन्यासित अनुचित व्यवहार गरेझैँ लाग्छ, त्यस कन्याको उमेर पनि ढल्कँदै जाँदै छ र उसलाई विवाह गर्नुपर्छ जस्तो लाग्छ भने उसले कुनै पाप गरेको हुँदैन, तिनीहरूले विवाह गर्नुपर्छ।
  
37. तर जुन मानिसले आफ्‍‌नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा छैन तर आफ्‍‌नो इच्छालाई वशमा राख्‍‌नसक्छ भने उसले त्यस कन्यालाई विवाह नगर्ने निर्णय गरे पनि त्यस मानिसले ठीकै गर्छ।
  
38. यसरी जसले कन्यालाई विवाह गर्छ उसले ठीकै गर्छ तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
  
39. पति बाँचुञ्जेल पत्‍‌नी पतिकै बन्धनमा रहन्छे। तर पतिको मृत्यु भएपछि, त्यसले इच्छा गरेको प्रभुको जनसित विवाह गर्न त्यो स्वतन्त्र हुन्छे।
  
40. तर मेरो विचारमा त्यो त्यतिकै रही भने झन् सुखी हुन्छे र म सोच्दछु कि मसँग पनि परमेश्वरको आत्मा हुनुहुन्छ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES