Bible Study: FrontPage




 

२ कोरिन्थी, Chapter 10

Bible Study - २ कोरिन्थी 10 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अब म पावल, ख्रीष्टको नम्रता र कोमलताद्वारा तिमीहरूसँग आग्रह गर्दछु, म तिमीहरूको उपस्थितिमा नम्र र तिमीहरूको अनुपस्थितिमा साहसी बन्दछु।
  
2. म तिमीहरूलाई विन्ती गर्दछु कि तिमीहरूकहाँ आउँदा मैले देखाउनखोजेको त्यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, ज-जसले हामी सांसारिक तरिकाले काम गर्छौं भन्‍‌ने शङ्का गर्दछन्।
  
3. किनकि हामी शरीरमा छौं, तापनि शरीरअनुसार लडाइँ गर्दैनौं।
  
4. किनभने हाम्रो लडाइँका हातहतियार शारीरिक होइनन् तर तिनीहरूमा किल्लाहरू भत्काउनसक्‍‌ने ईश्वरीय शक्ति छन्।
  
5. हामी परमेश्वरको ज्ञानको विरुद्धमा खडा हुने कल्पनाहरू र अहङ्कारपूर्ण कुरालाई नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
  
6. तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हामी प्रत्येक अनाज्ञाकारितालाई दण्ड दिन तयार रहन्छौं।
  
7. तिमीहरूको आँखाकै सामुन्‍‌ने भएका थोकलाई हेर। यदि कसैले ‘म ख्रीष्टको हुँ’ भनी आफूमाथि भरोसा गर्छ भने जसरी ऊ ख्रीष्टको हो, त्यसरी नै हामी पनि ख्रीष्टका हौं भनी ऊ आफैले फेरि सोचोस्।
  
8. किनकि तिमीहरूलाई भत्काउन होइन तर बनाउनलाई प्रभुले दिनुभएको अधिकारबारे मैले गर्व गरे तापनि, म यसको लागि शर्म मान्‍‌नेछैनँ।
  
9. अब म आफ्‍‌ना पत्रहरूद्वारा तिमीहरूलाई डर देखाउनेजस्तो देखिन चाहन्‍‌नँ।
  
10. किनकि तिनीहरू भन्छन्, ‘‘त्यसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन् तर त्यो आफै उपस्थित हुँदा त्यो कमजोर हुन्छ र त्यसको वचनको केही महत्व हुँदैन।’’
  
11. त्यसो भन्‍‌नेहरूले यो याद राखून् कि हामी आफ्‍‌नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं।
  
12. आफ्‍‌नो तारिफ आफै गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एउटै श्रेणीमा राख्‍‌न वा आफैलाई तिनीहरूसँग दाँज्‍‌न साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्।
  
13. तर हामी आफ्‍‌नो सीमादेखि बाहिरका कुरामा गर्व गर्दैनौं तर परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाअनुसार मात्र हामी गर्व गर्दछौं,जुन सीमा तिमीहरूसम्म पनि पुग्छ।
  
14. तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढाइचढाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला आउने हामी नै थियौं।
  
15. न त हामी सीमा नाघेर अरुहरूले गरिसकेका काममा नै घमण्ड गर्छौं, बरु हाम्रो आशा यो छ कि तिमीहरूको विश्वास बढ्दै जाँदा तिमीहरूका बीचमा हाम्रो काम पनि बढ्दै जानेछ।
  
16. यसैले कि हामी अरुको क्षेत्रमा अघिबाट नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं।
  
17. ‘‘घमण्ड गर्नेले परमप्रभुमा नै घमण्ड गरोस्।’’
  
18. किनकि आफ्‍‌नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्नुहुने मानिस स्वीकार गरिनेछ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES