Bible Study: FrontPage




 

२ कोरिन्थी, Chapter 5

Bible Study - २ कोरिन्थी 5 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. हामी जान्दछौं, यदि सांसारिक डेरा, जुन हाम्रो शरीर हो, त्यो भत्किए तापनि हामीसित परमेश्वरले स्वर्गमा बनाउनुभएको एउटा अनन्त घर छ, जो हातले बनाइएको होइन।
  
2. किनकि स्वर्गको घरको धारण गर्ने उत्कट इच्छा गर्दै हामी यो डेरामा सुस्केरा हाल्छौं।
  
3. किनभने जब हामी यो धारण गर्नेछौं तब हामी नाङ्गो भेट्टाइनेछैनौं।
  
4. यस डेरामा हुँदा हामी भारीले थिचिएर सुस्केरा हाल्छौं, किनकि हामी वस्त्र फुकालिएका होइनौं तर ढाकिएका हुनचाहन्छौं, जसमा मृत्यु अमरताद्वारा निलिएको होस्।
  
5. अब यस उद्देश्यको निम्ति हामीलाई तयार पार्नुहुने परमेश्वर हुनुहुन्छ, जसले हामीलाई हुनआउने कुराको बैनास्वरूप पवित्र आत्मा दिनुभएको छ।
  
6. यसकारण हामी यो कुरा जानेर सधैँ ढुक्क छौं, जबसम्म हामी शरीरमा रहन्छौं तबसम्म प्रभुदेखि टाढा हुन्छौं।
  
7. किनकि हामी दृष्टिले होइन, विश्वासद्वारा हिँड्छौं।
  
8. हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसित रहन चाहन्छौं।
  
9. यसैकारण चाहे हामी शरीरमा रहौं वा नरहौं, हामी उहाँको निम्ति ग्रहणीय हुने लक्षय राख्छौं।
  
10. किनकि हामी सबै ख्रीष्टको न्यायआसनको अघि उभिनुपर्छ। हामीमध्ये हरेकले आफ्‍‌नो शरीरमा असल वा खराब जे-जस्तो काम गरेका छौं, त्यही अनुसारको प्रतिफलपाउनेछौं।
  
11. यसकारण हामी प्रभुको भय मान्दै मानिसहरूलाई मनाउँछौं। तर हामी परमेश्वरकहाँ प्रकट गरिएका छौं र म भरोसा गर्छु, तिमीहरूका विवेकमा पनि प्रकट भएकै छौं।
  
12. किनकि हामी फेरि तिमीहरूका सामु आफ्‍‌नो प्रशंसा गर्दैनौं तर तिमीहरूले हृदयको कुरामा होइन, बाहिरी कुरामा घमण्ड गर्नेहरूलाई जवाफ दिनसक भनेर तिमीहरूलाई हाम्रो विषयमा गर्व गर्ने मौका दिन्छौं।
  
13. यदि हाम्रो होश ठेगानमा छैन भने यो परमेश्वरको निम्ति हो, अनि हामी होशमा छौं भने यो तिमीहरूका निम्ति हो।
  
14. किनकि ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ। हामीलाई यो विश्वास छ कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे।
  
15. अनि उहाँ सबैका निम्ति मर्नुभयो यसैले कि अब जिउनेहरू आफ्‍‌नैनिम्ति जिउने होइन तर उहाँको निम्ति जिऊन्, जो तिनीहरूका निम्ति मर्नुभयो र फेरि जीवित भईउठाइनुभयो।
  
16. यसकारण अबदेखि उसो हामी कुनै मानिसलाई शरीरअनुसार चिन्दैनौं र हामीले ख्रीष्टलाई शरीरअनुसार चिनेको भए तापनि अब उसो उहाँलाई त्यसरी चिन्दैनौं।
  
17. यसकारण यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना कुरा बितिसके, हेर, ती सबै नयाँ भएका छन् ।
  
18. सबै कुरा परमेश्वरबाटका हुन्, जसले ख्रीष्टद्वारा हामीलाई आफूसित मिलाप गराउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो
  
19. अर्थात् परमेश्वरले ख्रीष्टमा भएर संसारलाई आफूसित मिलापमा ल्याउनुभयो र तिनीहरूका अपराधका लेखा नलिएर मिलापको वचन उहाँले हामीलाई सुम्पिदिनुभयो।
  
20. यसकारण परमेश्वरले हामीलाई अपिल गरिरहनुभएझैँ हामी ख्रीष्टका निम्ति राजदूतहरू हौं, हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई विन्ती गर्दछौं कि तिमीहरू परमेश्वरसित मिलाप गर।
  
21. हामी ख्रीष्टमा परमेश्वरका धार्मिकता हुन पाऔं भनेर पापै थाहा नपाउनुहुनेलाई पनि उहाँले हाम्रोनिम्ति पाप तुल्याउनुभयो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES