Bible Study: FrontPage




 

प्रेरित, Chapter 10

Bible Study - प्रेरित 10 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. कैसरियामा कर्नेलियस नाउँ भएका रोमी सैनिक अधिकारी बस्थे, जो इटालिया पल्टनका एक कप्तान थिए।
  
2. तिनी एक भक्त थिए र तिनका सम्पूर्ण परिवारले इस्राएलका परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासित दान दिन्थे अनि परमेश्वरसँग निरन्तर प्रार्थना गरिरहन्थे।
  
3. लगभग तीन बजेतिर तिनले दर्शनमा परमेश्वरको एक स्वर्गदूत आफूतिर आइरहेको स्पष्ट देखे। स्वर्गदूतले ‘‘हे कर्नेलियस’’ भनेको तिनले सुने।
  
4. तिनले स्वर्गदूतलाई देखे र भयभीत हुँदै भने, ‘‘हे प्रभु यो के हो ?’’ अनि स्वर्गदूतले जवाफ दिए, ‘‘तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान परमेश्वरले देख्‍‌नुभएको छ।
  
5. अब सिमोन पत्रुस नाउँ भएको मानिसलाई बोलाउन केही मानिसहरूलाई योप्पामा पठाऊ।
  
6. समुद्र किनारमा बस्‍‌ने छालाको काम गर्ने सिमोनसँग तिनी बसेका छन्। तिनलाई बोलाऊ र तिमीले के गर्नुपर्छ सो तिनले तिमीलाई बताउनेछन्।’’
  
7. स्वर्गदूत जानेबित्तिकै कर्नेलियसले घरका दुई जना नोकरहरू र निरन्तर सेवाटहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए
  
8. र तिनीहरूलाई सबै कुरा बताएर योप्पामा पठाए।
  
9. भोलिपल्ट कर्नेलियसबाट खबर ल्याउनेहरू उता शहरको नजिक आइपुग्‍‌न लागेको बेला यता पत्रुस घरको छानामा प्रार्थना गर्न उक्ले। यतिबेला बाह्र बज्दै थियो।
  
10. उनी भोकाएका थिए। तर दिउँसोको भोजन तयार हुँदै गर्दा उनी अचेत अवस्थामा पुगे।
  
11. उनले आकाश उघ्रेको र चारवटा कुना भएको ठूलो तन्‍‌नाजस्तो केही थोक झर्दै गरेको देखे।
  
12. त्यो तन्‍‌नामा पृथ्वीका सबै किसिमका चारखुट्टे जनावर, घस्रने जन्तु र आकाशका चराचुरुङ्गी थिए।
  
13. तब उनीकहाँ यस्तो आवाज आयो, ‘‘हे पत्रुस उठ र मारेर खाऊ। ’’
  
14. तर पत्रुसले भने, ‘‘हुँदैन प्रभु, मैले कहिल्यै कुनै अपवित्र र अशुद्ध थोक खाएको छैनँ।’’
  
15. दोस्रोपल्ट फेरि यसो भन्‍‌ने आवाज आयो, ‘‘परमेश्वरले शुद्ध पारेको थोकलाई अशुद्ध नठान।’’
  
16. यस्तो तीनपल्टसम्म भयो र त्यो तन्‍‌ना तुरुन्तै माथि आकाशतिर लगियो।
  
17. अब आफूले देखेको दर्शनको अर्थ के होला भनी पत्रुस अलमल्ल परिरहेको बेला हेर, क र्नेलियसले पठाएका ती मानिसहरू सिमोनको घर खोज्दै ढोकाको सामुन्‍‌ने आइपुगे र
  
18. सिमोन पत्रुस बस्‍‌नुहुने घर यही हो ? भनी तिनीहरूले सोधे।
  
19. दर्शनको अर्थ के होला भनी विचार गरिरहँदा पत्रुसलाई आत्माले भन्‍‌नुभयो, ‘‘हेर, तीन जना मानिसहरू तिमीलाई खोज्दै आएका छन् ।
  
20. तल झर, अनि तिनीहरूसित नहिचकिचाईकन जाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ।’’
  
21. तब पत्रुस ओर्लेर ती मानिसहरूकहाँ गएर भने, ‘‘हेर्नुहोस् तपाईंहरूले खोज्‍‌नुभएको मानिस मै हुँ। तपाईंहरू के कामले आउनुभएको छ?’’
  
22. तिनीहरूले भने, ‘‘हामी कप्तान कर्नेलियसद्वारा पठाइएका हौं । उनी परमेश्वरसँग डराउने एक भक्त र सबै यहूदीहरूद्वारा मानिएका मानिस हुन्। एक पवित्र स्वर्गदूतले उनलाई बताएअनुसार तपाईंले उनको घरमा गएर उनलाई सन्देश सुनाउनुहोस् भनी तपाईंलाई लिन आएका हौं।’’
  
23. यसैले पत्रुसले ती मानिसहरूलाई भित्र बोलाएर सत्कार गरे। भोलिपल्ट पत्रुस तिनीहरू र योप्पाका अरु विश्वासीहरूसित गए।
  
24. पर्सिपल्ट तिनीहरू कैसरियामा पुगे। अब कर्नेलियसले आफन्तहरू र नजिकका साथीहरूलाई बोलाएर तिनीहरूलाई पर्खिरहेका थिए।
  
25. पत्रुस उनको घरभित्र पस्‍‌नेबित्तिकै कर्नेलियसले तिनका पाउमा परी दण्डवत् गरे।
  
26. तर पत्रुसले उनलाई उठाउँदै भने, ‘‘खडा हुनुहोस्। म पनि तपाईंजस्तै एक मानिस हुँ।’’
  
27. तब तिनी उनीसित बातचित गर्दै घरभित्र पसे, त्यहाँ तिनले धेरै मानिसहरू जम्मा भएको देखे।
  
28. पत्रुसले तिनीहरूलाई भने, ‘‘तपाईंहरू जान्‍‌नुहुन्छ कि मेरोनिम्ति यसरी अयहूदी घरभित्र आउनु यहूदी व्यवस्थाको विरुद्ध हो। तर पनि मैले कसैलाई अपवित्र वा अशुद्ध भन्‍‌नुहुँदैन भन्‍‌ने कुरा परमेश्वरले मलाई देखाउनुभयो।
  
29. यसैले तपाईंहरूले मलाई बोलाउनुहुँदा कुनै प्रश्‍‌नै नगरी म आइहालेँ। यसकारण म सोद्धछु कि तपाईंहरूले मलाई कुन कारणले बोलाउनुभयो?’’
  
30. कर्नेलियसले जवाफ दिए, ‘‘चार दिनअघि मैले तीन बजेतिर घरमा प्रार्थना गरिरहेको बेला अचानक चम्किलो पोशाक लगाएका व्यक्ति मेरोअघि उभिरहेको देखेँ।
  
31. उहाँले मलाई भन्‍‌नुभयो, ‘कर्नेलियस, तेरो प्रार्थनाको सुनाइभएको छ र गरीबहरूलाई तैँले दिएका दान परमेश्वरले देख्‍‌नुभएको छ।
  
32. अब योप्पामा मानिसहरू पठाएर सिमोन पत्रुसलाई बोला, जो समुद्रको किनारमा बस्‍‌ने छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्।’
  
33. यसर्थ, मैले तपाईंलाई तुरुन्तै बोलाउन लगाएँ अनि तपाईं आइदिनुभएको असल भयो। अब हामी यहाँ तपाईंलाई परमश्वरले दिनुभएको वचन सुन्‍‌न परमेश्वरको अघि पर्खिरहेका छौं।’’
  
34. तब पत्रुसले उत्तर दिए, ‘‘मैले स्पष्टसँग के बुझ्दैछु भने परमेश्वरले पक्षपात गर्नुहुन्‍‌न,
  
35. तर उहाँसित डराउने अनि सही काम गर्ने कुनै पनि स्थान र जातको मानिसलाई उहाँले ग्रहण गर्नुहुन्छ।
  
36. सबैका प्रभु ख्रीष्ट येशूद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको हो भनी तपाईंहरूलाई थाहा नै छ।
  
37. बप्तिस्मा दिने यूहन्‍‌नाले प्रचार गरेदेखि यता गालीलदेखि शुरु हुँदै सारा यहूदियाभरि घटेका घटनाहरूको बारेमा तपाईंहरू जान्‍‌नुहुन्छ।
  
38. अनि यसमा सन्देह छैन कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषिक्त तुल्याउनुभयो, यो तपाईंहरूलाई थाहा छ। त्यसपछि येशू असल काम गर्नुहुँदै र शैतानद्वारा सताइएकाहरूलाई निको पार्नुहुँदै चारैतिर जानुभयो, किनभने परमेश्वर उहाँसित हुनुहुन्थ्यो।
  
39. इस्राएली मुलुकभरि र यरूशलेममा उहाँले जे गर्नुभयो, हामी ती सबै कुराको गवाही छौं । तिनीहरूले उहाँलाई क्रूसमा झुन्ड‍याएर मारे।
  
40. तर परमेश्वरले उहाँलाई तीन दिनपछि पुनर्जीवित पार्नुभयो र उहाँलाई खुल्लमखुल्ला प्रकट गर्नुभयो।
  
41. सबै मानिसहरूकहाँ त होइन, तर परमेश्वरद्वारा पहिल्यै चुनिएका साक्षीहरूकहाँ अर्थात् हामीकहाँ ज-जसले उहाँ पुनर्जीवित हुनुभएपछि उहाँसँग खायौं र पियौं।
  
42. अनि उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जसलाई परमेश्वरले जिउँदा र मरेकाहरूका बीचमा न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्‍‌ने कुराको साक्षी दिन र मानिसहरूमा प्रचार गर्न हामीलाई उहाँले आदेश दिनुभयो।
  
43. सबै अगमवक्ताहरूले साक्षी दिएका व्यक्ति उहाँ नै हुनुहुन्छ। उहाँमा विश्वास गर्ने हरेक मानिसले आफ्‍‌ना पापबाट उहाँकै नाउँद्वाराक्षमादान पाउँदछ।’’
  
44. पत्रुसले यी वचन बोल्दै गर्दा तिनको वचन सुन्‍‌नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
  
45. पत्रुससित आएका यहूदी विश्वासीहरू अयहूदीहरूमाथि पनि पवित्र आत्मा आउनुभएको देखेर छक्क परे।
  
46. किनभने उनीहरूले अन्यभाषामा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका थिए। त्यसपछि पत्रुसले सोधे,
  
47. ‘‘हामीले झैँ पवित्र आत्मा पाउने यिनीहरूले अब पानीको बप्तिस्मा लिन सक्तैन भन्‍‌ने कोही छ?’’
  
48. अनि तिनले येशू ख्रीष्टको नाउँमा उनीहरूले बप्तिस्मा लेऊन् भनी आदेश दिए। कर्नेलियसले तिनलाई आफूसितै केही दिन बसिदेऊन् भनी आग्रह गरे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES