Bible Study: FrontPage




 

प्रेरित, Chapter 12

Bible Study - प्रेरित 12 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यो समयमा राजा हेरोद अग्रिपाले मण्डलीका केही विश्वासीहरूलाई सताउन थाले ।
  
2. तिनले यूहन्‍‌नाका भाइ याकूबलाई तरवारले मारे।
  
3. यस कुराले यहूदी अगुवाहरूलाई खुशी तुल्याएको देखेर हेरोदले निस्तार-चाडको बेला पत्रुसलाई पनि पक्रने तरखर गरे, यो अखमीरी रोटीको चाडको बेलामा घटेको थियो ।
  
4. अनि तिनलाई झ्यालखानमा हालेपछि चार-चार जनाको जत्था भएको चार पहरेदारहरूको समूहलाई तिनको निरीक्षण गर्न आदेश दिए। निस्तार-चाडपछि हेरोदले पत्रुसलाई जनताको अघि ल्याउने विचार गरेका थिए।
  
5. तर पत्रुस झ्यालखानमा हुँदा, मण्डलीले तिनको निम्ति परमेश्वरसँग निरन्तर प्रार्थना गरे।
  
6. हेरोदले पत्रुसलाई जनताको अघि ल्याउन खोजेकै रात तिनी सिक्रीले बाँधिएर दुई जना सिपाहीहरूको बीचमा सुतिरहेका थिए, साथै झ्यालखानको ढोकामा पनि दुई पहरेदारहरू तैनाथ थिए।
  
7. अनि हेर, प्रभुका दूत तिनको छेउमा उभिए र झ्यालखानमा ज्योति चम्क्यो अनि उनले पत्रुसलाई कोखामा हिर्काएर ‘‘छिटो उठ ’’ भन्दै तिनलाई उठाए।
  
8. स्वर्गदूतले तिनलाई भने, ‘‘कम्मर कस र आफ्‍‌ना जुत्ता लगाऊ’’ अनि तिनले त्यसै गरे। अनि उनले तिनलाई भने, ‘‘आफ्‍‌नो वस्त्र लगाऊ र मलाई पछ‍याऊ।’’
  
9. अनि तिनी निस्केर स्वर्गदूतको पछि लागे र स्वर्गदूतद्वारा गरिएको कुरा साँच्चीकै हो भनी तिनलाई थाहा भएन, तर दर्शन देख्दैछु भन्‍‌ने तिनले ठाने।
  
10. तिनीहरू पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर शहरमा पस्‍‌ने फलामे ढोकामा आइपुगे अनि यो ढोका आफै खुल्यो। यसरी दुवै जनाले ढोका नाघिसकेपछि बाटोमा हिँड्दाहिँड्दै स्वर्गदूतले उनलाई अचानक बाटैमा छोडिदिए।
  
11. अनि होशमा आएपछि पत्रुसले भने, ‘‘अब मलाई साँच्चै थाहा भयो, प्रभुले आफ्‍‌नो दूत पठाएर मलाई हेरोद राजाको हातबाट र यहूदी जातिका सारा आशाबाट छुटाउनुभएछ।’’
  
12. केही क्षण विचार गरेपछि ती मर्कूस उपनाम भएको यूहन्‍‌नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै जना प्रार्थनाको निम्ति भेला भएका थिए।
  
13. तिनले ढोका ढकढक्याए अनि रोदा नाउँ गरेकी नोकर्नी केटी हेर्न आई।
  
14. अनि पत्रुसको सोर चिनेर उसले खुशीको कारणले ढोका खोलिनन् तर दगुरेर भित्र गइन् र ‘‘पत्रुस ढोकाको सामु उभिरहनुभएको छ’’ भनी खबर दिइन्।
  
15. तिनीहरूले भने, ‘‘तँ बौलाही होस्।’’ तर त्यसले उहाँ नै हुनुहुन्छ भनी जिद्दी गरिरही र तिनीहरूले भने, ‘‘सायद, उहाँको दूत होला।’’
  
16. तर पत्रुसले ढोका ढकढक्याइरहे। जब उनीहरूले ढोका खोले तब पत्रुसलाई देखेर छक्कपरे।
  
17. तर आफ्‍‌नो हातले उनीहरूलाई चुप लाग्‍‌ने इसारा गरेपछि प्रभुले तिनलाई कसरी झ्यालखानबाट निकाल्‍‌नुभयो, सो तिनले उनीहरूलाई बताए। अनि तिनले भने, ‘‘जाओ, यी कुरा याकूब र भाइहरूलाई बताइदेओ।’’ अनि तिनी निस्केर अर्को ठाउँमा गए।
  
18. उज्यालो भइसकेपछि ‘पत्रुसलाई के भयो होला’ भनी पहरेदारहरूको माझमा ठूलो खैलाबैला मच्चियो।
  
19. हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा पालेहरूको जाँच गरी तिनीहरूलाई ज्यानसजायँको हुकुम गरे। अनि उनी यहूदियाबाट ओर्लेर कैसरियामा बसे।
  
20. अब हेरोद टुरोस र सीदोनका मानिसहरूसित साह्रै रिसाएका थिए। तर तिनीहरू एक मनका भएर तिनीकहाँ आए र राजमहलको सचिव बलस्तसलाई मित्र बनाएर मिलाप गर्न खोजे, किनकि राजाको देशद्वारा उनीहरूको देशको पालनपोषणहुन्थ्यो।
  
21. जब तोकिएको दिन आइपुग्यो, हेरोदले राजकीय पोशाक पहिरेर सिंहासनमा विराजमान भई तिनीहरूलाई भाषण छाँटे।
  
22. मानिसहरूले यसो भन्दै चिच्च्याए, ‘‘यो त देवको बोली हो, मानिसको होइन।’’
  
23. परमप्रभुको दूतले हेरोदलाई तुरुन्तै रोगले प्रहार गरे, किनभने उनले परमेश्वरलाई दिनुपर्ने महिमा आफैले लिए। यसैले उनी स्याउँस्याउँ कीरा परेर मरे।
  
24. तर परमेश्वरको वचन लगातार फैलिरह्यो र नयाँ विश्वासीहरूको संख्या पनि बढ्दै गयो।
  
25. जब बर्णाबास र शाऊलले यरूशलेममा प्रचारको कार्य सिद्ध‍याए, तब मर्कूस उपनाम भएको यूहन्‍‌नालाई साथमा लिएर तिनीहरू एन्टिओकमा फर्किए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES